Samyentra Dot Com

गृहपृष्ठ » फिचर स्टोरी, समाजमोरङ र धनकुटा दुवैतिरबाट चढ्न सकिन्छ अब जेफालेमा

मोरङ र धनकुटा दुवैतिरबाट चढ्न सकिन्छ अब जेफालेमा

October 8, 2016६२८ पटक


युवराज ठकुरी, सिंहदेवी,मोरङ / बिस्तारै पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गरेको उत्तरी मोरङको सिंहदेवी ५ मा अवस्थित जेफाले भ्यु टावर चढ्नका लागि धनकुटाको वसन्तटार समेवादेखि पनि सिढी निर्माण गर्न थालिएको छ ।received_1023207014463581

पुर्वान्चलको सोह्र वटा जिल्ला, विभिन्न हिमशृङ्खलाहरु र तराईका समथर फाटहरुको दृश्यावलोकन एकै ठाउँबाट गर्न सकिने,तराईको प्रचण्ड गर्मीमा पनि बाह्रैमास सीतल महसुस गर्न सकिने भएकाले पनि यस ठाउँको आकर्षण बढ्दै गएको छ।

सिंहदेवी ५ को विहिबारे बजारभन्दा केही माथिदेखि सिढी निर्माण पहिले नै गरिसकिएको छ । धनकुटाको वसन्तटार समेवादेखी पर्यटकहरुलाई सहजताका लागि सिढी निर्माण गरिएको निर्माण समितिले जनाएको छ।

धनकुटा जिल्ला विकास समितिको दुई लाख पचास हजार सहयोगमा ९५वटा सिढी निर्माण गरिएको र बिस्तारै जेफाले सम्मनै निर्माण गर्ने लक्ष्य रहेको जेफाले पर्यटन विकास समितिका उपाध्यक्ष मनप्रसाद मगरले वताउनुभयो।

धनकुटाको वसन्तटार र मोरङको सिंहदेवीमा अवस्थित भएकाले जेफाले भ्यु टावर निर्माणमा धनकुटाको पनि सहयोग रहेको छ।

यहाँ जानको लागि मोरङको खोर्साने हुँदै केराबारी देखि ३५किमि पहाडी कच्चीबाटो हुँदै आउन सकिनुका साथै धरान,भेडेटार देखि राजारानी,वसन्तटार समेवादेखी पनि आउन सकिन्छ ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad