Samyentra Dot Com

गृहपृष्ठ » मुख्य खबर, हाइलाइटजग्गा दलाल कि जनताको हितमा होला यो भवन ?

जग्गा दलाल कि जनताको हितमा होला यो भवन ?

December 3, 2016५१८ पटक

मोरङ  । गत बर्ष नगरबासी सबैमा खुवै चर्चा र चासो थियो बेलबारी नगरपालिकाको नयाँ भवन कहाँनेर बन्छ भनेर । कारण नयाँ भवन बनाउने १ बिघा जग्गाको खोजी भैरहेको थियो, त्यो बेला । जग्गा खोजी भइरहेका बेला जग्गादाता पनि थुप्रै भेटिएका थिए । एकातिर आफ्नो एरियामा नगरपालिका अफिस ल्याउन पाए ठाउँ बनिन्थ्यो भन्ने स्वार्थले जग्गादाताको तछाड मछाड भएको थियो भने अर्कोतर्फ जग्गा ब्यापारीहरुको चलखेल । जग्गा दिन्छौं भन्नेहरुले चार किल्लामा गाडेका राता झण्डा देखाएको भरमा ‘उ देख्यौ नगरपालिकाको भवन बन्ने ठाउँ’ भनेर कतिपय भु-माफियाहरुले झण्डै दोब्बर भाउमा घडेरी बेचेकोसम्म पनि नभेटिएको होइन त्यो बेला ।belbari na. pa.

केही समयपछि त्यसैउसै सेलायो, नगरपालिकाको भवनलाई जग्गा खोजीको कुरो । जग्गा कहाँनेरको फिक्स भो भन्नेकुरो थोरै नगरबासीले मात्र पत्तो पाए । धेरैले त्यो जग्गा खोजी गरिए पनि पुरानो भवन भए ठाउँमै बस्ने रहेछ भन्ठाने ।
खासमा त्यो जग्गा खोजी औपचारिकता पनि थियो । अन्ततः नगरपालिकाको आफ्नै १५ जग्गा भए ठाउँमै केही जग्गा थपथाप गरी नगरपालिका भवन बनाउने ठाउँ निश्चित भो ।

तर त्यो स्थान कहाँनेर हो भन्ने कुरो धेरैलाई अझैसम्म नि पत्तो छैन । त्यहाँ करोड बढी लागतमा बहुबर्से योजना अन्तरगत नयाँ भवन बन्दैछ । त्यो स्थान हो बेलबारी २ मा अबस्थित लोहनी कित्ता नामले चिनिने क्षेत्र ।
लोहनी कित्ता प्लटिङ गर्दा पाँच- सात बर्ष अघि तत्कालिन बेलबारी गाबिसलाई प्राप्त भएको १५ कट्ठा, दाताले दिएको ३ कठ्ठा, र ऐलानी ७ कट्ठा सहित कुल १ बिघा ५ कठ्ठा जग्गा रहेको एरियामा बनिरहेको छ , सो बिल्डिङ ।
आर्थिक बर्ष २०७२/०७३ को अबधिमा सरकारले भवन बनाउन एक करोड रुपैयाँ दिएको थियो । सोही बजेटमा नगरको आन्तरिक बजेट समेत थपथाप गरी भ्याट सहित १ करोड ६ लाख ११ हजार २ सय ९१ रुपैयाँ ९० पैसामा मृत सन्जिवनी निर्माण सेवा र एच एम बिल्डर्स जेबी कम्पनीले थे
लिएका थिए । भ्याट बाहेक ९३ लाख ९० हजार ५ सय २३ रुपैयाँ ८१ पैसामा ठेकेदार कम्पनीसँग २०७२ फागुनमा सम्झौता भएको थियो ।
२०७२ फागुन १७ देखि ४ महिना अर्थात् २०७३ असार १७ सम्ममा काम सक्ने गरी सम्झौता भएपनि ठेकेदारले निर्धारित समयमा काम नसक्ने अबस्था र प्राबिधिकहरुको सुझावलाई समेतलाइ मध्यनजर गर्दै निर्धारित भन्दा केही कम काम गरिएको बेलबारी नगरपालिकाका कार्यकारी अधिकृत होम प्रसाद पौडेलले बताउनु भयो ।
नगरपालिकाका इन्जिनियर सवीन कुमार क्षेत्रीका अनुसार ठेकेदार कम्पनीसँग माथिल्लो टाइ बीमसम्म भवन निर्माणको काम गर्नेगरी सम्झौता भएको थियो तर भासिलो जमीन भएका कारण एकै बर्षमा धेरै माथिसम्म निर्माण गर्दा माटो भासिएर समस्या हुनसक्ने भएकोले अघिल्लो आर्थिक बर्षको अबधिमा तल्लो टाइ बिमसम्म मात्र निर्माण गरिएको छ । काम सम्पन्न भएको आधारमा ठेकेदारलाई भुक्तानी दिइएको र बांकी रकम फ्रीज भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको भवन निर्माण गरिसक्न कति बजेट लाग्छ भन्ने लागत हालसम्म यकिन छैन तर बहुबर्षको योजना भएकोले निर्माण नसकिएसम्म सरकारले बर्सेनि बजेट दिने र प्रत्येक बर्ष ठेक्का लगाइ काम गराइने कार्यकारी अधिकृत पौडेल बताउनुहुन्छ । निर्माण थालिएको नव निर्मित भवनको भुइँ तलामा १६ वटा कोठाहरु रहनेछन । जहाँ प्रसासनिक कामहरु सन्चालन हुनेछन् । पहिलो तलामा कार्यकारी अधिकृतको कार्यकक्ष सहित मेयर, उपमेयर लगायतका जन प्रतिनिधिका अफिस सहित मिटिङ हल समेत रहनेगरी निर्माणको अबधारणा बनाइएको तर पहिलो तलाको सबै डिजाइन तयार भइ नसकेको नगर प्रमुख पौडेलको भनाइ छ।

राज्यको पुनर्संरचना हुन बाँकी नै भएकोले भबिस्यमा नगरपालिकाको केन्द्र कहाँनेर बन्छ भन्ने निश्चित छैन । नगरपालिका त्यहीँ कायम भयो भने त नगर भवन बनाउन गरिएको लगानी जनताको लागि होला नभए भवनस्थल देखाएर सर्वसाधारणलाई महँगो घडेरी बेच्ने जग्गा ब्यापारीहरुलाई मात्र फाइदाजनक हुनसक्छ ।  (विकिरण मासिकबाट)

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad