सिटी ट्राभल्सको शाखा उद्द्घाटन

युएई मा संचालनमा रहेको सिटि लाईफ ट्राभल एण्ड टुर्षको नेपाल शाखाको अपिस एक कार्यक्रमकाबीच काठमाडौं नक्साल नागपोखरीमा जेठ ७ गते एक औपचारिक  कर्यक्रमका गरेर उद्घाटन भयो |
नेपाल पत्रकार महासंघ नेपालका उपाध्यक्ष खिलाबहादुर भण्डारी र सामुदायिक प्रहरीका काठमाडौंका सल्लाकार नेपाली चलचिcity life (4)त्रका निर्माता निर्देशक तथा कलाकार दिपक खाडले रिबन काटेर ट्राभलको औपचारिक उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधि एबम संचारकर्मीहरुको बाक्लो उपस्तिथी रहेको थियो ।
आन्तरिक तथा बाह्य पर्यटनलाई पर्यटकीय भिसा, टिकट, होटल बुकींग एबम आबस्यक परामर्श दिने उदेश्यले सिटि ट्राभल एण्ड टुर्स नेपाल  संचालन गर्न लागिएको ट्राभलको प्रबन्ध निर्देशक त्रिलोचन कोइरालाले  जानकारी गराए । कोइरालाका अनुसार युएईमा बिगत एक बर्ष देखि सिटि लाईफ ट्राभल एबम टुरिजम युएई संचालनमा रहेको छ ।
एउटै छानामुनि ट्राभलसम्बन्धी सम्पूर्ण सेवा उपलब्ध  गराउने बताउदै  कोइरालाले नेपालमा चाडै अन्य सहरमा पनि शाखा बिस्तार गर्ने योजना रहेको बताएका छन । सिटि लाईफ ट्राभल एण्ड टुरिजमको लगानीकर्ता त्रिलोचन कोइराला , रमेश बस्नेत र रोशन श्रेष्ठको सयुक्त लगानीमा ट्राभल संचालनमा आएको हो ।
ट्राभलले   बिशेष गरेर नेपालबाट पर्यटक बनेर विदेश घुम्न (आउटबाउण्ड टुर) जाने नेपाली पर्यटकका लागि तथा युएईबाट नेपालमा अध्यायन भमणका लागि आउने विधार्थीहरु तथा पर्यटक बनेर नेपालको बिभिन्न पर्यटकीय धार्मिक एबम सस्कृतिक स्थलको अबलोकन गराउने सेवा सुबिधा उपलब्ध गरिन्छ ।
        

Leave a Reply

Your email address will not be published. Required fields are marked *