मानवीय सेवामा नमूना बन्यो लालभित्ति युवा समूह

अम्बिका भण्डारी,बेलबारी मोरङ / करिब तीनमहिना अघि मोरङ बेलबारी ४ का १२ बर्षिय वालक सलिम धिमाल बिरामी परे । अलि पहिलेदेखि नै बिरामी भएका सलिमलाइ उनलाइ बारम्बार बान्ता भइरहने लगायतका समस्या थिए । त्यसपछि परिवारजनले जचाउन बेलबारी,बिराटनगर लगायबत बिभिन्न अस्पताल लगे तर रोग पत्ता लागेन । तर जव चेक जाचका लागि काठमाण्डौंस्थित टिचिङ अस्पताल लगियो, तब थाहा भो सलिमलाइ ब्रेन ट्युमर भएको रहेछ ।salim1

 डाक्टरले उपचारका लागि भारत लैजान सुझाब दिए । जव डाक्टरले सलिमलाइ ब्रेन ट्युमर भएको बताए, तब परिवारले ठाने, रोग पत्ता लाग्यो अब सलिमको उपचार सहज हुन्छ । शुरुमा ब्रेन टयुमर कस्तो रोग हो र कति उपचार हुन्छ भन्ने राम्ररी थाहा थिएन परिवारजनलाइ । तर जव भारतको सर गंगाराम अस्पताल पुर्याइयो ,डाक्टरले उपचारका लागि भारु १५ लाख भन्दा बढी चाहिने बताए । यो स’नेपछि सलिमका परिवारजन छांगाबाट खसेजस्ता भए । तापनि हार मानेर हुन्नथ्यो । त्यसैले आफ्नो जायजेथा र ऋणपानबाट एक महिनासम्म अस्पतालमा राखेर परिवारजनले नै उपचार गराए ।

त्यतिन्जेलसम्ममा परिवारको भएभरको जायजेथा सकिइसकेको थियो, अर्थात  ११ लाख भन्दा बढी खर्च भइसकेको थियो । आफ्नो जायजेथा सकिइसकेकोले मर्नु न बहुलाउनुको हालतमा पुगिसकेको थियो धिमाल परिवार । त्यसैले आफ्नो एकमात्र सन्तानलाइ बचाउने केही उपाय निस्किपो हाल्छ कि भन्ने झिनो आशाले सलिमका परिवार र आफन्तले बच्चा पढ्दै गरेको स्कूल र समाजका केही मानिसहरुलाई सलिमको रोग र लाग्ने खर्चबारे सुनाए । तर कुनै उपाय सुल्झेन ।

सलिम पढ्दै गरेको शिक्षा सन्देश बोर्डिङले शुरुमा १० हजार रुपयाँ सहयोग गर्ने अश्वाशन दियो तर एक लाखले मात्र केही हुनेवाला थिएन, किनकी अझै नेरु १६ लाख चाहिएको थियो । त्यसैले केही उपाय निस्कन्छ कि भनेर खटपटाउदै उपाय खोजिरहे परिवार र आफन्तले । अन्तमा समाजका केही अगुवाहरुले कुनै संस्था मार्फत सलिमलाइ सहयोग जुटाउन अभियान चलाउने उपाय सुझाव दिए । सहयोग त जुटाउने तर कसरी भन्ने प्रश्नहरु खडा भए । सहयोग जुटाउनका लागि एक त कानुनी रुपले बैधानिक संस्था चाहिन्थ्यो , अर्कोतर्फ सर्बमान्य हुनुपथ्र्यो । तर स्थानीय स्तरमा त्यस्ता बैधानिक संस्था देखिएनन् । त्यसैले अन्तमा बेलबारी ४ मा रहेको लालभित्ति युवा समूहलाइ सहयोग अभियानको संयोजन गर्ने प्रस्ताव आयो ।

पहिले स्वस्थ अबस्थामा सलिम
पहिले स्वस्थ अबस्थामा सलिम

तर उक्त समुह कानूनी रुपले दर्ता नभएको कारण सो प्रस्ताव सहजै स्वीकारिएन । अन्तमा कानूनी आधार खोज्नु भन्दा पनि एउटा मानवीय संवेदना महत्वपूर्ण भएकोले स्थानिय प्रशासन र नगरपालिकासंग समन्वय गरी सलिम धिमाल बचाउ अभियान सञ्चालन गर्ने सर्वदलिय सहमति बन्यो । बेलबारी नगरपालिकाले लिखित रुपमै पत्र पठाएपछि सलिम धिमाल बचाउ अभियानको समिति समेत बनाएर लालभित्ति युवा समूहको संयोजनमा सहयोग अभियान थालियो ।

उपचार खर्चको अभावमा अस्पतालको शैयामा छट्पटाएर बसेका सलिम धिमालको जीवन बचाउनका लागि छोटो समयमा नै राम्ररी सहयोग उठ्यो । मिडियाहरुमा समेत समाचार आएपछि प्रवासबाट समेत सहयोग थपियो । सहयोगबाट प्राप्त रकममध्ये भदौ दोश्रो हप्ता एकपटक ३ लाख, अर्कोपटक २ लाख र तेस्रो पटक भाद्र २४ गते ( बिहिबार) २ लाख गरी जम्मा ७ लाख रुपयाँ सलिमको उपचारका लागि भारत पठाइसकिएको छ ।

  यस बीचमा सलिमको उपचारका लागि सहयोग जुटाउनुको जस कसले बढी लिने भन्ने होडबाजी चल्यो । एकाध मिडियावाला आफुले समाचार लेखेकै कारण सहयोगको ओइरो लागेको हो भनेर फुर्ति लगाइरहेका थिए । यस्तो लाग्थ्यो,मानौं एउटाले समाचार नलेखिदिएको भए सहयोग नै आउने थिएन होला । लालभित्ति युवा समूहको अभियानसगै सलिम पढ्ने स्कुलले पनि आफ्नै ढंगले सहयोग अभियान चलाइरहेको थियो । यही अबस्थामा बुधबार अर्थात भाद्र २२ गते प्रकाशित एउटा समाचारले खासगरी लालभित्ति युवा समूहका अभियन्ताहरु अत्यन्त दुखी र मर्माहत भएका छन् । सलिमको उपचारका लागि उठाउने संस्था बैधानिक नभएको, रकम पारदर्शी नभएको, सलिमसंग अस्पतालमा रहेकी उनकी आमाले पैसा नपाएको सलिमलाइ सहयोगका नाममा घृणित राजनिति गरिएको जस्ता आरोप लगाउदै समाचार आएपछि बिदेशबाट सहयोग पठाएकाहरुले आफूहरुले पठाएको पैसा फिर्ता मागिरहेको तथा सहयोग गर्ने तत्परता देखाएका कतिपयले सहयोग रोकेको सलिम धिमाल उपचार सहयोग समितिका संयोजक तुलसी ढकालले बताए ।

salim2सहयोग रसिद नकाटी कसैसग पैसा नलिएकाले सहयोग पारदर्शी भएको स्पष्ट पार्दै ढकालले यस अघि नै घोषणा गरिए अनुसार भदौ २६ गते आइतबारसम्म सलिम धिमाल बचाउ अभियान अन्तरगत सहयोग लिइने र त्यसपछि सहयोग अभियानको समापन गर्दै भदौ २७ गते पत्रकार सम्मेलन गरी सम्पूर्ण हिसाब किताब सार्वजनिक गरिने जानकारी दिए ।

साउन ३० गतेदेखि शुरु गरिएको साढे ३ हप्ताको अबधिमा लालभित्ति युवा समूहको संयोजनमा चलाइएको अभियानका क्रममा देश बिदेशबाट गरी बुधबारसम्ममा साढे १६ लाख सहयोग संकलन भइसकेको लालभित्ति युवा समूह अन्तरगत सलिम धिमाल उपचार सहयोग समितिका संयोजक ढकालले जानकारी दिएका छन् । सलिमको उपचारका लागि सबैभन्दा बढी सहयोग प्रबासमा रहेका नेपालीहरुबाट जुटेको छ ।

हालसम्म एकमुष्ट रुपमा सबैभन्दा बढी अष्टेलियाबाट स’वास काइराला लगायतले शिक्षा सन्देश स्कुल मार्फत पठाएको २ लाख ६ हजार रुपयाँ बुधबार एक कार्यक्रममा शिक्षा सन्देश स्कुलका अध्यक्ष लक्ष्मण थापाले लालभित्ति युवा समुहलाइ हस्तान्तरण गरेका छन् । लालभित्ति युवा समूहले पहिले पठाएको ५ लाख र परिवारले जुटाएको रकमबाट उपचार गरेपछि गम्भिर अबस्थामा रहेका सलिम हाल बोल्न सक्ने भएका छन् । २ महिना भारतको सर गंगाराम अस्पतालमा उपचाररत सलिमको ब्रेन ट्युमरको सफल अपे्रसन समेत भइसकेको र डाक्टरको सल्लाह अन’सार हाल डाक्टरको प्रत्यक्ष निगरानीमा बझै एक महिना उपचार हुने सलिमका आफन्तजनले बताएका छन् । एउटा अबोध वालकलाइ मृत्युको मुखबाट बचाउन अहोरात्र खटेर लालभित्ति युवा समुह र सलिम धिमाल बचाउ अभियानका अभियन्ताहरुले जुन काम गरेका छन्, त्यो समाजको लागि एउटा नमूना भएको छ ।

देश बिदेशमा रहेका सहयोगी र दाताहरुको सहयोगको मद्दतले समूहको अभियान सफलता उन्मुख भएको छ । अभियानकै कारण आर्थिकै अभाबका कारण जोखिममा रहेको सलिमको ज्यान जोगिने भएको छ । अझ यस प्रकारको मानवीय काम गरेर लालभित्ति युवा समूह बेलबारी मात्र होइन, सिंगो समाजकै उदाहरणीय र नमुना संस्था सावित भएको छ । निकट भविश्यमा नै संस्था दर्ता गरी आगामी दिनमा पनि मानवीय सेवामा क्रियाशील रहने लालभित्ति युवा समुहका अध्यक्ष प्रेम राइले बताएका छन् ।

सलिमको उपचारका लागि सहयोग जुट्ने क्रम जारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *