Samyentra Dot Com

गृहपृष्ठ » मुलुक, हाइलाइटसंविधान संसोधन माओबादी केन्द्रको हैन सरकारको एजेन्डा : टोपबहादुर

संविधान संसोधन माओबादी केन्द्रको हैन सरकारको एजेन्डा : टोपबहादुर

December 4, 2016५१८ पटक

काठमाडौं । नेकपा माओबादी केन्द्रका प्रभावशाली नेता टोपबहादुर रायमाझीले संविधान संसोधनको प्रस्ताव माओबादी केन्द्रको प्रस्ताव नभई सरकारको प्रस्ताव भएको बताएका छन् ।img_4192

पार्टी भित्र कुनै छलफल नगरि जानकारी मात्र गराएको आधारमा पार्टीको प्रस्ताव भन्न नमिल्ने भन्दै उनले माओबादी केन्द्रबाट संविधान संसोधनको प्रस्ताव पास नभएको जिकिर गरे । संवाद क्लव नेपालले राजधानीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै रायमाझीले आन्दोलनकारीको माग पनि नभएको र त्यहाँका जनता र जनप्रतिनीधीको भावना विपरित कसको चाहानामा प्रस्ताव आएको यसले आफू आश्चर्यमा परेको बताए ।

जनचाहाना विपरित आएको प्रस्ताव कुनै पनि हालतमा पास नहुने भन्दै रायमाझीले सडक र सदनबाट व्यापक रुपमा प्रस्तावको प्रतिकार हुने बताए । आफू जनताबाट निर्वाचीत प्रतिनिधी भएकाले जनता असन्तुष्ट भएको अवस्थामा आफूले संसोधन प्रस्तावको पक्षपोषण गर्न नसक्ने बताए ।

सरकारले दर्ता गराएको संविधान संसोधनको प्रस्ताव पास गरिए पाँच नम्बर प्रदेशमा मात्र होइन प्रत्यक प्रदेशमा किचलो सुरु हुने उनले भनाई छ । संविधान संसोधनको विषय पार्टीको निजी मामीला हुन नसक्ने भन्दै उनले यसमा पार्टीले ह्वीप लगाउन नसक्ने र आफू जस्तोसुकै अवस्थामा पनि संविधान संसोधनको प्रस्तावको विपक्षमा उभिने प्रतिबद्धता व्यत्त गरे ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad