Samyentra Dot Com

गृहपृष्ठ » मुख्य खबरमहेन्द्रनगरदेखि दिल्लीसम्म बस सेवा सुरु

महेन्द्रनगरदेखि दिल्लीसम्म बस सेवा सुरु

December 29, 2015३०७ पटक

गोबिन्द सिंह, धनगढ़ी  । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरदेखि भारतको राजधानी नयाँ दिल्लीसम्म सोमबारदेखि नेपाल–भारतमैत्री बस सेवा सुरु भएको छ ।

भारतको उत्तर प्रदेश परिवहन निगम र महाकाली सेती यातायात बस व्यवसायी समितिले संयुक्त रुपमा ‘एसी डिलक्स’ बस सेवा सुरु गरेका हुन् । नेपाल र भारतबीच गत वर्ष भएको सहमतिअनुसार बस सेवा सञ्चालनमा ल्याउने सहमति भएको महाकाली सेती यातायात बस व्यवसायी समितिका अध्यक्ष नवीन भट्टले बताउनुभयो ।

महाकाली यातायात व्यवसायी समितिलाई अनुमति दिन परराष्ट्र मन्त्रालयले ढिलाइ गरेपछि उत्तर प्रदेश परिवहन एक्लैले बस सेवा सुरु गरेको छ । उत्तर प्रदेश परिवहनका अध्यक्ष हकिम सिंहले मैत्री बस सेवा सुरु भएपछि दुवै देशका नागरिकलाई आवतजावतमा निकै सहजता हुने बताउनुभयो ।

महाकाली यातायात बस सेवा समिति र उत्तर प्रदेश परिवहनले महेन्द्रनगरबाट दैनिक साँझ छ बजे र नयाँ दिल्लीबाट राति नौ बजे आलोपालो गरी बस सेवा सञ्चालन गर्ने सहमति गरेका छन् । यात्रुको चापअनुसार बसको सङ्ख्या थप्दै जाने योजनासमेत दुवै बस समितिको छ ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad