Samyentra Dot Com

गृहपृष्ठ » फिचर स्टोरीअर्काकी श्रीमती मतलव ….

अर्काकी श्रीमती मतलव ….

May 16, 2016२६२ पटक

लिलाराज भट्टराइ, मोरङ । उर्लावारीको मंगलवारे वजारमा चुन छरेर ठूलो गोलो घेरा वनाइएको थियो । केही वेरमा हाफपाइन्ट लगाएका मान्छे निस्केर हो-हल्ला गर्न थाले । छिनमै साडी चोली लगाएकी महिला पनि देखा परिन् । वादविवाद पो गर्न थाले ।

arkaki...उनीहरूको हो हल्ला सुनेर के रहेछ भनेर मान्छेहरू भेला हुन थाले । भीड वढ्दै गयो । निक्कैपछि मात्र पो सहभागीले वुझे सडक नाटक पो रहेछ ‘अर्काकी श्रीमती छु मतलव’ । मोरङको पथरी शनिश्चरेस्थित एनपीएल मिडिया प्रालिको ‘दोबाटे’ समूहले महिला हिंसाविरुद्धको कथामा सडक नाटक प्रदर्शन गर्ने क्रममा मंगलवारेको प्रस्तुतिमा दर्शकको उल्लेख्य सहभागिता देखिन्थ्यो ।

उर्लाबारी नगरपालिकाको आयोजनामा ‘दोबाटे’ का कलाकारले उर्लाबारी र मंगलबारेमा नाटक ‘अर्काकी श्रीमती छु मतलव’ प्रदर्शन गरेर प्रसंशा बटुलेका छन् । हाँस्य शैलीमा अघि बढेको नाटकमा आफ्नी श्रीमतीलाई कामका नाममा होटलमा धितो राखेर जाँडरक्सी खान पैसा असुलेको कथालाई प्रभावकारी रुपमा प्रस्तुत गरिएको थियो । नाटकमा अर्काकी श्रीमतीमाथि चौतर्फी कुदृष्टि बढ्ने क्रम वढेको देखाइएको छ ।

रोजगारी दिनेहरूले पनि महिलालाई आँखा लगाउने गरेको महिलाको मार्मिक समस्यालाई नाटकले उजागर गरेको ध्रुवतारा महिला फेडेरेशन उर्लाबारीकी अध्यक्ष कल्पना निरौलाको ठहर छ । ‘यो समूहले लामो समयदेखि निरन्तर रुपमा नाट्य यात्रा जारी राखेर महिला अधिकारका पक्षमा प्रभाकारी नाटक देखाउँदै आएको छ ’ उनले भनिन् । मोरङको पथरी शनिश्चरेस्थित एनपीएल मिडिया प्रालिको ‘दोबाटे’ समूहले पूर्वमा महिला हिंसा सहितको चेतनामुलक टेलिचलचित्र, नाटक र प्रहसनको क्षेत्रमा चर्चा कमाएको छ ।

०५७ सालमा स्थापना भएको कञ्चनजंघा नाट्य समूहले मेचीमहाकाली सडक नाटक यात्रा समेत गरिसकेको छ । समूहले हालसम्म २ दर्जन चेतनामुलक नाटक ३ सय बढीस्थानमा प्रदर्शन गरिसकेको समूहका प्रवक्ता भूपेन्द्र तिम्सिनाले जनाए । जसमा महिला हिंसा सम्बन्धिका आधादर्जन नाटक प्रस्तुत भएका छन् । त्यसमा पनि कचहरी शैलीको नाटक समेत प्रस्तुत गरेर प्रभावकारिता हाँसिल गरेको छ ।

नाटकमा एउटा विषयको उठान गर्ने र त्यो विषय समस्यामा गएर नाटक अड्किएपछि दर्शकको राय अनुसार अर्थात उनीहरूले कचहरी गरे अनुसार नाटक अघि बढ्ने कचहरी शैली अझ प्रभावकारी बनेको छ ।समूहले अन्तरपार्टी महिला सञ्जाल, महिला सचेतना केन्द्र, माइती नेपाल, महिला हिंसा विरुद्ध पूर्वाञ्चल नेटवर्क, मदन भण्डारी स्मृति प्रतिष्ठान, मेलमिलाप केन्द्र लगायतका संस्थासँग सहकार्य गरी महिला तथा घरेलु हिंसाविरुद्धको नाटक प्रस्तुत गरेको छ ।

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad