Samyentra Dot Com

गृहपृष्ठ » कला/संगीतखाडी मुलुकमा संगीतनै पेशा बनाएकी गायिका मनिषा

खाडी मुलुकमा संगीतनै पेशा बनाएकी गायिका मनिषा

December 6, 2016३४७ पटक

माक्पाली कान्छा,काठमाडौं । कोही मान्छे वैदेशिक रोजगारमा जाँदै भने सहज अनुमान लगाउन सकिन्छ,  त्यहाँ मजदुरी गर्नकै लागी जान्छ यसमा पनि पुरुष भए ज्यामी, हेल्पर आदि महिला भए घरेलुकामदार 14520530_543244589220128_753531303105157826_n
तर यसभन्दा पृथक ढंगले विदेश पुगेर आइन् खोटाङकी मनिषा राई । दुबइको याक एण्ड यति होटलामा गीत गाउनकै लागि उनी पुगिन वर्ष विताईन् । नेपाली सुगम संगीतमा सुमधुर स्वरकि धनी मनिषाले नेपाली गीतको अलवा हिन्दी गीत गजल निकै राम्रो गाउने गरेकी छन्
कलिलो उमेरमा संगीतको मोह जालमा फसेकी उनले वर्ष दुबइमा गीत गाएर नै बिताइन् भने महिना बहराईनमा गजल गाइन् पैसा कमाउन गीत गाउने काममा विदेशिएकी उनी नेपालमा फर्किएपछि पनि गीत गाउने पेशामा नै आवद्व छिन् । राजधानीको दरबारमार्ग स्थित मधुशाला गजल रेष्टुरेण्टमा स्थापित कलकारहरु उदय सोताङ, मनिला सोताङ, टिका प्रसाईहरुसँगै बसेर अहिले पनि उनी नियमित गाउँदै आउने प्रतिभा हुन् स्कुले जीवनमा स्टेजहरुमा गीत गाउँदै आएका मनिषा जालपा मावि नुनथला खोटाङमा हुँदा ताका नाच्ने नृत्याङगाना पनि हुन्
खोटाङका स्थापित जनवादी कलाकार हेमना छिरिङको संगतमा हुर्केकी उनी रेडियो सुनेर संगीतमा लहसिएको बताउँछिन् । करिब सय गीत रेकर्ड गराईसकेकी मनिषा बाल्यकाल भिरपाखामा दाउरा घाँस गर्दै स्वरले साधना पाएको तर्क गर्छिन्  उनले दाउरा घाँस गर्दा गाएको गीतलाई गाउँलेले परिचय नै बनाइदिएको जनाइन् 15301256_1454488174591342_1485711913_n
स्कुलको पढाई सकेर काठमाडौं छिरेकी उनले कैलाश राईसँग संगीतको सारे सिकेकी हुन्
पहिलो पटक चौधरी भाषाकोदिवानी मस्तानी, तुमोर पियारीबोलको गीत रेकर्ड गरेर गायनमा डेब्यु गरेकी हुन् हालसम्म एकल डोयट गरी वटा एल्वम बजारमा ल्याइ सकेकी उनलेनिष्ठुरी, बहाव, तुलसी मन्जरीनामको एल्वम बजारमा दिई सकेकी छिन् आधुनिक गीतका साथै पपगीतहरु समेत राम्रै गाउने मनिषाले हाल नितान्त संगीतनै पेशाको रुपमा अपनाएको बताएकी छन् नारायण गोपालका गीतहरु देखि अरुणा लामाको फ्यान रहेको बताउने उनले संगीतलाई जीवनका रुपमा बुझेकी सुनाईन्संगीत एउटा जीवन जस्तै रहेछउनले भनिन्, ‘रुँदा नी चाहिने हाँस्दा नि चाहिने
उनले अझ अगाडि थपिन्, ‘मान्छेको मानसिकता परिवर्तन गर्ने तागत कुनै कुरासँग भने त्यो संगीतमा जसका कारण मान्छेले पीडा समेत भुल्छ । यसो उनले गीत संगीतले दुनिया परिवर्तन गर्ने धारणामा उनमा समाज परिर्वतनका निम्ति गीतबसंगीतले समेत महत्वपुर्ण जागरण दिने उनको मान्यता
प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश/राजनीति
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad