एक महिला, जसले समाजसेवाका लागि खर्चिइन् डेढ करोड


प्रकाश पाक्साँवा, तेह्रथुम / अष्ट्रेलियालाई कर्म थलो बनाई कमाएको रकमले आफ्नो जन्मभुमिमा समाज सेवा गर्ने उदेस्यले जिल्लाको सोल्मामा जन्मीनु भएका राधिका पोख्रेलले अहिले सम्ममा डेढ करोड बढी लगानी गरिसक्नु भएको छ ।radhi_h

सानै उमेरदेखि गित संगित र समाज सेवामा रुची राख्ने पोख्रेलले अहिले अष्ट्रेलियामा कमाएको पैशा जन्मभुमिमा समाजसेवाकै लागी करिब डेढ करोड बढी लगानी गर्नु भएको हो ।

पोख्रेललले जिल्लाको गाउँ बस्तीमा रहेका गरिब दुःखीलाई मात्र सहगोग गर्नु भएको छैन , स्वर्गिय जिबराज आश्रीतका पत्नि मायाँ ज्ञावालीलाई समेत घर निर्माण गरि दिएर सहयोग गर्नु भएको छ । देश परिबर्तनका लागी राजनिती गर्दा गर्दै सवारी दुर्घटना भएर मृत्यू भएका कम्युनिष्ठ नेता आश्रीतका पत्नि मायाँ ज्ञावाली गुमनाममा रहेको समाचार पढे पछि सहिद आश्रीतको सम्झनामा काठमाण्डौमा २७ लाखमा अपुरोरहेको घर निर्माण गरि दिनु भएको छ।

पोख्रेलले समाजमा रहेका गरिब दुःखीहरुलाइमात्र सहगोग गर्नु भएको छैन जिरिखिम्ती बजार नजिकै १० लाख ३ हजार लगानीमा पतालेश्र महादेबको मन्दिर समेत निर्माण गरि दिनु भएको छ ।समाज सेवाकै नाममा आफु जन्मिएको गाउँममा अन्त्येष्ठी गर्दा मलामी जानेलाई समस्या भएको भन्दै ५ लाख २० हजारमा सोल्मा र जिरिखिम्तीको सिमानामा रहेको पिगुवाखोलामा सब अन्येष्ठी गर्न र मलामीखाजाघर समेत निर्माण गरि दिनु भएको छ ।

समाजमा सञ्चारको मह्त्व हुन्छ भन्ने उदैस्यले आफ्नो जिल्लामा सञ्चारगृह स्थापनाका लागी रेडियो मन्छ्यायेमलाई २ लाख रुपैया सहयोग गर्नु भएको छ भने पत्रकारहरुको क्षमता बिकासका लागी नेपाल पत्रकार महासंघ तेह्रथुमको स्वामित्वमा रहने गरि १ लाख १ हजार १ सय ११ रुपैयाको अक्षयकोष समेत राखिदिनु भएको छ ।

समाजमा समाजसेबीको पहिचान बनाई सक्नु भएका पोख्रेलले बिद्यार्थीहरुको शिक्षामा लगाब बढोस भन्ने उदेस्यले रत्न उच्च माबी सोल्मामा २ लाख ११ सय ११ र कालिका उच्चमाबी जिरिखिम्तीमा समेत २लाख ११सय ११ रुपैयाको अक्षयकोष स्थापना गरि दिनु भएको छ ।

समाजमा आयोजना गरिने बिभिन्न धार्मिक कार्यक्रमहरुले समाजमा सद्भाबकायम गर्ने उदेस्यले जिरिखिम्तीको सुर्केमा आयोजित सप्ताहपुराणलाई समेत ३ लाख रुपैया सहयोग गर्नु भएको छ । पोख्रेलले समाजसेवाको कुनै सिमा नहुने भन्दै झापाको माईधारमा रहेको बृद्धाआश्रमलाई समेत १ लाख ५० हजार सहयोग गर्नु भयो भयो भने म्याङलुङको टुडिखेलमा भएको अगलागीबाट पिडित परिवारलाई समेत १ लाख सहयोग प्रदान गर्नु भएको छ ।

उहाँले बिभिन्न समयमा आउने बिपत्तका बेला रेडक्रसको महत्वपुर्ण भुमिका रहने भन्दै जरिखिम्ती बजारमा निर्माणधीन रेडक्रस भवनका लागी १ लाख रुपैया सहयोग गर्नु भएको छ ।पोख्रेलले खेलकुदबाट समेत समाज परिबर्तन गर्न सकिन्छ भन्ने उदेश्यले जिल्लामा सञ्चालित प्रजिअकपलाई ५० हजार र प्रत्येक बर्ष जिल्लामा सञ्चालन हुने अखिलकपलाई ६० हजार सहयोग गरि सक्नु भएको छ ।

गित संगितमा समेत चासो राख्नु हुने पोख्रेलले युवा प्रतिभाको खोजीका लागी जिल्लामा सञ्चालित तेह्रथुम आईडलका लागी ५० हजार सहयोग गर्नु भएको छ भने आर्थिक अभाबले आखाँको उपचार गराउन नसकेर गाउमै बस्दै आउनु भएकी सोल्मा ४ काडेकी पदम कुमारी गुरुङलाई आखाँ उपचारका लागी ७५ हजार सहयोग गर्नु भए पछि अहिले उहाको गुम्न आटेको ज्योती पुन फर्किएको छ ।

मोराहाङकोे सिद्धेश्वर माबीमा अध्यनरत संखुवासभा बस्ने सुरेश खत्रिको ढाडमा पलाएको मासुको पोकोले दिनरात पिडित भए पछि उपचारका लागी गाउ घरमा रकम संकलन गर्दै हिडेको अबस्थामा उपचारको लागी ५० हजार सहयोग दिनु भएको छ। गाउँमा हावाहुरीले बिग्रीएको बिजुली बनाउन पोलमा चढेर करेन्टलागेर घाईते भएका सोल्मा ५ बस्ने भिम नरसिंह लिम्बूलाई उपचारका लागी पोेख्रेलले २० हजार सहयोग गर्नु भयो।

आर्थिक अभाबले गाउमै रोग संग जुघेर बसेका बिरामीहरु मध्ये मिगौला रोगले पिडित सुदाप बस्ने नगेन्द्र घोर्सानेलाई २० हजार,सुङनाम बस्ने बर्ष ११ की साबित्रा संगौलालाई २० हजार र पेटको अप्रेसन गर्दा घाउ पाकेर पिडित भएका हमरजुङ बस्ने धन बहादुर बुढाथोकीलाई उपचारका लागी २० हजार र जिरिखिम्ती सुर्के बस्ने पेम्बा सर्पालाई १० हजार सहयोग गर्नु भएको छ ।

पोख्रेलले रोगीलाई मात्र हैन गरिबलाई समेत सहयोग गर्नु भएको छ । आर्थिक अभाबले पुस्तौदेखि साहु महाजनकोमा आफ्नो जग्गा बन्दकी लगाए पछि उकास्न नसकेका हमरजुङ बस्ने झुप्त बहादुर रोक्कालाई जग्गा उकास्न २१ हजार सहयोग गरे पछि अहिले आफ्नैबारीमा खेती गर्दै आएका छन् । समाजका समाज सेबीहरुलाई संगठित गर्नका लागी सामुदायीक रेडियो मेन्छ्यायेममा सञ्चालित समाजसेबी संग कुराकानी कार्यक्रमलाई ३० हजारले प्रायनेजन गरेको छ ।

जिल्लामा एसएलसी पास गरेर उच्च शिक्षा अध्ययन गर्न जानेहरुका लागी भनेर पोख्रेलले पेण्टागन कलेज काठकाडौलाई ५० हजार सहयोग गर्नु भएको छ भने सिन्धुपाल्चोकमा मन्दिर निमार्णका लागी ३ लाख र क्याम्पसको भौतिक सुधारका लागी म्याङलुङ क्याम्पस र जिरीखिम्ती क्याम्पसलाई १ ÷ १ लाख सहयोग गर्नु भएको छ ।

जिल्लाबासीहरु भबितब्यभै मृत्यूबरण गरेर जिल्ला अस्पतालमा पोष्टमार्टम गर्न ल्याउदा आर्थिक अभाबभै अन्त्येष्ठीमा समस्या हुने गरेकोले अतिगरिब परिवारलाई राधिकाट्रष्ठ मार्फत काठ चरानका लागी रुख ढाल्दा रुखले किचेर मृत्यू भएका सिम्लेका नरबिर लिम्बू र ट्याक्टर दुर्घटनामा मृत्यू भएका ओयाक्जुङ बस्ने रोषन पुर्कुटी जनही ५ हजारकादरले आर्थिक सहयोग गरिएकोछ। बैदेशिक रोजगार पछि आफ्नो देश र्फिर्कएर बुवाआमा नभएका अनाथबालबालिकाहरुका लागी आश्रम निर्णाण गर्न म्याङलुङ बजार नजिकै ६५ लाख रुपैयामा ५ रापनी जग्गा समेत खरिद गर्नु भएको छ ।

आश्रमको निर्माणका लागी जग्गा खरिद भैसकेकोले अब चाडै उक्त जग्गामा बालआश्रम निर्माण गरिने भएकोले आमा बुवाबाट बेवारिसे भएका पिप्ले बस्ने चन्द्र बिकलाई झापामा रहेको पारानमस्ते बालआश्रममा पुर्यानका लागी समेत ५ हजार आर्थिक सहयोग गरि उहाकै अनुरोधमा चन्द्रले अहिले झापामा अध्ययन गरि रहेको छन् । (साउन २१)

Leave a Reply

Your email address will not be published. Required fields are marked *