Samyentra Dot Com

गृहपृष्ठ » बिशेष, समाचार, हाइलाइटक्षेत्रीय संग्रहालयको बार्षिक आम्दानी १५ हजार !

क्षेत्रीय संग्रहालयको बार्षिक आम्दानी १५ हजार !

December 31, 2015४४६ पटक

ईश्वर थापा , धनकुटा / तीन दशकअघि धनकुटा सदरमुकाममा स्थापित पूर्वाञ्चल क्षेत्रीय संग्रहालय प्रचारप्रसार अभावमा ओझेलमा परेको छ ।

आगन्तुकबाट बेखबर रहेको संग्रहालयको वार्षिक आम्दानी १५ हजार रुपैयाँ मात्र बल्लतल्ल पुग्न थालेको छ । अवलोकनकर्ता नआएपछि यहाँका कर्मचारी दिनभर त्यत्तिकै बस्नु परेको बताउँछन् ।

संग्रहालयको तथ्यांकअनुसार गत आर्थिक वर्षमा एक हजार आठ सय जनाले अवलोकन गरेका छन् । “संग्रहालय अवलोकनका लागि मुस्किलले दैनिक तीन जना आउँछन्,” संग्रहालय प्रमुख चन्द्रप्रसाद अधिकारीले भने, “व्यवस्थापन र प्रचारप्रसारको अभावमा औपचारिकतामा मै सीमित छ ।”

संग्रहालयका ९ कर्मचारीको तलब सुविधा सहित संग्रहालयको व्यवस्थापन बजेट वार्षिक १५ लाख रुपैयाँ रहेको अधिकारीले जानकारी दिए । आर्थिक व्यवस्थापन र पूर्वाधार अभाव देखाएर पुरातत्त्व विभाग अन्तर्गतको यस संग्रहालयले डेढ दशकयता पुरातात्त्विक वस्तुको अनुसन्धान र जीर्णोद्धार गर्न सकेको छैन ।

अपायक स्थानमा राखिएका कारण बाहिरबाट आउनेहरु यसबारे बेखवर छन् । धनकुटा बहुमुखी क्याम्पसका राजनीतिक शास्त्रका प्राध्यापक ठाकुर प्रसाद बराल भन्छन् , “संग्रहालय कै लागि धाएर जानुपर्ने बाध्यता छ ।”

सर्वसाधारणको चहलपहल बढी हुने स्थानमा स्थानान्तरण गर्न सके यसको महत्त्व बढ्ने थियो भनेर सार्वजनिक स्थल, चोक र पायक पर्ने स्थानमा सार्न गरिएको पहल पुरातत्त्व विभागको बेवास्ताले सफल हुन नसकेको प्रमुख अधिकारीले बताए । उनले भने, “अनुत्पादक र सेवामूलक मात्रै भएकाले ध्यान दिँदैनन् ।”

यस संग्रहालयमा राई, लिम्बू, शेर्पा, मेचे, दराई, आठपहरिया राई, राजवंशी, धिमाल, वनकरिया लगायत विभिन्न लोपोन्मुख १६ जातजातिको भेषभुषा, रहनसहन र संस्कृति झल्कने कलात्मक वस्तु, पुराना हातहतियार, भाँडाकुँडा, पुराना कम्पनी पैसा, वनमान्छेको खप्पर, नलीखुट्टा, गरगहना लगायतका सामग्री संग्रहीत छन् ।

सुरक्षा नभएको भन्दै संग्रहालयले सुनचाँदी र रुपैयाँ पैसा राखिएको कक्ष भने सर्वसाधारणको लागि खुला गरेको छैन । तर, सुरक्षाकर्मीका लागि बस्ने भवन निर्माणाधीन रहेकाले यसै आर्थिक वर्षको अन्त्य सम्ममा निर्माण सम्पन्न गरि सुरक्षाकर्मी माग गरेर सुनचाँदी र रुपैयाँ पैसा भएको कक्ष समेत सर्वसाधारणका लागि खुला गर्ने योजना रहेको प्रमुख अधिकारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad