Samyentra Dot Com

गृहपृष्ठ » न्युज, बिशेष‘सहयोग गरिदिनोस् न, हामी आमा छोरा बाँच्न चाहन्छौं ‘

‘सहयोग गरिदिनोस् न, हामी आमा छोरा बाँच्न चाहन्छौं ‘

May 2, 2016४२३ पटक

विजय धिमाल,राजघाट  । हामीमा एउटा भनई छ यस धर्तिमा एक्लै जन्मेको हो र एकलै स्वर्ग गइन्छ तर त्यस्तो परस्थिति पनि आउदो रहेछ एकै पटक संन्सार छोड्नु पर्ने  । र्भखरै मात्र जीवनको सुरुवा गर्दागर्दै कोही कोहीमा संन्सार देख्न नपाउदै यस धर्तीमा पाइला टेक्न नपाउदै संसार छोड्नु पर्ने परस्थिति एक परिवारमा आइ परेको छ ।

kk     मोरङ राजघाट—१ का तेजबहादुर धिमालका २२ वर्षिय श्रीमतीलाई ब्लड क्यान्सर भएको २ महिना अघि भरतपुर क्यान्सर अस्पतालले जानकारी दिएकोथियो । जानकारी पछि उपचारका लागि उनीहरुले ऋणपान गरेर ५ लाख भन्दा बढी रकम खर्च गरिसकेका छन् । तर परिवारले यति गरीसके पनि उपचारका लागि प्रयाप्त रकम नभएकोले सहयोगको याचना गर्नुभएको छ । आर्थिक अभावका कारण उपचार गर्न रकम नहुँदा आमा छोरा समस्यामा  परेका छन्  ।
क्यान्सर रोगले ग्रसित २२ बर्षीया रबिनाको दिल्लीमा भने उपचार सम्भव हुने चिकित्सकहरुले जानकारी दिएका छन्  । यो जानकारी पश्चात परिवारले ठुलो आशा राख्दै सहयोगको याचना गर्नुपरेको उनका श्रीमान तेजबहादुर बताउछन् । थप्दै कुरो निकै धेरै रकम लाग्ने भएकोले रबिनाका परिवारले आर्थिक अभावकै कारण बुहारी र कोँखको ८ महिनाकोे नातीको जीवन खतरामा परेको जानकारी दिए । आमा रविना संगै ८ महिनाको छोराको समेत नाजुक अवस्था छ । आर्थिक अभावमा जीवन मरणमा रहेको रबिनाको उपचारको लागि सहयोग संकलनका लागि स्थानीय बासिन्दा सक्रिय भएर  लागिपरेका छन् ।
स्थानिय युवाहरु र गाउलेहरुको भेलाले स्थानीय शुनिल धिमालको संयोजकत्वमा रबिना धिमाल बचाउ अभियान समिति गठन भएको छ । सोहि भेलामा सहभागी अरनिको हस्पिटल प्रालिका अध्यक्ष लोलिम पोमु, पत्रकार तेजन खडेका र बिजय धिमालले समेत सहयोगको लागि पहल कदमी थाल्ने प्रतिबद्दता गरेका छन् ।

रबिनालाई सहयोग गर्न चाहनुहुने सहयोगी मनहरुले रबिनाको श्रीमानतेजबहादुर धिमाल ९८१७३३२६३३ वा रबिना धिमाल बचाउ अभियान समितिका संयोजक शुनिल धिमाललाई १८२६३२८८४९ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

kkk

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad