Samyentra Dot Com

गृहपृष्ठ » आलेख, समाजसिटी सफारी दर्तामा पैसाको चलखेल

सिटी सफारी दर्तामा पैसाको चलखेल

June 22, 2016४२९ पटक

चिरञ्जिबी घिमिरे
दमक÷झापाको दमकमा सञ्चालित सिटी रिक्सा दर्ता प्रक्रियामा मोटो रकमको चलखेल हुने गरेको सिटी रिक्सा सञ्चालकले आरोप लगााएका छन् ।
दमक नगरपालिकाले सोरुम संचालकलाई माध्यम बनाएर गलत तरिकाले नम्बर वितरण गर्दा यस्तो चलखेल हुने गरेको सिटी रिक्सा चालकले दाबीगरका हुन् । दमक नगरपालिकामा सफारी मजदुरहरु आँफैँ दर्ता गर्न जाँदा नम्बर छैन भन्दै दर्ता नै नगरिदिने गरेको र सफारी शोरुमहरुलाई भने नम्बर दिदाँ वास्तविक मजदुरहरु समस्यामा पर्ने गरेका उनीहरुको गुनासो छ । बिक्रेता सोरुम संचालकले हाक्का हाक्की सिटी सफरीको मूल्य दर्ता नम्मर निकाल्दिनुपर्ने हो भने बढी मूल्य र नम्मर ननिकाल्नु पर्नेहुँदा कम मूल्य लिनेगरेका छन् । पैसाको लेनदेन मिलाउने दर्ताका विचौलियाहरुलाई लिएर दर्ता गर्न जाँदा दर्ता हुने गरेको मजदुरले आरोप लगाएका छन् । शोरुमहरुले एउटा सफारीको नम्बर उपलब्ध गराए वापत मान्छे हेरी–हेरी १५ हजार देखि ३० हजार सम्म मजदुरहरुबाट लिने गरेका र नगरपालिकामा उनीहरुलेनै मिलाउने गर्छन् ।
नगरपालिकाको तथ्याङ्क अनुसार दमकमा मात्र हाल ८ सय सिटी सफारी दर्ता छन् । जस मध्ये ४ सय सफारी मात्र मजदुरले आफै दर्ता सहजरुपमा पाएको र अन्य ४ सय सफारीको नम्बर वितरणमा यसरी मोटो रकमको चलखेल भएको दमक सिटी सफारी चालक मजदुर संघका अध्यक्ष राजकुमार वर्देवाले बताएका छन् । आफुहरुले यो विषयलाई लिएर नगरपालिका जाँदा नगरपालिकाले संघको कुरा नै नसुन्ने गरेको उनको गुनासो छ । उनका अनुसार दर्ता भएका ८ सय रिक्सा मध्ये सम्पूर्ण सञ्चालनमा आएका छैनन् र कति सञ्चालनमा छन् भन्ने नगरपालिका संग पनि एकिन बिवरण छैन । ‘ हामी मजदुरहरु सफारी दर्ता गर्न नगरपालिका जाँदा नम्बर पाईदैन, शोरुमहरुमा जति पनि नम्बर उपलब्ध छ’ । – उनले भने ‘ के यो पैसाको चलखेल नभएर के हो ?’ । यस विषयमा सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको उनको भनाई छ । तर यस विषयमा मजदुरको पनि कमजोरी रहेको संघका पूर्व अध्यक्ष टेक बहादुर दहालले बताए । सफारी चालकहरुले शोरुम संगको मिलेमतोेमा सफारी दर्ता गर्दै शोरुमलाई दिने गरेका कारण पनि यस्तो समस्या आएको उनले बताए । नगरपालिकाले दर्ता प्रक्रिया नरोक्दा बजारमा सफरीको चाप बढेका कारण बजार नैे अस्थब्यास्थ बनेको उनको बनाईछ । ‘ सफारीका कारण बजार अस्तब्यस्त भएको छ, त्यही माथि नगर प्रहरीले हामिलाई हेप्छन्’। सिटी सफारी दर्ता नम्बर ७३१ भएका सफारी चालक खोम नाथ विष्टले ३ लाखको सफारी किनेर नगरपालिकामा दर्ता गर्न जाँदा दर्ता नभए पछि शोरुममा नै २० हजार तिरेर नम्बर निकाल्नु परेको गुनासो गरे । ‘ नगरपालिकामा सर्वसाधरण जाँदा नम्बर नहुने तर शोरुममा हुने यो कहाँको नियम हो’। – उनले त्यही प्रश्न दोहोर्याए । धिरज बहादुर दर्जीको पनि त्यस्तै पीडा छ । उनको ७ सय ८० नम्बरको सफारी होे । उनले पनि २० हजार रुपयाँ तिरेर शोरुमबाट नम्बर निकालेका हुन् । ‘ धेरै सफारी भएका कारण यात्रु नपाईने समस्या त छदै छ’।– उनले भने – ‘दुखःगरेर कमाउन आएको तर विचौलियाले गर्दा कंगाल हुने भईयो’ । आफुहरुले यती तिरेर बल्ल नम्बर पाएर कुदाँउन पाएको बताउदै उनले अझैँ नगरपालिकाले यातायातमा जान प्रेसर गरेको गुनासो गरे ।
आफुहरु कुनै पनि हालतमा यातायातमा नजाने र यदी जानै परे सम्पूर्ण खर्च नगरपालिकाले व्यहोर्नु पर्ने संघका सचिव विष्णु न्यौपाने बताउछन् । राजनितीक दलहरुको संरक्षणमा नगरपालिकाका कर्मचारीले नगरवासिको भावना विपरित काम गर्ने गरेको उनको भनाई छ । नम्बर वितरण गर्ने क्रममा अनियमितता गर्ने कर्मचारीलाई कामबाट नै बर्खास्त गर्नु पर्ने उनको भनाई छ । आफुहरुको दुर्घटना विमा पनि नभएका कारण बजारमा धेरै चाप हुदाँ आफुहरु असुरक्षित रहेको चालक हिक्मत बहादुर घिमिरेको भनाई छ । नगरपालिकाको यतायातमा जानु पर्नेमा आफुहरु असहमत रहेको उनको भनाई छ । कुनै पनि हालतमा अफुहरु दोहोरो कर तिर्न नसक्ने चालकहरुले बताएका छन् । दर्ता प्रक्रियामा भएको आर्थिक अनियमितताको छानविन गरि दोसिलाई कारवाही गर्न जरुरी रहेको चालकहरु बताउछन् । ‘नगरपालिकाका कर्मचारीले मजदुरलाई मारमा पारेर कमाउ धन्दामा लागेका छन्’ ।
यता नगरपालिका भने यो कुरा पूर्ण अस्विकार गर्दै सुन्नै चाहदैन । नगरपालिका भने उल्टै मजदुरहरुलाई दोष लगाउछ । एक अर्का प्रति आरोप प्रत्यारोप गर्दा शोरुमलाई फाईदा भईरहेको मजदुर आँफै पछिपरेको उनीहरुले सोचेका छैन् । नगरपालिकाले यस विषय आफुहरुले कुनै शोरुमलाई नम्बर उपलब्ध नगराएको दाबि गर्छ । सिटी सफरी खरिद कर्ता चालकले ११ सय तिरे पछि सहज रुपमा दर्ता गरि दिएको नगरपालिकाका राजश्व विभाग प्रमुख टीका दहालले जानकारी दिए । ‘यष विषयमा मजदुरहरुले आफै नम्बर दर्ता गर्दै शोरुमहरुलाई बेचेरयस्तो समस्य भएको हो’– उनले भने ‘ यसमा नगरपालिकाको कुनै कम्मजोरी छैन’ । यस्तो अनियमितता भएको विषयमा कसले छानविन गर्छ भन्ने हाम्रो प्रश्नमा उनले कुनै प्रतिक्रिया दिन चाहेनन् । सिटी सफारी अब कुनै पनि हालतमा यातायतमा नै दर्ता हुनु पर्ने उनको भनाई छ । केहीले आन्दोलन गर्दैमा तिरिसकेको राजश्व कुनै हालतमा फिर्ता नहुने बताउदै उनले यातायात ब्यास्था कार्यलयलाई दमकमा नै बलाएर सहज रुपमा दर्ता गर्ने ब्यावस्था मिलाउने कोसिस भैरहेको बताए । तर शोरुमले नम्बर कसरि पाएको भन्ने विषयमा उनको स्पष्ट कुरा भने आएन ।
यस विषयमा कसले छानविन गर्ने ? आर्थिक अवस्था दयनीय भाएका ति मजदुरको अवस्था सफारी चलाउन थाले यता झनै दयनीय बन्दै गएको छ । बजारमा सफारीको चापका कारण दुर्घटना जोखिम उति नै बढि रहेको छ । दमक नगरपालिकाको कति संख्यामा सिटी रिक्साको चाप तथा भारबहन क्षमता हो दर्ता नम्बर उपलब्ध गराउदै आएको नगरपालिका स्वयं नै अनबिज्ञ छ । हालसम्म नगरपालिकासंग कुनै मापदण्ड छैन् । बेलैमा यस तर्फ सम्बन्धित निकायको ध्यान नगए यसको परिणमले सुन्दर नगरी दमकको सुन्दरता क्रमशः कुरुप बन्दैजाने निश्चित छ । ८ असार

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad