धनकुटाबाट ३ अर्ब २३ करोडको कृषि जन्य उत्पादन निर्यात

ईश्वर थापा , धनकुटा । धनकुटाबाट तीन अर्ब २३ करोड ५५ लाख ८९ हजार बरावरको कृषिजन्य बस्तुको निर्यात भएको जिल्ला कृषि बिकास कार्यालय धनकुटाले जानकारी दिएको छ ।
आर्थिक बर्ष ०७२/ ०७३ मा उत्पादित एक लाख ६८ हजार नौ सय ७५ मेट्रिक टन मध्ये एक लाख २९ हजार चार सय ८६ मेट्रिक टन कृषि उपज निर्यात गरिएको कार्यालयले जानकारी दिएको छ । कार्यालयलको तथ्यांक अनुसार सबैभन्दा धेरै दुई अर्ब ५३ करोड ४९ लाख ७९ हजार बरावरको एक दर्जन भन्दा बढी प्रकारका एक लाख २० हजार छ सय तीन मेट्रिक टन सब्जी निर्यात भएको छ ।
  त्यस्तै ४० करोड ७३ हजार ६० हजार बरावरको तीन हजार आठ सय ती मेट्रिक टन अलैची र अदुवा नियार्त भएको छ । २९ करोड ३२ लाख ५० हजार बरावरको बिभिन्न छ जातको पाँच हजार ७९ मेट्रिक टन फलफुल निकासि भएको कार्यालयले जानकारी दिएको छ । कार्यालयले अहिले चार सय ९५ हेक्टरमा मसला बाली, सात हजार एक सय १७ मा तरकारी,एक हजार दुई सय १८ मा फलफुल गरी कुल आठ हजार आठ सय ३० हेक्टरमा कृषिजन्य उपजको उत्पादन हुने जानकारी दिएको छ ।
   अघिल्लो आर्थिक बर्ष ०७१/ ०७२ मा धनकुटाबाट दुई करोड ३९ करोड ७९ लाख ९७ लाख बरावरको एक लाख २१ हजार चार सय ३५ मेट्रिक टन कृषि जन्य बस्तुको नेपाल र भारत निर्यात गरिएकोे थियो । कृषि क्षेत्रमा सरकारले दिएको अनुदान प्रति कृषकहरु आकर्षित भएर कृषि क्षेत्रको उत्पादनमा बृद्धि भएको कार्यालयका प्रमुख लक्ष्मी प्रसाद खरेलले जानकारी दिए ।
तस्वीर : कृषि उपज सम्बन्धि डाटा

Leave a Reply

Your email address will not be published. Required fields are marked *