मोटो मोटो अनि कालो कालो तर हिस्सी परेको ज्यान, झट्ट हेर्दा लाग्छ पक्कै पनि ठुलै अफिसर नभए पनि ब्यापारी वा उद्योगपति होला । 

कम्प्युटर बिग्रेको होस् , मोबाइलमा समस्या होस् वा आइटी सम्बन्धि , नजानेको त केहि छैन भन्दा नि हुन्छ । कुराकानी गर्ने स्टाइल त झन् कुरै नगरौं , मोहित भैहाल्छन् जोकोही पहिलो भेटमै पनि । त्यसैले जहाँ उनी जान्छन् ,त्यहिँ इस्टमित्रको ओइरो नै लाग्छ । त्यसैले उनी नपुगेको र दुइ चार दिन नबसेको त कहाँ पो होला र ? त्यसैले निकै बर्षदेखि थुप्रै जिल्ला र थुप्रै ठाउँ चाहरिसकेका छन् यिनले ।

नाम कमल पोख्रेल, घर बम्सपुर – ५ रौतहट । उनको राम्रो दक्खल चाहिं आइटी र कम्प्युटरमा छ । त्यसैले त्यस सम्बन्धि काम नै गर्छन् यो मानिस । को होलान् ती होनाहार मानिस ?

तपाइंले सोच्नुहोला कुनै नेता पो हो कि ! या कुनै समाजसेवी नै त होइन, त्यस्तो मानिस ? तर त्यस्तो सोच्दै हुनुहुन्छ भने तपाइंको अनुमान गलत । किनकी त्यो क्षमतावान र प्रतिभाशाली व्यक्ति एउटा ठग हो, चुतिया हो । पत्याउनु भएन ? त्यसो हो भने अब पढ्नोस् उसका केहि कर्तुतहरु । सबै कर्तुतहरु त खोजेर र लेखेर साध्य भए पो त ! त्यसैले केहि कर्तुत मात्र भनेको । यिनले कहिलेदेखि ठग्न थाले र हालसम्म कति मानिसहरुलाई ठगिसके त्यो त थाहा छैन तर २०६९/०७० तिरदेखि ठगिएका मानिस र त्यसका प्रमाण चाहिं प्राप्त भएका छन् ।

२०६९ सालमा पोख्रेल झापाको दमकतिर आए । दमकमा एक कम्प्युटर ब्यबशायीसंग सर संगत गरे । राम्रै सम्बन्ध भो दुइबीच । केहि समयपछि पोखरेलले झापा गौरादहमा कम्प्युटर सम्बन्धि माल सामान खरिद बिक्रि गर्न एन्जल कम्प्युटर एण्ड मल्टी टेक्निकल सेन्टर खोले । उक्त एन्जल कम्प्युटर एण्ड मल्टी टेक्निकल सेन्टर गौरादह गाविसमा समेत दर्ता गरी व्यवशायिक प्रमाणपत्र समेत लिइएको थियो ।

तर त्यो मल्टी टेक्निकल सेन्टर कमल पोखरेलको नाममा दर्ता भएको थिएन ,उनकी तत्कालिन श्रीमती सन्तोषी भुजेल (पोखरेल) नामबाट त्यो दर्ता थियो । सन्तोषी अर्काकी श्रीमती थिइन् तर लोग्ने बिदिशिएका बेला कमलले उनलाई भगाएको थियो । बुढाको राम्रो कमाइ समेत हात पार्न कमलले सन्तोषीलाइ ल्याएको र अलि पछि छोडेको बताइन्छ ।
गौरादहमा राम्रोसंग फस्टाएको थियो कमलको ब्यापार । त्यसैले जोसुकैले सजिलै बिश्वास गर्थे उनलाई । दुइ छर हजार लेनदेनमा जोसुकैले नपत्याउने कुरै भएन ।

त्यसैले कमलले गाउँका थुप्रै मानिसहरुबाट पैसा लिएका थिए । तर पछि अचानक कमलका जोइपोई नै गायब भए, दुइ अढाई बर्ष अगाडिको कुरा हो यो । सुनिए अनुसार पत्नीको पुर्व पोइ विदेशबाट आएको र खोजी गरिरहेकोले उनीहरु त्यहाँबाट भागेका थिए । तर भागेको खास कारण त्यहि थियो वा बहाना , त्यो त हाम्लाई के थाहा ?
कमलका जोइपोई नै गायब भएपछि निकै खोजतलास गर्न खोजे गौरादहका मान्छेहरुले ।

तर कमलको पत्तो लागेन । त्यसबेलासम्म दमकका एकजना कम्प्युटरवाला ब्यबशायीलाइ पनि ५० हजार भन्दाको कारोबार बाँकी गर्न भ्याइसकेको थियो कमलले । इटहरीका एकजना कम्प्युटर ब्यबशायीसंग पनि ४० हजार जतिको हिसाब लिन भ्याइसकेको थियो कमलेले । केहि सिप नलागेपछि अन्तमा ठगिएका भनौं कमलले पैसा लिएर नदिएका पिडितहरुले इलाका प्रहरी कार्यालयमा उजुरी दिए । त्यो उजुरी अहिले पनि गौरादह प्रहरीमा पेनडिङ अबस्थामा छंदैछ ।

कुरो यतिमै सिमित थियो , कमल गौरादह छाडेपछि कता गयो के गर्दैछ , कसैलाई पत्तो थिएन । त्यहि अबस्थामा तिन महिना अघि मोरङको बेलबारीस्थित लालभित्तिमा आइपुगे । लालभित्ति चोकमा कम्युनिकेशन सेन्टर संचालन गरी बसेका बब्लु चौधरीलाई हात लिन भ्याए । त्यति ट्यालेन्ट मान्छे पाउँदा बब्लु मख्ख थिए । त्यसैले पार्टरसीपमा दोकान बिस्तार गरी काम गर्ने प्रस्ताब आयो कमलबाट ।

बब्लुलाई के थाहा त्यो ठग हो भनेर , त्यसैले उनले खुरुखुरु बाठो पोखरेलले जसो जसो भन्छ, त्यसै त्यसै गर्न थाले । लालभित्तिमा कम्प्युटर पढाउने र वेबसाइट डिजाइन सम्बन्धि काम सिकाउन दोकानको पुरानो संरचना भत्काइयो । आल्मुनियम प्रयोग गरी दोकानको नयाँ संरचना बनाइयो । वाई फाई ढिलो चल्ने रछ भनेर अर्को कम्पनीको हाइ स्पिडवाला जोडियो ।

कहिलेकाही बिघा बिघा जग्गा हेर्दै किनेर यसो गर्छु उसो गर्छु भनेर कमलले योजना सुनाउँदा बब्लु तीनछक्क पर्थे । बब्लुको निजि बाइक कमललाइ निजि सवारी झैँ भएको थियो । कमल खाने बस्ने पनि बब्लुकै घरमा । मधेश आन्दोलनले गर्दा रौतहटको कम्प्युटरको दोकान सुकेको कुरो पत्याएका बब्लुले पारिवारिक सदस्य झैँ मानेका थिए कमललाई । त्यसैले हरेक कारोबार कमलसंगको सल्लाहमा मात्र हुन्थ्यो ।

त्यसैगरी बित्यो एक महिनाजति , दोकानको सजावट सकिएपछि अब दोकानमा सामान थप्नुपर्छ , म सामान लिन जान्छु भनेर कमलले पैसा माग्यो बल्लुसित । आफ्नो एटिएम इन्डियामा नै छाडिएकोले उता गएपछि मात्र पैसा हुन्छ भन्दै मागेपछि बब्लुले खोजिमेली गरेर पैसा बुझाए । कमलले त्यसबेला सम्ममा कसैलाई गुगल एड त कसैलाई वेबसाइट बनाइदिन्छु भन्दै पैसा लिन भ्याईसकेको थियो ।

दुइ चार दिन कमल नआएपछी र अन्यत्र पनि त्यो मानिसले ठगेको कुरा थाहा पाएपछि ठग रहेछ भनेर बल्ल पत्याए बब्लुले । एउटा ल्यापटप सहित सामान किन्न गएको कमल तिन महिना बितिसक्दा पनि अझै फर्केकै छैन । त्यसैले अघिल्लो हप्ता बब्लुले ५ लाख बिगो दाबि सहित बब्लु चौधरीले इलाका प्रहरी कार्यालयमा उजुरी हालेका थिए ।

त्यहांबाट हराएको मान्छे कता गयो पत्तो थिएन तर केही महिनापछि पाँचथरमा छ भन्ने हल्ला चल्यो । प्रहरीले पक्राउ गर्नै लाग्दा त्यहाँ पनि केहिलाइ ठगीसकेको पोख्रेल बेपत्ता भयो । त्यसको पनि केही महिनापछि सुदुर पश्चिमको कंचनपुर र दार्चुलातिर धेरै युवाहरूलाई सेनामा भर्ती गराइदिन्छु भन्दै पैसा उठाएर दार्चुलाकी ठगुन्ना थरकी एक युवतीलाई लिएर बेपत्ता भयो । – अम्बिका भण्डारीबाट 

38 total views, 2 views today

तपाईको प्रतिक्रिया