विदेशबाट फर्केर बाख्रापालन व्यवसायमा रमाउँदै

पाल्पा/ रामपुर नगरपालिका– १३ भुजातका विश्वराज भट्टराईले विदेशबाट फर्केर बाख्रापालन व्यवसाय गर्नुभएको छ ।
आठ वर्षसम्म विदेशमा काम गरेका भट्टराईले राम्रो आम्दानी गर्न नसकेका कारण स्वदेश फर्केपछि १० लाख रुपैयाँको लगानीमा बाख्रापालन गर्न सुरु गर्नुभएको हो । उहाँको फार्ममा अहिले स्थानीय जातका ५० वटा बाख्रा छन् ।

download-2पाठापाठी बेचेर वर्षमा चार लाख रुपैयाँसम्म आम्दानी गर्ने भट्टराई भन्नुहुन्छ ‘कमाई हुन्छ कि भनेर विदेश गएँ, खाडीमा लामो समयसम्म पसिना बगाए, मुस्किलले खान बस्न ठिक्क हुन्थ्यो, परिवार चलाउन निकै समस्या पर्‍यो । यहाँ आएर बाख्रा पाल्न थालेपछि महिनैपिच्छे पैसा पाउँदा र परिवारसँग व्यवसाय चलाउँदा आनन्द पनि लागेको छ ।’

आफ्नै करिब तीन रोपनी जग्गामा व्यवसाय चलाउनुभएका भट्टराईलाई चरन र घाँसपातको लागि समस्या पनि छैन । यही दसैँमा मात्र उहाँले ३२ वटा पाठापाठी बेचेर एक लाख बराबरको आम्दानी गर्नुभएको छ । व्यवसायका लागि केन्द्रीय भेडाबाख्रा प्रवद्र्धन केन्द्रबाट युवा लक्षित कार्यक्रम अन्तर्गत एक लाख र जिल्ला पशुसेवा कार्यालयबाट बोका खरिदका लागि ६ हजार अनुदान पनि प्राप्त गर्नुभएको छ ।

दुई सय वटा बाख्रा पालेर वार्षिक ६ लाख भन्दा बढी आम्दानी गर्ने सोच बनाउनुभएका उहाँले यही व्यवसायबाट समाजमा राम्रो पहिचान बनाउन सकेको हँुदा दिगो रुपमा व्यवसाय गर्ने अठोट गर्नुभएको छ उज्यालोले लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *