विमान दुर्घटनामा खेलाडीसहित ७६ जनाको मृत्यु , ब्राजिलमा राष्ट्रिय शोक


एजेन्सी / विमान दुर्घटनामा  फुटबल खेलाडीको मृत्यु भएपछि ब्राजिल सरकारले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ ।crashe_airplane

ब्राजिलका राष्ट्रपति मिसेल टेमेरले  फुटबल खेलाडी सवार विमान दुर्घटनाको समाचारबाट आफू स्तब्धः भएको जनाउँदै ब्राजिलमा राष्ट्रिय शोकको घोषणा गरेका हुन् ।

दुर्घटनामा ब्राजिलको ए डिभिजन क्लब चापेकोइन्सका खेलाडी सवार थिए । चापेकोन्स सन् २०१४ मा पहिलो पटक ब्राजिलको ‘ए’ डिभिजनमा बढुवा भएको टोली हो ।

विमानमा ब्राजिलियन खेलाडी, पत्रकारसहित ७२ जना र चालक दलका सदस्य ९ जना गरी ८१ जना सवार थिए। विमान एउटा डाँडोमा ठोक्किएर भएको दुर्घटनामा खेलाडी र सन्चारकर्मीसहित  ७६ जनाको मृत्यु भएको छ । ८१ जना सवार विमानबाट पाँच जनाको जीवितै उद्धार गरिएको छ ।

दक्षिण अमेरिकाको ठूलो मानिएको कोपा सुदा मेरिकाना खेल्न बोलिभियाबाट खेलाडी लिएर उडेको विमान कोलम्बियाको मेडेलिन शहरको कोरो गार्डेन भन्ने ठाउँमा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनापछि दक्षिण अमेरिकी फुटबल महासंघले कोपा सुडा मेरिकन फुटबलको फाइनल खेल स्थगित गरेको छ ।

 मंगलबार बिहान नेपाली समय अनुसार करिब नौ बजेर ४५ मिनेट जाँडा मेडेलिन विमानस्थलको नियन्त्रण कक्षसँग विमानको सम्पर्क बिच्छेद भएको थियो । अधिकारीले उक्त विमानमा विधुतीय समस्या आएका कारण विमानस्थलको नियन्त्रण कक्षसँग सम्पर्क विच्छेद भएको जनाएका छन् ।

जीवितै उद्दार गरिएका मध्ये एक चापेकोन्सका डिफेन्डर एलन रस्चेल ,डिफेन्डर हेइलो नेटो र गोलरक्षकद्वय ज्याक्सन र फोलम्यान पनि जीवितै रहेको बताइएको छ । टोलीका अर्का गोलरक्षक मार्कोस डानिलोलाई समेत जीवितै उद्धार गरिए पनि उचारका क्रममा उनको निधन भएको जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *