Samyentra Dot Com

गृहपृष्ठ » खेलकुद, मुख्य खबर, हाइलाइटकिरण चेम्जोङ र सुजल श्रेष्ठलाई गरियो नागरिक अभिनन्दन

किरण चेम्जोङ र सुजल श्रेष्ठलाई गरियो नागरिक अभिनन्दन

December 4, 2016५५९ पटक

धनकुटा / नेपाली फुटबल टिमका स्ट्राइकर सुजल श्रेष्ठ र गोलकिपर किरण चेम्जोङलाई गृह जिल्ला धनकुटामा नागरिक अभिनन्दन गरिएको छ ।dscn3923

मलेसियामा हालै सम्पन्न एएफसी सेलिडारिटी कप २०१६ को उपाधि नेपाललाई दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले श्रेष्ठ र चेम्जोङलाई आफ्नै गृह जिल्ला धनकुटामा अभिनन्दन गरिएको हो ।

धनकुटाको बसपार्कबाट सुरु भएको अभिनन्दन र्यालीले श्रेष्ठ र चेम्जोङलाई बजार परिक्रमा गराएको थियो । श्रेष्ठ र चेम्जोङलाई अभिनन्दन गर्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टुकडी र विभिन्न जातीय समुदाय झाँकी सहित उपस्थित भएको थियो ।

अभिनन्दित गोलकिपर चेम्जोङले मन्तव्य दिँदै अहिले मातृभुमीको न्यानो माया र सबैको हात र साथ पाएको बताए । विगतमा खेल क्षेत्रमा लाग्दा भोग्नु परेको पीडाका दिनहरु सम्मान कार्यक्रमले बिर्साएको भन्दै चेम्जोङले सबैलाई धन्यवाद दिए ।

नेपालले ६२ वर्षपछि एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक फुटबल प्रतियोगिता जितेर इतिहास रचेको थियो  । मलेसियाको कोचिङमा  सम्पन्न एएफसी सोलिडारिटी कपको फाइनल खेलमा अस्ति नेपालले मकाउलाई १-० गोलले पराजित गर्दै इतिहास रचेको थियो ।

नेपाली फुटबल टोलीले हात पारेको सफलतामा देश रमिरहेको बेला नेपाललाई एएफसी सोलिडारिटी कपको उपाधि दिलाउन मकाउ माथि एकमात्र निर्णायक गोल गर्ने धनकुटेली खेलाडी सुजल श्रेष्ठ र गोल किपर किरण चेम्जोङको गृह जिल्ला धनकुटामा खुसीयाली मनाउदै उनीहरुलाई नागरिक अभिन्दन गरिएको हो ।

 फाइनल खेलमा निर्णायक गोल गरेका सुजल श्रेष्ठका आमा रीमा श्रेष्ठले छोराले नेपाललाई जित दिलाएकोमा खुसी व्यक्त गर्दै फाइनलमा राम्रो खेलोस् भनेर फाइनलको दिन बिहान पूजा गर्दै जितको काम गरेको बताइन् । ‘छोराले गोल गर्छ नै भन्ने लागेको थियो ’ उनले भनिन् ‘नभन्दै  गोल गरेर आफ्नो देशलाई जिताउन सफल भयो’ ।

त्यस्तै सुजलका बुवा राजु श्रेष्ठले पनि आफ्नो छोराको सफलताबाट दंग छन् । उनलाई पनि नेपालले उपाधि जित्छ भन्ने लागेको थियो । सहकर्मी साथीबाट पाएको सुन्दर पासलाई छोराले सदुपयोग गर्दै हेडमार्फत गोल गरेको टीभीको पर्दामा देखेपछि आफूले पनि टीभीको स्क्रिन अगाडि खुसीयाली मनाएको उनले बताए । वास्तवमै नेपालमा फुटबल खेलाडी कमजोर छैनन् उत्कृष्ट प्रतिभायुक्त खेलाडी छन् भन्ने प्रमाणित भएको छ, उनले भने ।

किरण सुजल नागरिक अभिनन्दन मुल समारोह समितीका अध्यक्ष शम्भु प्रधानले धनकुटेली खेलाडी किरण चेम्जोङ र सुजल श्रेष्ठले नेपाली फुटबलमा सफलता दिलाएकाले अभिनन्दन गरिएको बताए । सो अवसरमा सांसद अञ्जना ताम्ली र प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतिले अभिनन्दन पत्र र जनही नगद ७५/७५ हजारसहित चेम्जोङ्ग र श्रेष्ठलाई सम्मान गरेका हुन ।

किरणको संंक्षिप्त जीवनी kiran c

सन १९९० मार्च २० तारिखमा धनकुटाको राजारानी गाविसमा आमा हर्कमाया राई र बुबा लालप्रसाद चेम्जोङको कोखबाट जन्मिएका किरण चेम्जोङले १२ कक्षासम्मको अध्ययन स्थानिय पुण्यमाविबाट गरेका थिए ।

१४ वर्षको उमेरबाट राजारानी कै रारा क्लवबाट फुटबल खेल्न सुरु गरेका किरण २०६३ सालबाट धनकुटामा हुने भीमनारायण कपमा आयोजक टिमबाट गोलकिपरको रुपमा प्रवेश गरेका थिए । त्यसपछि धनकुटाबाट अन्डर १६, १७ र १९ को राष्ट्रिय फुटबल खेलेका थिए  ।

ए डिभिजन क्लव मचिन्द्र, थ्रीस्टार, मनाङमस्र्यादी क्लवमा खेल खेल्दै सन २००८ मा नेपाली राष्ट्रिय टीममा पहिलो रोजाईका गोलकिपर पर्न सफल भए । किरणले नेपाललाई साफ च्याम्पियनसिप, बंगबन्धु र एएफसी सोलाडिरिटी जिताउन महत्वपूर्ण भूमिका निवाह गरेका छन ।

सुजलको संक्षिप्त जिवनी sujal
विस २०४९ साल माघ २२ गते धनकुटाको धनकुटा ७ मा आमा रोमा श्रेष्ठ र बुबा राजु श्रेष्ठको कोखबाट जन्मिएका सुजल श्रेष्ठले ८ कक्षासम्मको अध्ययन स्थानिय बालसंसार आवासिय माविबाट गरेका थिए ।

१३ वर्षको उमेरबाट धनकुटाकै स्थानिय क्लवबाट फुटबल खेल्न सुरु गरेका सुजलले काठमाण्डौको जेवियरबाट १२ कक्षासम्म अध्ययन गरे । त्यसपछि धनकुटाबाट अन्डर १६ र १९ को राष्ट्रिय फुटबल खेलेका थिए ।

पछि ए डिभिजन क्लव मनाङमस्र्यादी क्लवमा सहक्याप्टेज र क्याप्टेन हुदैँ नेपाली राष्ट्रिय टीममा पर्न सफल भएका छन् । सुजलले नेपाललाई साफ च्याम्पियनसिप, बंगबन्धु र एएफसी सोलाडिरिटी जिताउन महत्वपूर्ण भूमिका निवाह गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad