पाँचथरमा १४ करोड रुपैंयाको तरकारी उत्पादन

पाँचथर/ जिल्लाका कृषकले गत आर्थिक वर्ष ०७२-७३ मा १४ करोड रुपैयाँको तरकारी उत्पादन गरी निर्यात गरेका छन् ।paththar sabji

जिल्लाको थर्पु, पंचमी, नाँगी, अमरपुर गाउँ विकास समिति तथा फिदिम नगरपालिकाबाट आर्थिक वर्ष ०७२-०७३ मा ५ हजार २ सय ८५ मेट्रिक टनको तरकारी निर्यात भएको जिल्ला कृषि विकास कार्यालय पाँचथरले जनाएको छ ।

गोलभेडा, बन्दा तथा काँक्रो त्यस क्षेत्रका कृषकले उत्पादन गरेको कार्यालयले जनाएको छ । यस वर्ष कृषकलाई मौसम हावापानी अनुकूल भएकाले पनि तरकारी उत्पादनमा बृद्धि भएको कार्यालय प्रमुख बेनु प्रसाईले जानकारी दिए ।

वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गरी अहिले कार्यालयले अनुदान रकम सहयोग गरेकोले पनि तरकारी खेतीतर्फ कृषक आकर्षित भएका हुन् इमेज खबर डटकममा खबर छ ।

कार्यालयले समूह बनाएर आएमा युवा लक्षित कार्यक्रमअन्र्तगत ४० हजार रुपैयाँ अनुदान दिने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *