Samyentra Dot Com

गृहपृष्ठ » कला/संगीत, सम्बाद‘ऐना’ मार्फत सपना साकार पार्दैछन् गामबहादुर

‘ऐना’ मार्फत सपना साकार पार्दैछन् गामबहादुर

July 18, 2016५९५ पटक

युएई/ बाग्लुङ जिल्ला ढोरपाटनको भुजी गाउँमा २०४५ सालमा जन्मेका गामबहादुर बिकले रोजगारीका लागि आठ वर्षअघि दुबई जाँदा धन कमाउने एउटै सपना बोकेका थिए । पितादलबहादुर कामी र माता करमटा बिकका सुपुत्र उनी ‘गगन’ उपनामले पनि चिनिन्छन् । निम्नवर्गीय परिवारका सदस्य उनको गीतसंगीतमा बाल्यकालदेखिकै रूचि थियो । पढाइभन्दाबढी ध्यान खिच्यो उनको गीतसंगीत अनि गाउँघरको रोधी र साकेलाले ।

gam bahadurरस बस्यो गीतसंगीत अनि लोकभाकामा । गोठालो होस् या मेला, जहाँ पनि गीत गुन्जिथ्यो ।सानैमा सपना देखे उनले गीत गाउने अनि बाजा बजाउने । थाहा भएन ऊबेला गीतसंगीतमालाग्न कति कष्ट छ भनेर । उनलाई थाहा थिएन कि दुबईबाटै गीतसंगीतमा लागेर आफ्नाशब्द तथा संगीतमा गायक शिव परिवारले कुनै दिन गीत गाउनेछन् भनेर ।

समयले धेरै कुरा सिकायो । आज उनी ‘ऐना’ गीतिएल्बम सार्वजनिक गर्न सफल भएका छन्। फेरिएको छ उनको परिचय । थपिएको छ जिम्मेवारी ।

परदेश आएपछि दिनरातको जागिरले उनका सपनाहरु बालुवामा पानी हराए जस्तै सुकेर गएकेही वर्षहरु । मनमा संगीतमोह जो दबिएर बसेकै थियो ।

परदेशको जागिरमा करिब ६ वर्ष जोतिएपछि उनको संगीतप्रेम बौरिएर आयो । सामाजिकसञ्जालमा खेम बिश्वकर्मा र पुष्कर सुनुवारसँग भेट भएपछि उनको मुर्झाएको संगीतमोहएकाएक जाग्यो । अन्ततः गायक शिव परिवारको स्वरमा सजिएको एक गीतको अन्तरायसरी सुरु गरे गामबहादुरले अनि आफैं संगीत पनि भरे ।

ए हावा मलाई नछोएर चल

मलाई छोए नछुनु अरुलाई

यो पापी समाजले अछूत भन्छन्, मलाई अछूत भन्छ मलाई

खेम बिश्वकर्मा र पुष्कर सुनुवारले धेरै म्युजिक भिडियोमा काम गरेका थिए । गामबहादुरलेगीत लेखन, गायन, संगीत, छायांकन र सम्पादनमा हात हाल्दै गए । इच्छाशक्ति भएपछिअसम्भव के छ र ?

उनै गामबहादुरले १५ जुलाईमा ‘ऐना’ नामको एक आधुनिक गीति एल्बम सार्वजनिक गरेकाछन् । सन्ध्या म्युजिकको प्रस्तुति रहेको यस गीतिसंग्रहमा गायक शिव परियार, पुष्करसुनुवार, मनोजराज शिवाकोटी र गायिका रितु सुनारले स्वर भरेका छन् । यस गीतिसंग्रहमा ‘एहावा मलाई नछोएर चल…’, ‘धन्यबाद माया गर्नेलाई…,’ ‘भन्न सकिन तिमीलाई माया गर्छुभनेर…’, ‘निराश जीवनको जिउने आशा भैदिए….’ जस्ता बोलका ५ वटा गीत रहेका छन् ।

aaina ko coverगीतमा कोही मायाबाट पीडित अभिव्यक्ति छन्, कोही कसैको मायाको खोजीमा छन् । उनकागीतमा जातीय भेदभावको विरोध साथै सामाजिक विभेदको सिकार भएका छन् ।

‘ऐना’ एल्बमभित्रको एक गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । कुलेन्द्रबिश्वकर्मा र केकी अधिकारीको अभिनयमा बनेको उक्त म्युजिक भिडियोको निर्देशन खेमबिश्वकर्मा ‘किमोस’को रहेको छ ।

बिकको प्रथम आधुनिक गीतिसंग्रह ‘ऐना’को विश्वकर्मा समाज नेपाल युएईको प्रथमवार्षिकोत्सवको दिन विमोचन भएको हो ।

विश्वकर्मा समाज नेपाल युएईका सहसचिव समेत रहेका बिक परदेशको आफ्नो जागिरबाटबचेको समयलाई सदुपयोग गरी बाल्यकालमा आपूmले भोगेको जातीय छुवाछूत जस्ताकुप्रथालाई शब्द संगीतमा उतारेर यस एल्बमलाई तयार पारेका हुन् ।

खेम बिक, पुष्कर सुनार, विश्वकर्मा समाज, युएईको विशेष सहयोग रहेको यस गीतिसंग्रहनिर्माणको लागि आमाबुबा, र प्रिया रीतु सुनारको सहयोग रहेको बिकले बताए ।

केकी र कुलेन्द्र जेलमा  परेपछि..

केकी  अधिकारी  र  कुलेन्द्र  बिश्वकर्मा बाल्यकालदेखि नै असल साथी  हुन्छन् । तर,  फरक केकी ब्राह्मण परिवारकी सदस्य कुलेद्र कथित दतिल परिवारको सदस्य  । २१ औं शताब्दीमा किन जातीय भेदभाव किन गर्ने भन्ने  सोच  केकीको  हुन्छ ।

कुलेन्द्र र केकीको गहिरो मायाप्रेम विवाहमा परिणत गर्ने सल्लाह बमोजिम एक दिन केकीलेकुलेन्द्रलाई आफ्नो घरमा बोलाउँछिन् । कुलेन्द्र पनि  डाक्टर हुन् भन्ने सुन्दा केकीका बुबामन्त्री शर्मा पनि खुसी हुन्छन् तर  परिचय  गर्दै जाँदा कुलेन्द्र विश्वकर्मा परिवारका हुन् भन्नेथाहा पाएपछि शर्मा आक्रामक बन्छन् । कुलेन्द्रलाई  तुरुन्तै घरबाट निस्किन आदेश  दिन्छन्तर केकीलाई उनको प्रेमीप्रतिको दुव्र्यवहार अप्रिय लाग्छ र बुबाको प्रतिवाद गर्छिन् ।विवादका बीच केकीले आफ्नो बुबालाई पेस्तोल ताक्दा   अचानक गोली चल्छ र मन्त्रीशर्माको तत्काल निधन हुन्छ । कुलेन्द्रले पनि मन्त्रीका सहयोगीलाई गोली हान्छन् । प्रेमलाईसफल बनाउन केकी र कुलेन्द्र दुवै जना जेलमा पुगेका छन् ।

केकी र कुलेन्द्र जेलमा परेको प्रसंग रियल लाइफमा नभएर रिल लाइफमा हो ।गामबहादुरको शब्द तथा संगीतमा रहेको ए हावा….बोलको गीतको म्युजिक भिडियोमा उक्तकथा समेटिएको छ । गायक शिव परियारको स्वर रहेको गीतमा पुष्कर सुनुवारले अरेन्जरकोभूमिका निर्वाह गरेका छन् ।

निर्देशन खेम विश्वकर्माको निर्देशनमा बनेको उक्त भिडियोमा केकी  अधिकारी, कुलेन्द्र बिश्वकर्माको साथमा आदित्य , मोहन, वत्सलको अभिनय पनि देख्न सकिन्छ । भिडियोकोछायांकन अमृत सुनुवारले  गरेका छन् भने सम्पादन  प्रकाश  तुलाधरले गरेका हुन् ।

भिडियोको बजार व्यस्थापन सन्ध्या म्युजिक कम्पनीले गरेको  छ

गीतको भिडियो :

यो पनि हेर्नोस्

विभेद विरुद्ध सांगीतिक खबरदारी गर्दै गामबहादुर

 

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad