चौथो बर्षमा प्रवेश गर्यो संयन्त्र डटकम

संयन्त्र डटकम तीन बर्ष पुरा गरी चौथो बर्षमा प्रवेश गरेको छ । बिभिन्न आरोह अबरोह पार गर्दै चौथो बर्षमा प्रवेश गर्दा यो अनलाइनले हजारौं अनलाइनहरुको बिचमा अलग्गै पहिचान बनाउन सफल भएको छ ।

चौथो बर्षत्यसमा पनि पूर्वी नेपालबाट संचालित अनलाइन मिडियाहरु मध्ये यो वेबसाइट एउटा लोकप्रिय मध्येमा संचार माध्यम बन्न सफल भएको छ । हुन त चौथो बर्षसम्म आइपुग्दा हामीले जति प्रगति गर्नुपर्थ्यो, त्यति गर्न नसकेको कुरा सत्य हो । तर त्यसको कारण अरु केहि नभएर हाम्रो आफ्नै कमी कमजोरी नै हो । यो कुरा स्वीकार्न हामी कन्जुस्याई गर्दैनौं । पर्याप्त जनशक्ति र साधन स्रोत नभएका कारण अनलाइनमा कहिलेकाहीं नियमित रुपमा सामग्रीहरु अपडेट गर्न नसक्नु हाम्रो मुख्य कमजोरी हो ।

तर हामीले महशुस गरेको सकारात्मक पक्ष हो गलत र नकारात्मक सामग्रीहरु प्रकाशन र प्रशारण नहुनाले कुनै ठुलो बिबाद नहुनु । यस मामिलामा हामीसफल रह्यौं, बिभिन्न कमी कमजोरीका बाबजुद । ब्यबस्थित र संस्थागत रुपमा अनलाइन संचालन गर्ने अभ्यास स्वरूप हामी कानुनी रुपमै संस्थागत हुन लागेका छौं । संयन्त्र मिडिया प्रा.लि. दर्ता गरी त्यसमार्फत संयन्त्र डटकम संचालन गर्नका लागि कम्पनी रजिस्टारको कार्यालयमा कम्पनी दर्ता प्रक्रिया चलिरहेको छ । कम्पनी दर्ता भएपछि निकट भविष्यमै मोरङमा कार्यालय राखेर संयन्त्र डटकम संचालनको तयारी भैरहेको छ ।

समाचार राम्ररी सम्पादन गर्ने, समाचार सम्प्रेषणको सट्टा अनलाइनमा आफै समाचार प्रकाशित गर्ने आफ्नै बलियो टिम तयार भैसकेको छ । डोमेन ट्रान्सफर गरी आफुले चाहेको ठाउँमा राख्न र अरुको अनलाइन डोमेन दर्ता गरिदिने जस्ता प्राबिधिक काम टिमबाट नै हुन थालेको छ । अझ देश बिदेशबाट इमेल र अन्य माध्यम मार्फत आउने समाचारका स्रोत सामग्री र समाचारले हामीलाई उत्साहित बनाउने गरेको छ । आबश्यक परे लगानी गर्न र संयन्त्र डटकममा समाचार प्रकाशित गराउन चाहनेहरुको उत्साह र बिश्वासले हामीलाई थप जाँगर थपेको छ ।

चौथो वर्ष प्रवेश गरेको अबसरमा कुनै औपचारिक कार्यक्रम गर्न नसकेपनि हामीले अनलाइन संचालनका लागि दिर्घकालिन योजनासहित टिम बिस्तार र जिम्मेवारी हेरफेर गरेका छौं । जस अनुसार चौथो बर्ष प्रबेशसंगै कुलचन्द्र बिष्ट, गणेश दाहाल र लोकनाथ रिजाललाइ संयन्त्र डटकमको टिममा समाबेश गरेका छौं । सरकारले हालसालै नयाँ अनलाइन मिडिया संचालन सम्बन्धि निर्देशिका जारी गरेपनि अनलाइन मिडियाहरुले अरु संचार माध्यम सरह सेवा सुबिधा पाउने अबस्था छैन ।

त्यतिमात्र होइन,सरकारी कार्यालय तथा अन्य संस्थाहरुलाई अनलाइन मिडियाहरुमा सूचना र बिज्ञापन उपलब्ध गराउन प्रेरित गर्ने खाले नीति सरकारले ल्याउन सकेको छैन । जसका कारण अनलाइन मिडियाहरु संचालनको छोटो अवधिमै धराशायी बनेका उदाहरण प्रसस्तै छन् । अनलाइनका नाममा जसलाई जे मन लाग्यो, त्यहि लेख्ने र पोस्ट वा प्रकाशित गर्ने, सामाजिक सदभाब, उत्तरदायित्व, मर्यादा र संस्कारलाइ भुलेर सामाजिक संजाललाइ नै विकृत पार्ने काम पनि भैरहेका छन् । अपराध र विकृतिलाई बढावा दिने वा अपराध ढाकछोप गर्ने वा राजनीतिक अभिष्ट पुरा गर्ने माध्यम पनि अनलाइनलाइ नै बनाउन थालिएको छ ।

यस्तो अबस्थामा सामाजिक, कानुनी, सांस्कृतिक अनि सबैखाले विभेद, अन्याय, अत्याचार, कुरीति बुरुद्द आवाज बुलन्द गर्दै जनतालाई सुसुचित गराउने र सत्य तथ्य सुचना तथा समाचारहरु वेबसाइट मार्फत संसारभर पुर्याउने दायित्व बहन गर्न हामी प्रतिबद्द छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *