Samyentra Dot Com

गृहपृष्ठ » ग्यालरी, न्युज, फिचर स्टोरी, बिशेषफुलमाला गर्ने दिन केटाको मृत्यु भएपछि प्रेमिकाले दिइन् दागबत्ती

फुलमाला गर्ने दिन केटाको मृत्यु भएपछि प्रेमिकाले दिइन् दागबत्ती

November 29, 2016६४४ पटक

किशन शाही । आइतवार साँझ ८ बजे धरानको ढुंगेधारामा निकै सन्नाटा छाएको थियो । शव जलाउँन गएका मलामीहरु निकै हतारिदै थिए । चितामा राखिएको शवको अन्त्यष्टि गर्न दागवत्ति कसले दिने भनेर मलामी र आफन्तमा कुराकानी चलिरहेको थियो । अचानक एक युवति रुँदै कराउँदै त्यहाँ आइपुगिन् । चितामाथि राखिएको शवलाई अंगालो हालिन् । भक्कानियर रुदै भनिन , “आखिर यो के भयो ? मलाई पनि संगै लैजाऊ ”यस्तै विलौना गर्दै युवति चिच्याई रहेकी थिइन् । केही क्षणमा उनी त्यही अचेत बनिन ।
चलचित्रको कथावस्तु झैं लाग्ने यो परिदृश्य कुनै काल्पनिक घट्ना नभएर धरानको बगरकोट स्थित ढुंगेधारमा शवदाहसंस्कार स्थलमा देखिएको झलक हो । मोरङको केराबारी खोर्साने सडक खण्डमा शनिवार दिउँसो बस र मोटरसाइकल एकापसमा ठक्कर खादा दुर्घट्नामा परी इलाम नगरपालिका ४ घर भई मोरङको केराबारी १ मा पाथीभरा सुनचादी पसलमा कार्यरत महेश विकको मृत्यु भएको थियो । महेशको उपचारको क्रममा घोपा क्याम धरानमा मृत्यु भएपछि शव पोष्टमार्टम गरी दाहसंस्कार गर्न धरानको बगरकोट स्थित ढुंगेधारमा लगिएको थियो ।mm
 दाह संस्कारस्थलमा देखिएको यो परिदृश्यले त्यहाँ पुग्ने जो कोहीलाई भावुक मात्र बनाएन मृतक महेश र झापा घर भएकी सन्ध्या (नाम परिवर्तन) विच ३ वर्ष देखि यता झाँगिएको प्रेमलाई लगनगाठोमा कस्ने उनीहरुको इच्छा र चाहनालाई दैवले चुडाई दियो ।
 फूलमाला गर्ने दिन दागवत्ति दिनुपर्यो 
  इलाम नगरपालिका ४ घर भई केराबारी १ मा पाथीभरा सुनचाँदी पसलमा काम गर्दै आएका महेश विकको वास्तविकतासंग जोडिएको यो कथा यतिमा मात्रै सिमित रहेन । महेशका घरमा तिनै युवतिलाई (बेहुली) भित्रयाउने अन्तिम तयारी थियो । आफनो बावुको मृत्यु भएको र आमाले दोश्रो विवाह गरी गएका कारण सन्ध्यालाई आफनो घरमा लाने कि कोठामा भित्रयाउने सल्लाह गर्न आफनो काकालाई खोर्सानेबाट लिएर आउदै थिए महेश ।
 ३ वर्ष अघिदेखि एकापसमा प्रेम गर्दै आएका सन्ध्या र महेशको प्रेमलाई विवाहमा परिणत गर्न फूलमाला गर्ने अन्तिम तयारी थियो । महेशले आफू वस्दै आएको केरावारी स्थित आफनो कोठामा साज सज्जा गरेका थिए । आफनी प्रेमिकालाई वेहुली वनाएर भित्रयाउने उनको रहर थियो । कोठा सरसजावट गरी फर्निचरको व्यवस्था समेत गरेका थिए ।
बिडम्वना जीवन संगिनी भित्रयाउँन आतुर देखिएका आफनो प्रेमीको मृत्युको खवरले स्तब्ध भएकी उनकी प्रेमिका दागवत्ति दिन आइपुग्दा मलामीहरु स्तब्ध मात्र बनेन् त्यहाका वातावरण नै शोकमग्न वन्नपुग्यो । img_20161129_233734
 सवै कुराकानी भैसकेकाले युवतिलाई फूलमाला गर्ने दिन मंसिर १३ कुरेर वसेका थिए सन्ध्याका परिवार । सन्ध्यालाई घरमा भित्रयाएर वैवाहिक जीवन सूरु गर्ने महेशको चाहना कल्पना भन्दा फरक रहेन ।  कल्पना सपना नै भयो यही कथाको पेरीफेरीमा उनका आफन्त र परिवार शोकमा डुबेका छन् । के सोचेका थिए के भयो महेशका दिदी उर्मिला सेञ्चुरीले बताइन् । महेश विकको परिवार यस्तै विलौना गरिरहेका छन् ।

 सादा जीवन, मिलनसार र इमान्दार व्यत्तिको रुपमा परिचय बनाएका महेशले आफना साथीभाईहरुलाई भन्ने गर्थे जीवनको सवै खुशी त्यति बेला पुरा हुन्छ । जुन बेला मेरो घरमा लक्ष्मीको प्रवेश हुन्छ । तर उनले आफनो गृहलक्ष्मी भित्रयाउन त पाएनन पाएनन आफनै काका समेत घाइते भएर जीवन मरणको दोसाधमा रहेकाले विक परिवार पिडित बनेका छन् ।


प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad