राधाले लगानी उठाउनेमा बिश्वस्त छु – निर्माता कार्की

 इतिहासमै पहिलो पटक मोफसल अर्थात झापाको दमकबाट पोस्टर रिलिज गरिएको नेपाली कथानक चलचित्र हो ‘राधा’ । पोस्टर रिलिज मोफसलमा गरिएको अहिले चलचित्र अहिले सबैतिर चर्चाको शिखरमा छ ।

कात्तिक १२ गतेदेखि अल नेपाल रिलिजका साथ प्रर्दशन हुन लागेको यहि कथानक चलचित्रका राधाका निर्माता शुशिल कार्कीसंग संयन्त्र डटकमका लागि अन्तरबार्ता लिइएको छ :

१. नेपाली फिल्म बजारमा लगानी असुरक्षित भएको बेला तपाईको फिल्मले लगानी उठाउने कुरामा कत्तिको बिश्वस्त हुनुहुन्छ ?

s
उस्तै उस्तै : निर्माता कार्कीसँग नायक जीवन लुइँटेल

लगानी उठाउने कुरामा म एकदमै बिश्वस्त छु । चलचित्रको ट्रेलर , गित सार्वजनिक पछिको दर्शकहरुको प्रतिक्रिया राम्रै आएको छ । यसको प्रचार प्रसार एकदमै राम्रो संग गर्ने प्रयास पनि गरेका छौ ।

२. त्यती नै मात्र आधारमा लगानी उठ्छ भन्ने ग्यारेन्टी छ त ? 

त्यसो हैन । चलचित्रले लगानी उठाउन दर्शकको मन जित्नै पर्छ । यो कुरामा सबै जना क्लियर भए हुन्छ । अनि अर्काे कुरा यतिको कथा वस्तु बोकेको , नेपालीपनको आभाष दिने फिल्म , परिवार संगै बसेर हेर्न सकिने पारिवारिक फिल्म , प्राबिधिक पक्षले पनि उत्कृष्ट फिल्म चल्छ र लगानी उठाउछ भन्नेमा म बिश्वस्त छु ।

३. लगानी उठाएन भने नी ?  

पहिला हलमा गएर फिल्म हेर्नुस अनि थाहा पाउनु हुन्छ सबै दर्शकले । अनि अर्काे कुरा यति धेरै मेहेनत गरेर र सबै पक्षलाई ध्यान दिएर बनाएको फिल्मले पनि लगानी उठाएन भने मेरो भन्नु केही छैन । ।rr

४. निर्देशक योगेश घिमिरेलाई नै कि रोज्नु भएको ?

उहा झापाली म झापाली पहिला देखी नै हाम्रो राम्रो मित्रता छ । अनि अर्काे कुरा उहाले चलचित्रमा धेरै मेहनत गर्नुहुन्छ । उहाको काम लाई देखेर म प्रभावित छु । फेरी हामी बिचको सहकार्य राम्रो छ ।

५. अन्त्यमा तपाई दर्शक लाई के भन्नु हुन्छ ?

मैले मेरो दर्शक लाई मन पर्ने गरी चलचित्र राधा निर्माण गरेको छु । एक पटक गएर हेर्दिनुस । यस अघि पनि चलचित्र भुलभुलैया बनाएको थिए । त्यसले पनि ठिकै ब्यापार गर्न सफल भयो । यसपालि राधा बोकेर आएको छु । यसलाई पनि हेर्दिनुस । नेपाली चलचित्रलाई माया गर्नुस भन्न चाहान्छु ।

प्रस्तुती : लोकनाथ

 यो पनि हेर्नोस – 

‘राधा’ मा तपाई हाम्रै समाजको कथालाई उतार्ने प्रयास गरिएको छ – निर्देशक घिमिरे

 &

पहिलो पटक मोफसलमा चलचित्रको पोष्टर रिलिज

Leave a Reply

Your email address will not be published. Required fields are marked *