Samyentra Dot Com

गृहपृष्ठ » फिचर स्टोरीचिउरी घिउ प्रशोधनबाट आम्दानी गर्दै दुर्गमका महिलाहरु

चिउरी घिउ प्रशोधनबाट आम्दानी गर्दै दुर्गमका महिलाहरु

June 22, 2015१२४६ पटक

दिप बहादुर घर्ति , जाजरकोट। जिल्लाको खलंगा र डाँडागाउँ गाविसका विभिन्न जंगलमा पाईने चिउरी घिउ प्रशोधनमा महिलाहरु जुटिरहेका छन् । महिलाहरु मात्र सञ्चालक समिति रहेको कुशे लघु घरेलु सहकारी संस्था लिमिटेडको सहारामा महिलाहरु चिउरी घिउ प्रशोधनमा जुटेका हुन् ।

1खलंगा २ जाजरकोटमा रहेको कुशे लघु घरेलु सहकारी संस्था लिमिटेडले प्रशोधन गरेको चिउरी घिउ हिमालयन वायु ट्रेड प्रालिले खरिद गरी फ्रान्सको एक कम्पनीसंग विक्रि गर्दै आएको  सहकारी सञ्चालक समितिकी कोषाध्यक्ष जसु रानाले वताईन् । अर्गानिक चिउरी घिउ उत्पादन केन्द्रमा दैनिक २५ जना महिलाले नियमित रोजगार पाउदै आएको पनि रानाले जानकारी गराईन् ।

केन्द्रमा काम गर्ने सवै महिलाहरुले ४ सय देखि ५ सय रुपैया सम्म दैनिक कमाउने गरेको उत्पादन केन्द्रले जनाएको छ । उक्त उत्पादन केन्द्रमा दैनिक १ सय ५० किलो चिउरीको मिजुला खपत हुने गरेको वताउदै केन्द्रले दैनिक ६० किलो घिउ उत्पादन गरिरहेको कोषध्यक्ष रानाको भनाई छ ।

बहुसरोकारवाला वन कार्यक्रमले अनुदान दिएकोे १४ लाख रुपैयाले गत वर्षनै डाडाँगाउँको पाली, कल्पत, डाडाँगाउँ र खलंगाको
दारा, पुरानो रिसाङ, मैदे लगाएतका गाउँहरुवाट चिउरीका मिजुलाहरु खरिद गरि राखिएको थियो । किसानहरुको खेतवारीवाटै प्रति किलो २५ रुपैयाका दरले मिजुला खरिद गरेको उत्पादन केन्द्रले उत्पादित चिउरी घिउ हिमालयन वायु ट्रेड प्रालिलाई प्रतिकिलो २ सय २० रुपैयामा वुझाउदै आएको सहकारी सञ्चालक समितिकी सचिव मिना पुनले वताईन् । उत्पादन केन्द्रमा ५ टन मिजुला अझै बाँकी रहेकोले घिउ उत्पादन गर्नलाई धेरै समय लाग्ने सचिव मिनाको तर्क छ । परानो मिजुलाको घिउ प्रशोधन गर्दा सम्म जंगलमा नयाँ मिजुला तयार भैसक्ने पुनले वताईन् ।

unnamedहिमालयन वायु ट्रेड प्रालिवाट चिउरी घिउ लिने फ्रान्सको कम्पनीले जिल्लाको चिउरी पकेट क्षेत्र पाली, कल्पत र मैदेका कक्षा १ देखि कक्षा ५ सम्म अध्ययनरत ५० जना छात्राहरुलाई महिला उद्यमी संघ मार्फत छात्रावृति वितरया गर्ने कार्यक्रम रहेको सहकारीकी प्रशासक सहायक प्रेमकला पुनले वताईन् । ५० जना छात्रालाई वर्ष भरि चाहिने कापी, कलम र विद्यालय पोशाकहरु वितरण गरिने प्रेमकलाको भनाई छ । उनले ५० जना छात्रा छनौटका आधारहरु अति विपन्न र जो चिउरीको जंगलमै निर्भर रहेका वालिकाहरु पर्ने पनि वताईन् ।

चिउरी पेलेर घिउ निकाल्नलाई पुरानै प्रविधी काठको कोलनै प्रयोग गरिएको छ । जसले गर्दा मानव श्रम धेरै खर्च हुने र श्रम कष्ट अनुसारको घिउको रेट नपाउदा सहकारी घाटामा जान सक्ने उत्पादन केन्द्रले जानकारी दिएको छ । केन्द्रले दिएको जानकारी अनुसार चिउरी पेल्ने आधुनिक मेसिन हाल चाहिनामा बनिरहेको छ र केही समय भित्रै मेसिन ल्याएर चिउरी पेल्न आधुनिक उपकरणको प्रयोग गरिदै छ ।

दुर्गम, पिछडिएका जिल्लामा माईक्रो हाईड्रो पावरका लघु आयोजनाहरु सम्पन्न भैरहेको वेला लघु उद्यम विकास गरि स्थानिय स्तरमै रोजगारिको सिर्जना गर्नु र गरिवीलाई न्युनिकरण गर्ने नेपाल सरकारको लक्ष्य भित्रै रहेर महिलाहरुले मात्र खोलेको उक्त चिउरी घिउ उत्पादन केन्द्र प्रति निकै साहसिलो र आँटिलो कदमकारुपमा हेर्न थालिएको छ । जिल्लामा यतिवेला सर्वत्र सवैको ध्यान चिउरी उत्पादन केन्द्र तिरै केन्द्रित भैरहेको छ ।unnamed1

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश/राजनीति
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad