डोनाल्ड ट्रम्प पो भए अमेरिकी राष्ट्रपति

एजेन्सी  । अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प विजयी भएका छन् ।donald-trump-bankruptcy-lies-r

डेमाक्रेटिक पार्टीकी उम्मेदवार हिलरी क्लिन्टनलाई पराजित गर्दै ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपति बनेका हुन् ।

अन्तिम चरणको मत गणनामा ट्रम्पले २७४ इलेक्टोरल मत पाएको अन्तरास्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । ५३८ इलेक्टोरल कलेजमा राष्ट्रपति बन्न २७० मत आवश्यक थियो  । ट्रम्प आप्रबासीको मामलामा अनुदार मानिन्छ्न ।

यो परिणामलाई  धेरैले अप्रत्यासित मानेका छन् । मतदान पूर्व भएका सबै मत सर्वेक्षणमा ट्रम्प कमजोर  र हिलरी नै हृवाइट हाउसमा जाने देखिएको थियो ।

तर उनिर्णायक मानिएका ,राज्यहरु फ्लोरिडा, पेन्सलभेनिया लगायतमा ट्रम्पले जित्दा परिणाम उल्टो  बन्दा ट्रम्प हृवाइट हाउसका नाइके हुन पुगे ।screenshot_2016-11-09-16-53-19-1

Leave a Reply

Your email address will not be published. Required fields are marked *