Samyentra Dot Com

गृहपृष्ठ » मुख्य खबरबेतनामा दुई हजार बर्षअघि मानव बस्ती रहेको पुष्ठी

बेतनामा दुई हजार बर्षअघि मानव बस्ती रहेको पुष्ठी

April 21, 2015५४ पटक

अम्बिका भण्डारी,मोरङ /  मोरङको बेलबारीस्थित बेतना सिमसारको क्षेत्रमा नव पाषाणकालीन भाँडावर्तन फेला परेका छन्। पुरातत्व विभागले गत दश दिनअघि सुरु गरेको उत्खनन् कार्य सम्पन्न भएको छ ।

betana4विभागले बेतना सिमासारको दुई सय मिटर आसपासको क्षेत्रमा उत्खनन् गरेको हो। त्यहाँ तीन स्थानमा उत्खनन गरिएको छ।त्यस क्रममा मानव सभ्यताको तीन कालमध्ये नव पाषाण कालका वस्तुहरू फेला परेको छ। ती बस्तु दुई हजार वर्ष पुराना हुनसक्ने अनुमान गरिएको छ।
पुरातत्व विभागका अन्वेषक तथा वरिष्ठ पुरात्तवविद तारान्नद मिश्रले भने,‘माटाका भाँडाको फुटेका टुक्राहरू, नर्देन ब्लायक वेयर, ग्रेवेर र रेडवेयरहरू पर्याप्त मात्रामा भेटिएको छ।’
यो क्षेत्रमा धेरै वर्ष पहिले मानव वस्ती रहेको किटान नै गर्न सकिने टोली प्रमुख रामकुमार कुँवरले जानकारी दिए । कुँवरका अनुसार विभागले प्राप्त वस्तुहरूको थप अध्ययन गर्नेछ । विभागले अर्को वर्ष पनि अध्ययन जारि राख्ने जनाएको छ ।
प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad