कुखुरापालनबाट फेरियो उषाको जीवनस्तर

झापा / झापाको दमक १० की ३८ वर्षिया उषा थापाले तिन वर्ष अघि एक हजार ब्रोइलर कुखुराबाट सुरु गरेको कुखुरा पालन मासिक लाखौं आय आजर्न गर्ने व्यवसाय बन्न सफल भएको छ ।

khukuraथापाले यो व्यवसाय सुरु गर्दा उनलाई आफन्त तथा इष्ट मित्रहरुबाट हौसला भन्दा पनि यस्तो व्यवसाय नगर्न प्रशस्त सल्लाह सुझाबहरु आउने गर्दथे । आर्थिक रुपमा सम्पन्न परिबारकी उषा थापा आफना साथि संगीहरु राम्रा लुगा लगाएर सहरका डिपार्टमेण्टल स्टोर किनमेल गर्न जाँदा उषा भने गम्बुट लगाएर कुखुराको खोरतिर पस्नु हुन्थ्यो ।

बिहान उठेपछी कुखुराको खोर सफा गर्ने, चारो पानी दिने र अण्डा टिपेर बजार पठाउने दैनिकी नै बनेको छ । थापा भन्नु हुन्छ “आफुले जानेको र सिकेको कामलाई निरन्तरता दिन सक्यो भने यसबाट आर्थिक र शारिरीक स्वास्थ्यको दोहोर फाईदा लिन सकिन्छ ।” विहानको नियमितकाम सकेपछि दिउसो चारोको चाँजो मिलाउन र बजारमा गएका अण्डाको पैसा उठाउन पनि आफै जाने गर्नु भएको छ । आफुले नभ्याएको समयमा उहाँका श्रीमान शंम्भु थापाको सहयोग लिने गर्नु भएको छ । उहाँ भन्नु हुन्छ “भ्याइन भनेमात्र श्रीमानलाई बजार पठाँउछु, नत्र अन्य सयममा सबैकाममा आफैं जान्छु ।”

१५ लाख लगानी गरेर दमक १० मा उषाले शुरुगरेको गरुढ कृषी फर्म अहिले निकै फस्टाउदै गएको छ । अहिले थापाले यो फार्ममा लगानी बढाएर एक करोड हाराहारी पु¥याइ सक्नु भएको छ । अघिले निकै फस्टाएको घर बनाउन र घडेरी प्लटिङ्ग व्यवसायमा ऋण लागानी गर्दै गरेका केहि बैंकले महिलाले ल्याएको कुखुरा पाल्ने योजना सहितको ऋण फाइल स्विकार गर्न मानेनन् । निकै ठुलो प्रयासपछि मात्र दमकमै मुख्य कार्यालय रहेको ‘ग’ श्रेणीको कन्काई बिकास बैंकले अहिले उषालाई ऋण लगानी गरीरहेको छ ।

'बजार पठाउन तयारी अबस्थामा अण्डा'
                                                     थापाको गोदाममा स्टोर गरिएका अण्डा

उषाले शुरु गरेको यो फर्मले व्यवसायिक रुपलिदै गएपछि ६ जनालाई रोजगारी दिएसंगै उहाँको गरुढ कृषी फर्ममा अहिले पाँचहजार लियर कुखुरा छन् । उषाले अहिले लगभग झापा र मोरङका बिभिन्न बजारमा दैनिक साढेचार हजार अण्डा पठाउनु हुन्छ । उषाका अनुसार “आज यो फर्मबाट मासिक लगभग साढे तेह्रलाख जति आम्दानी हुन्छ । चारो, औषधी, कामदारको ज्याला सबै कटाएर पनि मासिक साढे तिनलाख नाफा हुदै आएको छ ।” मासिक २० हजारको सुली विक्रिहुने गरेको उहाँको फर्मले दुईजना छोराहरु प्रविण र उपकारजङ्गको होस्टल खर्च धान्दै आएको छ ।

अध्यायनका क्रममा २०५७ सालमा काठमाण्डौमा एउटा कम्पनीको मिनरल वाटरको मार्केटिङ्ग समेत गर्नु भएकी थापाका लागि बिना उद्यम दिन कटाउनु सजाय जस्तै ठान्नु हुन्छ । बाणिज्य तर्फको स्नातक तह उर्तिण गर्नु भएकी थापा ८२ बर्षको उमेरमा पनि किराना पसल चलाइरहनु भएका आफना बुबा तेजबहादुर सुबेदीलाई आफनो प्रेरणा स्रोत मान्नु हुन्छ । पछिल्ला दिनहरुमा उहाँले माछा पालन र तरकारी खेती गर्ने सोच समेत अघिबढाउदै गर्नु भएको छ । आफनो जीउले सकुन्जेल सम्म आफनै जानेको काम गर्नु गरर्यो भने जिवनमा कहिल्यै पनि हार नहुने उहाँको बुझाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *