गाउँदेखि विदेशसम्म ईलामको अकबरे

akabare-640x360

इलाम, १२  भदौ – पञ्चकन्याका मित्रकुमार राईलाई यतिबेला अकबरे खुर्सानी टिप्न भ्याइनभ्याइ छ । तातो मौसमका कारण दैनिकजसो अकबरे पाक्न थालेपछि राई दिनरात नभनी खुर्सानीबारीमै हुन्छन् । एक टिपाइमा ४० किलोसम्म खुर्सानी हुने उनले यस वर्ष अकबरेबाट राम्रो आम्दानी हुने अपेक्षा राखेका छन्।

अहिलेसम्म पाँच क्विन्टल खोर्सानी बिक्री गरिसकेका राईले भने, यो वर्ष अकासे वर्षा हटेजस्तै भएको छ । गर्मी धेरै भएकाले तातो हुँदा खोर्सानीलाई सहज मौसम भएको छ । उत्पादन राम्रो छ । यहाँको आठघरे कृषि सहकारी संस्थाका २५ सदस्यहरूले ५ सयदेखि ५ हजार बोटसम्म अकबरे रोपेर उत्पादन गर्न थालेको संस्थाका व्यवस्थापकसमेत रहेका राईले बताए । यहाँको अकबरेको मुख्य बजार झापाको चारआली र बिर्तामोड हो ।

गत वर्षदेखिनै यहाँका किसानले गड्यौंले मल उत्पादन गरेर त्यही मलको मात्र प्रयोगमा अर्गानिक अकबरे उत्पादन गर्दा त्यसको मूल्य राम्रो भएको राईको भनाइ छ । उनले भने, हामीले यो अकबरेलाई पूर्णअर्गानिक बनाएका छौं । यहाँ उत्पादन भएको अकबरेको विशेषता लामो समयसम्म ताजा रहनु, कीरा नपर्नु र स्वादिलो हुनु हो । यी कारणले गर्दा यहाँका किसानले उत्पादन गरेको अकबरेको माग बजारमा पनि अत्यधिक छ।

यता सोयाङका ४० किसानले अकबरेको व्यावसायिक खेती गरेका छन् । अरू तरकारीनै रोप्ने बारी मासेर अकबरे लगाएकी सोयाङ–९ की सीता चापागाईंले यस वर्ष उत्पादन र मूल्य राम्रो भएको बताइन् । उनले भनिन्, गत वर्षहरूमा अकबरे रोप्न जाँगरनै चल्दैन थियो । तर, गाउँका केही किसानले खेती गरेर राम्रो आम्दानी गरे । यो वर्ष ३ सय बोट खोर्सानी रोपेको राम्रैसँग फलेको राजधानी दैनिकमा खबर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *