सलिम धिमालको उपचारका लागि ३ लाख जुट्यो

बेलबारी, मोरङ  ।  ब्रेन टयूमरका कारण उपचार खर्चको अभाबले मृत्युसंग  जुधिररहेका मोरङको बेलबारी ४ का १२ बर्षीय बालक सलिम धिमालको उपचारका लागि आइतबारसम्ममा करिव ३ लाख सहयोग जुटेको छ ।
salim dhimal
घरदैलो अभियानबाट जुट्यो डेढ  लाख 
टयूमरका कारण एक महिनादेखि भारतको एक अस्पतालमा उपचाररत धिमालको उपचारका लागि  लालभित्ति युवा समुह तथा सलिम धिमाल उपचार सहयोग समितिको पहलमा आइतबारसम्ममा  झन्डै २ लाख रुपयाँ जुटेको छ ।
     युवा समुह तथा सहयोग समितिले घरदैलो कार्यक्रमबाट करिब डेढ लाख रुपयाँ जुटाएको सलिम धिमाल उपचार सहयोग समितिका संयोजक तुलसी ढकालले जानकारी दिए । उनका अनुसार सहयोग अभियान जारी रहनेछ  ।
10258724_707895829332829_6373492898217691939_n
सहयोगी सबिता

प्रबासबाट पनि सहयोग

लालभित्ति युवा समुह र सलिम धिमाल उपचार सहयोग समितिको पहलमा प्रबासमा रहेका नेपालीले पनि सहयोग गरेका छन् ।
बेलबारी – २  माइती भएकी हाल अमेरिका बस्ने सबिता बस्नेतले २१ हजार ९२ रुपयाँ ९४ पैसा सहयोग गरेकी छिन् । त्यसैगरी हाल कतार रहेका बेलबारी – ४ का सुमन शाहले पनि १० हजार ५५ रुपयाँ सहयोग गरेका छन्  ।
सलिम पढ्ने  स्कुलबाट एक लाख 
त्यस्तै सलिम  अध्ययनरत शिक्षा सन्देश ईङलिस स्कुलले  स्कुलका सबै कर्मचारीको एक दिनको तलब  तथा बिद्यार्थीहरुबाट समेत गरी एकलाख रुपयाँ  जुटाएको विद्यालयले जनाएको छ ।
खाजा खर्च कटाएर वालवालिकाले जुटाए १० हजार 
त्यसैगरी मोरङको बेलबारी ४ मा अबस्थित कबीर निम्न माध्यमिक विद्यालयका वालवालिकाले आफ्नो टिफिन तथा खाजा खर्चबाट कटाएर साढे १० हजार रुपयाँ जुटाएका छन् ।  आइतबार बिद्यार्थीहरुले सो रकम जुटाएको सोहि विद्यालयका शिक्षक सन्जीब धिमालले जानकारी दिए ।
 सिटी सफारीवालाहरुको पनि सहयोग 
 सिटी सफारी संघ बेलबारीबाट ७ हजार ३ सय रुपयाँ सहयोग भएको छ  । संघका अध्यक्ष किशोर खत्री लगायतले आइतबार उक्त रकम लालभित्ति युवा समुहक अध्यक्ष प्रेम राइलाई हस्तान्तरण गरेका छन् ।
परिवारका अनुसार अहिलेसम्म सबिनको  उपचारमा १० लाख भन्दा बढी  खर्च भई सकेको छ । कमजोर आर्थिक अवस्थाका  उनको उपचारमा अझै १० लाख भारु खर्च हुने परिवारजनले बताएका छन्  । सलिमको नेपालका बिभिन्न अस्पतालमा उपचार गराएपनि निको नभएपछि भारतको नयाँ दिल्लीस्थित  गंगाराम हस्पिटलमा उपचार भईरहेको छ  ।
           
सहयोग गर्न इच्छुक व्यक्ति  तथा संघ संस्थाहरुले राष्ट्रिय बाणिज्य बैकको खाता नं २४३००२५६४०१० वा सानिमा बैकको खाता नं ०११००००२७९८१२ मा रकम जम्मा गर्न सक्ने लालभित्ति यूवा समुहले जनाएको छ  ।
यो पनि पढ्नोस

One comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *