Samyentra Dot Com

गृहपृष्ठ » अर्थ/बाणिज्य, कृषि/सहकारी२० लाख लगानीमा छथरमा खुल्यो चिया उद्योग

२० लाख लगानीमा छथरमा खुल्यो चिया उद्योग

May 30, 2016३९१ पटक

प्रकाश पाक्साँवा, तेह्रथुम / छथर क्षेत्रका चिया खेती किसानहरुको सकृयतामा छथरमा नै पहिला मार्गदेबिे चिया उद्योगलाई औपचारिक रुपमा उद्धघाटनसँगै सञ्चालन सुरु गरीएको छ ।

चिया तथा कफि बिकास बोर्ड नेपालको १० लाख र स्थानिय श्रमदान १० लाख गरी कुल २० लाख लगानीमा निमार्ण गरीएको उद्योगको आइतबार  औपचारिक रुपमा उद्धघाटन गरी उद्योग सञ्चालन सुरु गरीएको कुलकुले चिया तथा कफि उत्पादक साना किसान सहकारी संस्था लिमिटेडका अध्यक्ष बिष्णु कुमार सिंहले बताउनु भयो ।

जिल्लाको पश्चिमी गाबिसहरु सुदाप दाँगपा ओख्रे फाक्चामारा हमरजुङ र आङदिम गाबिसमा रहेका ९० जना किसानहरु लगाएको करिब ४ सय रोपनिमा रहेको चिया खेतीलाई ब्यबस्थित रुपमा उत्पादनका साथै बजारीकरणको ब्याबश्थापनका लागी उद्योग निमार्ण सँगै किसानहरुलाई राहात पुगेको कुलकुले चिया तथा कफि उत्पादक साना किसान सहकारी संस्था लिमिटेडका शेयर शदश्य भरत बस्नेतले बताउनु भयो ।

उद्योगको उद्धघाटन कार्यक्रममा चिया बिस्तार योजना सोल्माका योजना प्रमुख बिजय कुमार मिश्र उन्नती परियोजनाका कृषि बिज्ञ प्रबिधिक रमेश भण्डारी केन्द्रिय चिया सहकारी संघका शदश्य शंकर खनाल जिल्ला चिया सहकारी संघका शदश्य कमल खड्का र कुलकुले चिया तथा कफि उत्पादक साना किसान सहकारी संस्था लिमिटेडका शदश्य घनश्याम ढकाल लगायतले उद्योगको बारेमा शुभकामना मन्तब्य राख्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad