Samyentra Dot Com

गृहपृष्ठ » फिचर स्टोरीठगीको नौलो तरिका , युवती प्रयोग गरी लाखौं असुली

ठगीको नौलो तरिका , युवती प्रयोग गरी लाखौं असुली

February 23, 2016२७२ पटक

timthumb.php (1)प्रकाश ढुंगाना/ पोखराका मनिष नेपालीको कोठामा एक दिन उनको श्रीमतीको साथी आईन। ती साथीले आफ्नो कोठा छेउमा रहेको घरमा भाडामा बस्ने एक युवतीलाई पनि लगेकी थिईन्। सधै भेटघाट र राम्रोसँग बोलचाल गर्ने ती युवतीले हिड्ने बेलामा आफूलाई पनि लैजान भनेपछि उनले नर्कान सकेकी थिईनन्।

श्रीमतीसँग आफ्नो कोठामा आएकी माया नाम गरेकी युवतीले आफू छिट्टै जापान जान लागेको बताईन। साढे ८ लाख लागेपनि अहिले २५ प्रतिशत रकम मात्र तिर्नुपर्ने बाँकी जापान गएर कमाउँदै तिर्न मिल्ने भएकाले त्यता जान लागेको ती युवतीले सुनाईन्।

ती युवतीको कुरा सुनेपछि मनिषलाई पनि जापान जाउँ जाउँ लाग्यो त्यसपछि मनिषले ती युवतीलाई जापान पठाउने मान्छे भेट्टाइदिन आग्रह गरे। केहीदिनपछि ती युवतीले मनिषलाई  जापान पठाइदिने मान्छे भेट्टाइदिईन। त्यो मान्छे भेट्टाइदिनु अघि ती युवतीले मनिषलाई फोन गरेर जापान जाँउ जाउँ जस्तो बनाइदिन्थिन्।

ती युवतीले भनेजस्तै जापान पठाउनेले गत भदौं महिनामा मनिषसँग २ लाख २० हजार मात्र माग्यो। मनिषले रकम बुझाए। बाँकी पैसा जापान गएर तिर्नुपर्ने प्रस्ताव थियो। जापान पठाउने मान्छेले मनिषलाई असोजको पहिलो हप्ता काठमाडौं बोलायो। तर  केही अत्तोपत्तो  र  जापान पठाउँछु भन्नेले मोबाइल अफ गरेपछि मनिष २ साता काठमाडौं बसेर पोखरा फर्के। अनि बल्ल बुझेँ म ठगिएँ।

मकवानपुर घर भइ पोखरामा फर्निचर उद्योग चलाएर बसिरहेका तिलक राइसँग एक जना दिलु भन्ने युवतीसँग भेट भयो । दिलुले आफू धरानको भएको र जापान जान लागेको बताईन। उनले तिलकलाई पनि जापान जान आग्रह गरिन ।

लागत खर्च साढे ८ लाखको २५ प्रतिशत अहिले बुझाएर बाँकी काम गर्दै तिर्ने सर्तमा तिलक पनि जापान जान राजी भए। दिलु जापान पठाउनेलाई भेट्टाइदिईन । तिलककले १ लाख ५० हजार बुझाए। तर ३ महिनासम्म पनि जापान नपठाएपछि तिलकले दिलु र ती जापान पठाउने खोजे तर भेटेनन् । उनले पनि थाहा पाए म ठगिएँ ।

उनीहरुलाई जापान पठाउछुँ भन्दै ठगी गर्ने स्याङजा ढापुकका खेमबहादुर कामीलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ। कामीले माया र दिलु नाम गरेका युवती लगाएर मनिष र राई ठगेकाे खुल्न अाएकाे छ। उनले तनहुँका झुलबहादुर थापा र सिन्धुलीका बिनय राईलाई पनि जापान पठाइदिन्छु भन्दै रकम असुलेका थिए।

उनले पोखराका ४ युवाहरुसँग ६ लाख र मकाउ पठाइदिने भन्दै अन्य व्यक्तिहरुसँग गरी १६ लाख गरी २२ लाख भन्दा बढी रकम ठगी गरेको प्रहरीले जनाएको छ । उनले पूर्व लडाकुहरुको नाममा नक्कली कार्ड बनाएर मानिसहरु मकाउ पठाउने भनि रकम असुलेको एसएसपी पीताम्बर अधिकारीले जानकारी दिए।  – सेतोपाटीबाट

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad