Samyentra Dot Com

गृहपृष्ठ » मुख्य खबर, समाज, हाइलाइटराजधानी बाहिरको पहिलो आकाशे पुल संचालनमा ,सेल्फी लिनेको भीँड

राजधानी बाहिरको पहिलो आकाशे पुल संचालनमा ,सेल्फी लिनेको भीँड

December 3, 2016८१९ पटक

लोकनाथ रिजाल
दमक : राजधानी काठमाडौ बाहिर पहिलो पटक झापाको दमकमा आकाशे पुल सञ्चालनमा आएको छ । पूर्वपश्चिम लोकमार्गमा पुल बनेपछि यात्रुहरुलाई सडक वारपार गर्न निकै सहज भएको छ । तीब्र शहरीकरणसँगै बढेको यात्रुको चापलाई व्यवस्थित गर्न दमकमा आकाशे पुल निर्माण भएको हो ।

pul

पुल २५ मिटर लम्बाई , २ दशमलब ५ मिटर चौडाई र ६ दशमल ३० मिटर उचाईको छ । बेलडाँगीका मनकुमार विश्कर्मा प्रायजसो सडक काट्ने बेलामा निकै अत्तालिन्थे । गाडीले हानि हाल्लाकी भन्ने पीर हुन्थ्यो । ‘तर, यो व्यस्त चौकमै पुल बनेपछि सँधैजसो भीँडभाँड हुने दमकको एक छेउबाट अर्को छेउ पुग्न निकै सजिलो भएको छ’, उनले भने,‘पहिले त पैदल यात्रीलाई सडक वारपार गर्नै निक्कै हम्मेहम्मे हुन्थ्यो ।’
पुलका कारण दमकको ट्राफिक व्यवस्थापनमा निकै सुधार आएको छ । ईलाका ट्राफिक प्रहरी कार्यालयका हवल्दार गोकुलप्रसाद आचार्यका अनुसार पुलको जति मात्रामा सदुपयोग गर्नुपर्ने हो त्यति हुन सकेको छैन् । उनले भने,‘नयाँ बनेको हो । यहाँका पैदलयात्रीलाई बिस्तारै बानी लाग्दैछ, हामीले पनि माथिबाटै बाटो काट्न आग्रह गर्ने गरेका छौं ।’ १ करोड १४ लाख रुपैयाँ बजेटमा पहिलो पुल निर्माण भएको हो । दमकमा दुईवटा पुल निर्माण गर्न केपी शर्मा ओली नेतृत्वको सरकारले बजेट दिएको हो । दमक नगरपालिकाका ईन्जिनियर तिर्थ श्रेष्ठले भने,‘गणतन्त्र चौकको पूर्वपट्टि पनि अर्को पुल निर्माण हुँदैछ । ठेक्का पनि लागिसक्यो ।’ दमकमा दूईवटा पुल निर्माणका लािग रु २ करोड २८ लाखमा सम्झौता भएको ईन्जिनियर श्रेष्ठले जानकारी दिए । यी पुल बनाउन बजेट अपुग भएपछि क्षेत्र विकाश कोष बाट ५० लाख रुपैया माग गर्ने तयारी भएको छ । पूर्वपश्चिम लोकमार्ग ६ लेनको बन्दासमेत काम लाग्ने गरी पुल बनाइएको ईन्जिनियर श्रेष्ठ बताउँछन् ।

pul2
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले गत कार्तिक २७ गते नै पुलको उद्घाटन गर्ने तय भएको थियो । तर, रङरोगन र फूलबारी बनाउने काम थाँति रहेकोले केहीपछि सारिएको एमाले दमकका इञ्चार्ज अम्बिका खनालले बताए । त्यही अवसरमा गणतन्त्र चौकमा अवस्थित ग्रीनपार्क पनि उद्घाटन हुने छ । त्यहाँ डाफेमुनालको मूर्ति पनि निर्माण गरिएको छ ।
राजधानी बाहिरको यो पहिलो आकाशे पुलमा अहिले सेल्फी खिच्ने युवकयुवतीको भींड नै लाग्ने गर्छ । निर्माण ठेक्का पाएको प्रविण निर्माण सेवाका सञ्चालक प्रकाश केसीले भने,‘२०७२ चैत्र मसान्तभित्र निर्माण सम्पन्न गरिसक्ने सम्झौता थियो तर बन्द हड्तालले सकिएन् । दोस्रो पुल भने तोकिएकै समयमा पूरा गर्ने लक्ष्य छ ।’

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad