पाँचथरबाट झण्डै १८ करोड रुपैयाँको अदुवा निर्यात

aduwa

फिदिम । पाँचथरबाट झन्डै १८ करोड रुपैयाँ बराबरको अदुवा निर्यात भएको छ ।

आर्थिक वर्ष ०७२/ ०७३ मा जिल्लाको प्रमुख नगदेबाली अदुवा १७ करोड ८४ लाख रुपैयाँ बराबरको निर्यात भएको जिल्ला कृषि विकास कार्यालय पाँचथरले जनाएको छ ।

जिल्लाको ६ सय ९१ हेक्टर क्षेत्रफलमा गरिएको अदुवा खेतीमा ८ हजार २ सय ३८ टन उत्पादन भएको थियो । जसमा ४ हजार ४ सय ६० टन अदुवा जिल्ला बाहिर निर्यात भएको कार्यालय प्रमुख बेनु प्रसाईंले जानकारी दिए ।

जिल्लाको भारपा, यासोक, रानीगाउँ, पञ्चमी, सुभाङ, एकतिन गाविस अदुवा खेतीको पकेट क्षेत्रको रुपमा घोषणा गरिएको छ ।
– इमेजखवर डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *