Samyentra Dot Com

गृहपृष्ठ » कृषि/सहकारी, फिचर स्टोरीबाख्रापालनले फेरियो साप्तिङटारका महिलाको जीवन

बाख्रापालनले फेरियो साप्तिङटारका महिलाको जीवन

January 13, 2016५२७ पटक

धनकुटा । वर्षभरि खेतबारीमा गरेको परिश्रमले ३ महिना पनि राम्रोसँग खान नपुग्ने धनकुटाको साप्तीङटारका महिलाले पछिल्ला वर्षमा व्यावसायिक बाख्रापालनबाट मनग्गे आम्दानी गर्न थालेका छन् । समूह नै गठन गरेर व्यावसायिक बाख्रापालनमा लागेपछि महिलाको जीविकोपार्जन सहज बनेको छ ।
bakhra     ६ वर्षअघि उपहारमा पाएको पाठाबाट बाख्रापालन सुरु गरेकी साप्तिङटारकी सावित्रा खपाङ्गीको गोठ अहिले खसीबाख्राले भरिभराउ छ । सोही ठाउँकी दुर्गा पौडेलको परिवारको आम्दानीको मुख्य स्रोत पनि अहिले बाख्रापालन नै बनेको छ ।
खपाङ्गी र पौडेल त उदाहरणमात्र हुन्, उनीहरू जस्तै आँखीसल्ला गाविसको साप्तिङटारका ६ वटा समूहमा आबद्ध १३२ महिला व्यावसायिक बाख्रापालनबाट राम्रो कमाइ गरिरहेका छन् । हरेक परिवारले १५ देखि ४० वटासम्म बाख्रा पालेका छन् । “व्यावसायिक बाख्रापालनबाट आम्दानी हुन थालेपछि पैसा चाहिएका बेला साहूको ढोका ढक्ढक्याउन जानुपरेको छैन,” सावित्रा भन्छिन्, “आफूसँग चिज भएपछि ढुक्कै, बेच्यो, काम चलायो ।”
जमुनापारी जातको पाठा ६ महिनामै २० किलोसम्म हुन्छ । खोरबाटै बोका प्रतिकिलो ५०० र पाठी ४०० रुपैयाँमा बिक्ने गरेको खपाङ्गीले बताइन् । बिहानी, जागृति, मखमली, प्रगति, सहनशील र सयपत्री समूहमा आबद्ध महिलाले बाख्रापालनलाई व्यावसायिकता दिन घुम्ती कोषसमेत सञ्चालन गरेका छन् । हरेक समूहमा २५ जनासम्म महिला छन् । जनही मासिक ५० रुपैयाँ जम्मा गर्छन् ।
घर चलाउन केही पैसा आवश्यक परे पनि सधैं फिटफिटीमा पर्ने महिला आत्मनिर्भर बन्न सकेकोमा खुसी छन् । “समुदायमा कसैलाई अप्ठ्यारो पर्दा सहयोग गर्न सक्षम भएका छौं,” पौडेल भन्छिन् । फस्टाउँदो बाख्रापालन र यो पेसामा स्थानीयको दिलचस्पी देखेपछि विभिन्न संघ–संस्थाले सहयोग पनि गरेका छन् । अहिले व्यावसायिक बाख्रापालनमा लाग्न चाहनेहरू जमुनापारी र स्थानीय खरी जातका बीउ बोका र पाठी खरिदका लागि साप्तिङटार पुग्ने गरेको कृषक खगेन्द्र भण्डारी बताउँछन् ।
प्रशस्त सम्भावना देखेर व्यावसायिक बाख्रापालनमा लागेका स्थानीयले ठूला र मझौला फार्म सञ्चालनका लागि सहुलियत दरको ऋण सुविधा, बिक्रीका लागि भरपर्दो बजार, गाउँमै उपलब्ध गराइदिन एवं विभिन्न खोप र पशु चिकित्सकको व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेका छन् ।
सरकारी तवरबाट खोर सुधार र खोपलगायतका सुविधा उपलब्ध नभएको स्थानीको गुनासो छ । “८ हजार बाख्राका लागि १ जना स्वास्थ्य प्राविधिक छन्, त्यो पनि गैरसरकारी संस्थाले तालिम दिएका,” स्थानीय भुपाल पौडेलले भने, “व्यवसायउन्मुख कृषकलाई सहुलियतका कार्यक्रम दिएर प्रोत्साहन गर्नुपर्छ तर राज्यले त्यो गरेको छैन ।”
 
प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad