Samyentra Dot Com

गृहपृष्ठ » समाचार, हाइलाइटधुर्मुस सुन्तलीलाई भुकम्प र पहिरो बिस्थापित हाकुबासीको पिरलो

धुर्मुस सुन्तलीलाई भुकम्प र पहिरो बिस्थापित हाकुबासीको पिरलो

December 5, 2016३०६ पटक

भुकम्पको पुननिर्माणपछि वालमैत्री देश निर्माणको अभियान लिएर देश दौडाहामा रहेका हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई रसुवास्थित हाकुका बाढी  पहिरो र  भुकम्प पीडितको  ब्यथाले पिरोलेको छ ।img_0267

बालमैत्री फिल्म ‘ज्योति’ प्रर्दशनका लागि रसुवाको धुन्चे पुगेका उनीहरुलाई स्थानीय पत्रकारले हाकु र डाँडा गाउँबासीको पिडाबारे बताएपछि उनीहरु पीडितहरुलाइ भेट्न गएका थिए ।  धुर्मुस सुन्तलीले हाकुबाट भूकम्प पश्चात गएको पहिरोका कारण बिस्थापित भई अहिलेसम्म पुर्नस्थापित हुन नसकेका ७ सय परिवारभन्दा बढी पीडितलाई  प्रत्यक्ष रुपमा भेट गरे र उनीहरुको पिडा र समस्या पनि सुने ।

भेटका क्रममा गुठीको जग्गामा बसोबास गरेका कारण लालपुर्जा समेत नभएकाले भूकम्प पिडितले पाउने राहात रकम पाउन मुस्किल परेको हाकु बासीले बताएका थिए  । एक वर्षसम्म विभिन्न संघ,संस्थाले खाद्यान्नहरु उपलब्ध गराएकाले सजिलो भएपनि अहिले निकै समस्या भएको उनीहरुको भनाई थियो ।

सरकारले निर्धक्कका साथ टाउको लुकाउने बासको व्यवस्था गर्न जग्गा उपलब्ध गराएमा परिश्रम गरेर जिविका चलाउने भूकम्प एवं पहिरो प्रभावित दोर्जे विन्जोको योजना छ । “घर छ, जग्गा छ हेर्दा माया लाग्छ तर, पहिरोको डरले धुन्चेको डाँडाबाट घरबारी हेरेर बस्नुपर्ने बाध्यता छ”, भावुक हुँदै दोर्जेले धुर्मुसलाई सुनाए ।

जिविकोपार्जका बारेमा धुर्मुसले जिज्ञासा राख्दा पहिरो प्रभावित दार्जेले ज्याला मजदुरी गरेर परिवार पालिरहेको दुखेसो पोखे । उनले भने, “खानको लागि त दैनिक काम गरेर पनि जोहो गरिरहेका छौँ, सुरक्षित ठाउँमा जग्गा नहुँदा सुकुबासी बन्नु परेको छ ।”

उनीहरुको समस्या सुनेपछि धुर्मुसले हाकुबासीको समस्यालाई सरोकारवाला निकायसम्म पुर्याउने प्रतिवद्धता जनाएका छन् । पत्रकारसँग छलफल गर्दै कुञ्जना घिमिरेले, हाकु र डाडाँगाउँका भूकम्प र पहिरोबाट बिस्थापित भएकाहरुलाई कुनै सुरक्षित ठाउँमा एकिकृत बस्ती बनाएर राख्ने सकिने सम्भावना औँल्याएकी छिन् । त्यसका लागि सरकार र सरोकारवाला निकायसँग पत्रकारले समन्वय गर्न सुझाव दिएकी छिन् ।

धुर्मुस सुन्तली फाउण्डेशनले पिडितको पिडामा मल्हम लगाउने कार्यमा सम्बन्धित निकायलाई घच्घचाएर अघि बढ्ने उनीहरुले बताएका थिए ।img_0256img_0249img_0260img_0200img_0255

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad