Samyentra Dot Com

गृहपृष्ठ » न्युज, बिशेषमोरङका तीन ठाँऊमा भेटिए हजारौं बर्ष पुराना सामाग्री

मोरङका तीन ठाँऊमा भेटिए हजारौं बर्ष पुराना सामाग्री

June 27, 2016३६६ पटक

 अम्बिका भण्डारी, मोरङ । धार्मिक र ऐतिहासिक महत्व समेत बोकेका मोरङका तीन ठाँऊमा पुरातत्व बिभागको टोलीले अनुसन्धान र उत्खनन गर्दा हजारौं बर्ष पुराना सामाग्रीहरु  फेला परेका छन्  ।
मोरङको बेलबारीमा रहेको बेतना सिमसार, बेलबारीकै धनपालगढी र लेटाङ भोगटेनीमा रहेको धिमाल राजारानी पोखरी क्षेत्रमा पुरातत्व बिभागको ४ सदस्यीय उत्खनन टोलीले अध्यायन र अनुसन्धान गर्दा ती क्षेत्रमा पुराना सामाग्रीहरु भेटिएको पुरातत्व बिभागका अनुसन्धान अधिकृत बिष्णु पाठकले बताए ।

अघिल्लो बर्ष बेतना सिमसार क्षेत्रमा माटोका भाँडाका टुक्राहरु र ढुंगाका पुराना हतियारहरु भेटिएपछि स्थानीयले ती सामानहरु  पुरातत्व बिभागमा पठाएका थिए । एक  बर्ष अघि  पुरातत्व विभागको टोली आएर सो बारेमा अनुसन्धान शुरु गरेको थियो । त्यस क्रममा त्यहाँ २ हजार बर्ष पहिले मानब बस्ती रहेको पत्ता लागेको बेतना सिमसार सामुदायिक बन उपभोत्ता समुहका सदस्य शिव बरालले बताउनुभयो ।

सो क्षेत्रमा भेटिएका माटोका टुक्राहरु,र हतियारहरु ७ सय देखि ३ सय इसापुर्बका हुनसक्ने देखिएपछि  बेतना क्षेत्रमा अनुसन्धान गर्नका लागी बरिष्ठ पुरातत्वबिदको टोली आएर अनुसन्धान  गरेको हो  । २०७३ जेठ  २९ गतेबाट टोलीले दोश्रो पटक सिमसार  क्षेत्रमा अनुसन्धान र उत्खनन गरेको थियो ।

बेतनामा हालसम्म तेश्रो पटक उत्खनन भईसकेको छ । यस क्रममा उत्खननमा भेटिएका सामाग्रीको अध्ययन गर्दा मिथिलाको इतिहास भन्दा यस क्षेत्रको इतिहास झण्डै दोब्बर पुरानो भएको हुनसक्ने  बरिष्ठ पुरातत्वबिद तारानन्द मिश्रले बताए ।

सो क्षेत्रमा आर्य समुदायको बसोबास भएको हुनसक्ने र उनीहरुले नै प्रयोग गरेका भाँडा र हतियारहरु भएको हुनसक्ने अनुमानका आधारमा अनुसन्धान गरिएको  विभागले जनाएको छ । टोलीमा पुरातत्व बिभागका अधिकृत बिष्णु पाठक, इन्जिनियर लक्ष्मी महर्जन लगायत अन्य प्राबिधिक छन । बेतनासँगै टोलीले  धनपालगढी र राजारानीमा समेत प्रारम्भिक अध्यायन र अनुसन्धान गरेको छ ।

 यसअघि सो क्षेत्रमा भेटिएका सबै सामाग्रीहरु सुरक्षित राखिएको बताउंदै बेतना सिमसार सामुदायिक बन उपभोत्ता समुहका अध्यक्ष डम्बर बस्नेतले पर्यटकीय , ऐतिहासिक तथा पुरातात्विक क्षेत्रका रुपमा बिकास गर्नका लागि  उत्खननले मद्धत पुग्ने  बताए ।

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश/राजनीति
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad