तेश्रो बर्षसंगै संयन्त्र डटकम बेग्लै डिजाइन र स्वरुपमा

admin-ajax (1)संयन्त्र डटकम थालनीको दोश्रो बर्ष पुगेर तेश्रो बर्ष प्रवेशको सेरोफेरोमा हामीले तेस्रो पटक अनलाइनको थेम (लुक्स ) बदल्दै आकर्षक र नयाँ डिजाइनका साथ पाठकसामु आएका छौं ।

अनलाइनमा राखिएका थेम हेरेर त्यहि थेम खरिद गरी प्रयोग गर्दा हामीले अनलाइनलाई सोचेजस्तो आकार , प्रकार , साइज र डिजाइनमा बदल्न नसक्ने मात्र होइन , पहिले  देखाइएका बिशेषता उक्त थेममा नहुँदा  हैरानी र समस्या समेत व्यहोर्नुपरेको महशुस गर्यौं । अझ ढिलो खुल्ने , जुनसुकै मोवाइलबाट अनलाइन नखुल्नाले  समाचार हेर्न नमिल्ने जस्ता पाठकका गुनासा पनि सुन्नुपर्यो । बिभिन्न प्लग इन प्रयोग गर्दा समेत अनलाइनलाई आकर्षक ,छरितो र प्रभाबकारी बनाउन नसकेपछि हामी अन्ततः यसअघि झैँ अनलाइन बजारका थेम प्रयोग नगर्ने निधोमा पुग्यौं ।

यसपाली हामीले आफुले चाहेको डिजाइन , स्वरूप र बिशेषता भएको थेम नेपालमै बनाउन लगाएर नयाँ स्वरुपमा आएका छौं । यसप्रति Easysoftnepal का  मुक्ति अधिकारी एबम कमल बुढाप्रति  बिशेष आभारी छौं ।

प्रबासमा कामदारका रुपमा रहेका बेला एक दुइ जना मिलेर झन्डै दुइ वर्ष अघि असारबाट अनलाइन मिडिया संयन्त्र डटकम संचालन थाल्नु कम चुनौतिपूर्ण थिएन,शुरुमा अनलाइनबारे जानकारी नै नभएका हामीले बिस्तारै पाठकबाट अपेक्षाकृत सहयोग पायौं र पाइरहेका पनि छौं ।

संयन्त्र डटकमलाई फेसबुक मार्फत झन्डै आठ हजार जनाले लाइक गर्नुभएको छ । बेला बेला निरन्तर अपडेट गर्न नसक्नु हाम्रो मुख्य कमजोरी  हुनाले पछिल्लो समयमा  अनलाइनले सोचेजस्तो पिकअप लिन नसकेपनि सानो टिमबाट गरिएको अनलाइन संचालनको प्रयास पक्कै सकारात्मक होला भन्ने हामीले ठानेका छौं ।  र हामीले दर्शकलाई केहि पृथक छाप छाडेका छौं भन्ने बिश्वास छ ।

मोफसललाइ केन्द्रित गरी मोफसलबाटै संचालित अनलाइन भएकोले हामीले आम मिडियाले प्राथमिकता दिएर प्रकाशन प्रशारण गर्ने सामग्री भन्दा मोफसलका  र प्रवासका सामग्रीलाई प्राथमिकता दिंदै आएका छौ  । नेताको भाषणलाइ नै केन्द्रित गर्ने परम्परामा हामी छैनौ । पूर्ण व्यवशायिक भएर संचालन नगरिएकोले संयन्त्र डटकम पूर्ण व्यवशायिक र बिग मिडियाको तुलनामा पछाडी हुनुलाई हामीले अस्वाभाविक ठानेका छैनौं ।

हामी प्रेस काउन्सिलमा सुचिकृत भएर कानुनी रुपले बैधानिक भइसकेका छौं । तर अनलाइन मिडियालाइ ब्यबस्थित एबम सुदृढ गर्न सरकारी निकायले नीति, नियम र सेवा सुबिधा ल्याई नसकेकोले  एकोहोरो लगानी मात्र गरिरहनु परेको छ  । तर पनि संसारभरका पाठकको मायालाई नै सम्पत्ति ठान्दै हामी अगाडी बढिरहेका छौं । अन्तमा भविष्यमा अझै माया र सल्लाह सुझाबको अपेक्षा समेत गर्दछौं । तेश्रो बर्ष प्रवेशको अबसरमा सम्पूर्ण पाठक तथा बिज्ञापनदाताहरुमा शुभकामना समेत  व्यक्त गर्दछौं – अम्बिका भण्डारी (सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *