Samyentra Dot Com

गृहपृष्ठ » समाचारप्रेस काउन्सिलद्वारा चिनियाँ प्रतिनिधि मण्डलको स्वागत

प्रेस काउन्सिलद्वारा चिनियाँ प्रतिनिधि मण्डलको स्वागत

December 2, 2016१४६ पटक

काठमाडौं/ प्रेस काउन्सिल नेपालको आयोजनामा  राजधानीमा चिनियाँ प्रतिनिधि मण्डलको स्वागत तथा अन्तरक्रिया कार्यक्रम बिहिवार सम्पन्न भएको छ  ।img_3557-medium
कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्कीले नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधि मण्डललाई दोसल्ला ओढाएर स्वागत गर्नुभयो ।  वहाँले ऐतिहासिक कालदेखि नै नेपाल–चीन सम्बन्ध समस्यारहित असल छिमेकीको रुपमा रहँदै आएकोले नेपाल चीनलाई संकटको अवस्थामा सहयोग गर्ने असल छिमेकी  भएको तथा एक चीन नीतिप्रति आफुहरु प्रतिवद्ध रहेको बताउनु भयो ।

सो अवसरमा अध्यक्ष कार्कीले शान्ति र विकासको लागि नेपाली मिडियाले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै चिनिया मिडिया र नेपाली मिडियाबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउन सकेमा दुवै देशको लागि निकै उपलब्धीमूलक हुने धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाल–चाईना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले चीन सरकार र त्यहाँका जनताले नेपालप्रति देखाएको असल छिमेकीपनको चर्चा गर्दै नेपाल –चीन सम्वन्धलाई थप उँचाईमा पु¥याउन दुवै देशका मिडियाको उत्तिकै भूमिका रहने धारणा व्यक्त गर्नुभयो ।img_3567-medium

चिनियाँँ प्रतिनिधिमण्डलका तर्फवाट लु योङ् मिङ्ले हजारौं बर्षदेखि दुईदेशबीचका जनताको सुसम्वन्ध रहेको स्मरण गराउँदै नेपालको समृद्धि र बिकासका लागि चीन सदैब तत्पर रहने बताउनुभयो । सो अवसरमा मिङ्ले नेपालका विभिन्न स्थलमा भ्रमणका क्रममा खिचेको दशौंहजार तस्विरहरुको संगालो प्रेस काउन्सिललाई हस्तान्तरण गर्नुभयो ।

कूल ८२ जनाको उपस्थिति रहेको कार्यक्रम प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले सञ्चालन गर्नुभएको थियो ।   (२०७३/८/१७)

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad