‘धन हैन, श्रोताको माया कमाएको छु ‘- गायक प्रल्हाद अर्याल

गित संगितको दुनियाँ छुटटै पहिचान बनाउन सफल गायक प्रल्हाद अर्यालको जन्म सिन्धुपाल्चोक  जिल्लाको सामाचोक कटुन्जेपानी ९ मा २०४० सालमा भएको हो  । अनेकौं  चुनौती र समस्याहरुसँग पौठेजोरी खेल्दै उनी जीबनको उर्जासिल समयलाई संगितको दुनियाँमा लगानी गर्दै आउनु भएको छ ।

pralhad aryalपारिवारीक समस्यासँगै बैदेसिक रोजगारको सिलसिलामा प्रबासी जीवन बिताउनु पर्ने  बाध्यता र परिस्थिति  भए पनि त्यसको  सामना गर्दै उहाँ गित संगित क्षेत्रमा सक्रिय भएर उदाउनु भएको छ । २०७१ सालबाट औपचारिक रुपमा संगित यात्रा तय गर्नु भएका अर्यालका अहिले सम्म ८ ओटा एल्बम बजारमा आइसकेका छन्  ।

हाल  उहाँले  रोईला भाकाको एल्बम बजारमा ल्याउने तयार गरिरहनु भएको  छ ।  २ ओटा गीतमा आफ्नै शब्द, ३ ओटा गितमा स्वर र ३ ओटामा लय भरिसक्नु  भएका अर्याल गायनसँगै गित लेखनमा समेत राम्रो दख्खल भएका गायकको रुपमा परिचित बन्दै आउनुभएको छ ।प्रस्तुत छ – आफ्नो छुट्टै पहिचान बनाउन सफल  उनै गायकसँग हाम्रा सहकर्मी प्रकाश पाक्साँवाले गर्नु भएको कुराकानी –

 तपाई कस्तो परिवारमा जन्मिनु भएको  ?
धन्यबाद । हजुर, म आर्थीक हिसाबले कमजोर परीवारमा नै जन्मीएकोले दुख र परिश्रम बारे राम्रै  ज्ञान पाएको छु ।
 तपाईको परीश्रमको कमाई अर्थात अहिलेसम्मका कृतीहरुको बारेमा  बताइदिनोस न ।
जुरेको पहिरो,पोहोरको चोली, परदेशी मेरो हजुर,गयौ छोडेर,कस्तो रैछ जुनी,कांडेतारकों जाली,तेरहथुम सिंहबाहिनी जस्ता एल्बम बजारमा आएका छन भने अब चाँडै रोईला भाकाको गितको एल्बम ल्याउने तयारीमा छु ।
कहिलेबाट गित संगित यात्रा सुरु गर्नु भयो ?
हजुर, म सानैबाट गित संगित मन पराउनको साथै गाउन रुचाउँथे तर पनि मेले औपचारिक रूपमा २०७१ बाट , यस क्षेत्रमा प्रबेश गरेको हो ।
 कसरी यस क्षेत्रमा प्रबेश गर्नु भयो ?
मलाई लोक गीत संगीत बाल्यकालदेखी मन पथ्यो र मलाई पनि गाउने ईच्छाहरु भए पनि आर्थीक कै कारण पछि परेको थिएं  । मेरो रुचि ईच्छासँगै संगित यात्रामा लाग्ने अठोट  भएपनि यस क्षेत्रमा लाग्ने अबसर पाएको थिएन तर जहाँ ईच्छा त्यहाँ उपाय भने झै हिम्मतका साथ २०७१ बाट भने म गीत संगित क्षेत्रमा केही योगदान गर्न सक्छु झै लागेर यस क्षेत्रमा आएको हुँ ।
 प्रेरणाको श्रोतको रुपमा कस्लाई लिनु हुन्छ ?
मेरो अंतर मनको इच्छा नै मेरो प्रेरणा को मुख्य श्रोत हो त्यसपछि मेरी श्रीमतीको समर्थन मेरो उर्जा हो ।
तपाईंको पहिलो एल्बम कुन हो ?
‘परदेशी मेरो हजूर’ मेरो पहिलो एल्बम हो, यसमा मैंले शब्द लेखेको छु ।
अहिलेसम्म   बजारमा आएका एल्बममध्ये  कति वटा गितमा स्वर लय दिनु भएको छ ?
अहिले सम्म ८ ओटा एल्बम बजारमा आएकामा  २ ओटा गीतमा सब्द भरेको छु ३ ओटामा स्वर दिएको छु ३ ओटामा लय भरेको छु ।
 पैसा कमाउन प्रबास पुग्नु भयो तर कमाई गित संगितमा लगानी गर्दै हुनुहुन्छ, परिवारलाई भन्दा पनि  गित संगितलाई माया गर्नुहुन्छ  ?
हो म निश्चय नै पैसा कमाउन प्रबास पसेको हुँ । मैले त्यसै अनुरूप काम पनि  गरें । तर गीत संगीतसँगै परिवारलाई पनि सामान महत्व  दिएको छु ।
pralhad अहिले के मा ब्यस्त हुनुहुन्छ नि ?
‘पोहोरको चोली’ नामक एउटा गीत आउदैछ त्यसैको रिकर्डिंङमा ब्यस्त छु अनि आफ्नो नियमित काम त छँदैछ ।
 कला जगतमा आउने-हराउने धेरै नै चल्छ नि?
हो यस क्षेत्रमा धेरैको नाम सुनिन्छ तर निरन्ंतरता पाइदैन । मैले चाहिं  सकेसम्म निरंतरता दिने कोशिस गर्नेछु ।
गित संगित क्षेत्रमा कतिको खुसी हुनुहुन्छ ?
गीत संगीत मेरो जीवनको एक पाटो हो, त्यसैले म यस क्षेत्रमा निकै खुशी छु ।
 श्रोताले तपाईलार्ई कस्तो गायक भनेर चिन्ने  ?
भर्खर ३ ओटा गीतमा स्वर दिएको छु । खासै  गायक कै रूपमा छुट्टै परिचय स्थापित भएको छैन ,धेरै संघर्ष गर्न बाँकी छ । त्यसैले श्रोताहरुले जून रूपमा चिन्नुहुन्छ,, त्यस्तै नै हुँ अहिलेसम्म ।
आगामी दिनहरुमा कसरी अगाडी बढ्ने सोच बनाउनु भएको छ ?
गीत संगीत मेरो अन्तर मनको इच्छा हो, त्यसैले यसमा निरन्ंतर लागेर अगाडी बढने बिचार गरेको छु ।
आफ्नो पहिलो गित बजारमा आउँदा कस्तो महसुष गर्नुभाथ्यो  ?
मेरो पहिलो एल्बम ‘परदेशी मेरो हजूर’ दशैं तिहार बिशेस एल्बम थियो । २०७१ को भदौ महिनातिर  एल्बम बाजारमा आयो । अनी एफ एम र टेलिभिजनमा पनि ,प्रल्हाद अर्याल, भनी बज्न थाल्यो । सायद पहिलो पटक मिडियामा बजेको हुनाले होला, सारै खुसी लागेको थियो त्यती बेला ।
  गित संगित क्षेत्रमा लागेसँगै तपाईले के कमाउनु भएको छ जस्तो लाग्छ ?
यस संगित क्षेत्रमा लागे सँगै धन सम्पती भन्दा पनि श्रोताको माया कमाएकोमा आफैलाई भाग्यमानी ठान्छु ।
पहिलेको प्रल्हाद अर्याल र अहिलेको प्रल्हाद अर्यालमा के फरक पाउनु भएको छ ?
पहिलेको प्रल्हाद अर्याल लोक गीतको श्रोता थियो ,अहिलेको प्रल्हाद अर्याल लोक गीतको गायक अनि सर्जक पनि भएको छ । त्यती नै फरक पाएको छु ।
खासमा तपाई कस्तो गित गाउन वा लेख्न  रुचाउनु हुनछ ?
मलाई आफ्नो गाऊँ ठाऊँ परिबेश  अनी समसामयिक परिस्थिति अनुरूपको गीत गाउन र लेख्न मन पर्छ , जस्तै जुरेको पहिरो , परदेशी मेरो हजुर ।
आउने नयाँ पिढीलाई के भन्न चाहनु हुन्छ ?
लोकगीत लोक संगीत नै हामी नेपालीहरुको वास्ताबिक पहिचान हो, त्यसैले यसलाई आत्मैदेखि माया गरौँ भन्न चाहन्छु ।
अन्त्यमा के भन्नू हुन्छ स्रोताहरुलाई ?
मँ, अर्थात प्रल्हाद अर्याल लोक गीत संगीतको क्षेत्रमा प्रबेश गरेको नयाँ कलाकार हूँ ,त्यसैले मेरो गीतहरु सुनेर मेरा कमी कमजोरीहरु केलाई दिनुहोला जसले गर्दा मलाई अगाढी बढ्ने प्रेरणा मिल्छ भन्न चाहन्छु । अन्त्यमा यस संयन्त्र डटकम (अनलाइन) मार्फत मेरो अन्तरबार्ता प्रकाशित गरी बिश्वभर पुर्याइदिनु भएकोमा हार्दिक आभार ब्यक्त गर्दछु ।

प्रस्तोता –  प्रकाश पाक्साङवा 

Leave a Reply

Your email address will not be published. Required fields are marked *