यस्तो रह्यो संयन्त्र डटकमको पहिलो एक बर्ष

 सामान्यतया अनलाइनमा समाचारहरु हेर्ने गरिएपनि वेबसाइटबारे केही जानकारी थिएन । पत्रकारिताको लामो यात्रा गरेपनि खासगरी छापा संचारमाध्यम, रेडियो र टिभीमा काम गर्दाका अनुभब त थिए तर सामान्य ब्लग बाहेक वेबसाइटकोबारे जानकारी नै थिएन भन्दा नि हुन्छ ।

 बिक्रम सम्बत २०६९  जेठ अर्थात् सन् २०१२ को मे अन्तमा  शरु गरेको  प्रबासको बसाइले केही कुरा सिकाउन थाल्यो वेबसाइट सम्बन्धी   । समाचार हेर्ने र पढ्ने माध्यम नै वेबसाइट भएको अबस्थामा शुरुमा दुबइबाट संचालित प्रबासी अनलाईनले त्यस सम्बन्धी जानकारीमा सहयोग पुग्यो । साथीभाईहरुले  गरेको अनलाइन पत्रकारिता देख्दा र अनलाइनहरुको लहर र प्रभाब बारे जानकारी पाउँदै गर्दा अनलाइनतिर  चासो अलि बढ्यो ।

प्रबासमा बस्न थालेपछि आफैले चलाएका र आफुले अगुवाई गरेका मिडियाहरुबाट अलि टाढा र अलग भएको अनुभूति भईरहँदा  आफ्नो १०/१२ बर्षे पत्रकारितालाई कुनै न कुनै किसिमले निरन्तरता दिनुपर्छ भन्ने लाग्यो   । इन्टरनेटको सुबिधा , लाइन नजाने अबस्था र जब गरेर बाँकी समय अलि फुर्सदिलो पनि थियो । अरुका मिडियामा काम गर्ने अवसर त नभएको होइन , तर बिस्तारै चासो बढ्यो अनलाइन प्रति 

त्यसबेला मैले जनआस्था साप्ताहिकमा लेख र न्युज स्टोरीहरु लेख्ने गति बढाएको थिएँ । त्यसैबेला एउटा रिपोर्टिंगका शिलशिलामा जापानमा रहेका पुर्ब माओबादी जनसेना रबिन्द्र श्रेष्ठसँग कुराकानी भयो । उनी नेपाल सन्देश डटकम चलाउँथे । उनीमार्फत मैले अनलाइनबारे धेरै कुरा बुझें । त्यसपछि उनी मार्फत नै जोडिएका पोखराका संचारकर्मी कमल बुढा इमान्दारसँग  सम्पर्क भयो । उनले पनि त्यसबेला सञ्चार केन्द्र डटकम शुरु गरेका थिए । कमल जीसँग सम्पर्क भएपछि मैले धेरै कुरा सिकें अनलाइनका बारे । साच्चै भन्ने हो भने कमल जीसंगको सम्पर्क र कुराकानीले नै मलाई अनलाइन शुरु गर्न अभिप्रेरित गर्यो ।

हुन त कमल जी ले एकजना साथी मार्फत अलि सस्तोमा अनलाइनको काम गरिदिने कुरा गर्नुभएको थियो  । धेरै प्राबिधिक कुरा समेत सिकाउनु भएका कमल जी मार्फत नै अनलाइनको डोमेन , होस्ट आदी लिएर अनलाइन थाल्ने मनस्थिति बनाएको पनि थिएँ  तर मलाइ आफु टाढा रहेर काम गराउँदा भनेजस्तो डिजाइन  सेटिंग आदी नहोला कि भन्ने भ्रम थियो , त्यसैले अलि अलमलमा थिएँ । screen shot jun 7, 2014

 त्यस्तै अलमल भैरहेकै बेला एकदिन प्रसंगबस प्रबासी अनलाइनका शेखर चापागाईंसँग कुरा भो  । उहाँले वेबसाइटको काम गर्ने बताएपछि उहाँ प्राबिधिक समेत भएको थाहा भो । केही समयदेखि धेर थोर मिडियामा संगसंगै काम गरेको र मित्रता  रहेकोले मैले  वहाँलाई नै संयन्त्र सडकम वेबसाइट दर्ता लगायतको काम दिने निर्णय गरेँ ।  नेपालबाट कमल जीले बनाउने भनिएको भन्दा अलि महँगो परेपनि दुबईबाट नै यसको दर्ता गराएँ र संचालन हुन थाल्यो २०७० असार १५ को दिनदेखि ।  

वेबसाइट बनेपछि थाहा भो, मैले किनेको थेम्स अनलाइनमा देखाइएको जस्तो विशेषतायुक्त रहेनछ ।  त्यसैले वेबसाइट अलि राम्रो नभएको महसुश भो । प्रतिक्रियाहरु पनि त्यस्तै आए ।  त्यसपछि केही प्रबिधिकहरुसंग थेम्स  बदल्नेबारे कुरा गरेँ ।  तर थेम्स बदल्ने काम झन्झटिलो र अलि जोखिम पनि हुने भनियो ।  त्यसैले मैले पोखरेली मित्र कमल बुढा जी सँग सल्लाह गरेँ ।  त्यसपछि उहाँले छानेर सुझाब दिनु भए अनुसारको थेम्स छानें र उहाँ मार्फत नै थेम्स बदल्ने काम गर्न लगाएँ । त्यो काम कमल जी को सहयोगमा पोखराका मुक्ति अधिकारीले गर्नु भएको थियो ।  दुइवटा थेम्स किन्नुपरेको र थेम्स बदलेसंगै सेटिंग समेत गर्नुपर्दा  वेबसाइटको खर्च अलि महँगो पर्न गएपनि कमल जीको  बिशेष सहयोगले गर्दा मैले धेरै भन्दा धेरै कुरा सिकें ।  म वहाँप्रति बिशेष आभारी छु । 

यसरी वेबसाइट शुरु गर्ने भएपछि हंगकंगमा रहनुभएका चलचित्र ब्याबशायी तथा हाम्रा शुभ चिन्तक र सहयोगी  बिकाश कोइरालाले पनि वेबसाइट संचालनमा सहकार्य गर्ने  तत्परता देखाएपछि हालको टिम बन्यो ।  

like samyantra in frist  yearवेबसाइट शुरु गरेपनि प्राबिधिक ज्ञान र सिप नहुनुको कारणले धेरै हैरानी व्यहोर्नु पर्यो शुरु शुरुमा ।  त्यो हैरानीको असर  वेबसाइटको लोगो बनाउने काममा परेको थियो । भनेजस्तो हुन नसक्दा  झन्डै एक बर्षसम्म बारम्बार लोगो बदल्नुपर्यो ।  त्यस क्रममा लोगो बनाएर बिशेष सहयोग गर्नुहुने पुस्कर शर्मा र राम गुरुङप्रति कृतज्ञ र आभारी छु ।

त्यसबाहेक वेबसाइटको शुरुवातदेखि प्राबिधिक सहयोग गर्नुहुने शेखर चापागाईं , कमल बुढालाई पनि बिशेष आभार व्यक्त गर्न चाहन्छु र रबिन्द्र श्रेष्ठलाई पनि सम्झन चाहन्छु । त्यसमा पनि शेखर चापागाईं अनि  कमल बुढा (इमान्दार) को सहयोग सबैभन्दा महत्वपूर्ण छ   ।  समाचार पठाएर सहयोग गर्नुहुने बिभिन्न मुलुकमा रहेका संचारकर्मी र पाठकप्रति पनि कृतज्ञता व्यक्त गर्दछु । 

एक बर्षको अबधिमा संयन्त्र डटकमले युएइमा भएका तीनवटा संस्कृतिक कार्यक्रममा मिडिया पार्टनरको भूमिका निर्वाह गरेको छ । लोक गायिका  लक्ष्मी नेउपाने र शिरिष देबकोटा ल्याएर  प्रबासी महिला संघ युएइले दुबईमा आयोजना गरेको २०७० को तिज  संस्कृतिक कार्यक्रम , एनआरएन युएइको आयोजनामा मुलपानी क्रिकेट ग्राउण्ड सहयोगार्थ राजेश पायल राई र नारद खतिवडा लगायतको प्रस्तुती रहेको  अल एन र अबुधाबीमा भएको सांस्कृतिक कार्यक्रम र मुलपानी क्रिकेट ग्राउण्ड सहयोगार्थ नै २०१४ मे अर्थात २०७१ जेठमा दुबईमा भएको ‘ सत्य – स्वरुप लाइभ  इन दुबई कन्सर्टमा समेत गरी तीन कार्यक्रमको अफिसियल मिडिया संयन्त्र डटकम रहेको थियो । 

एक बर्षको अबधिमा खासै बिबादित बन्नुपरेको छैन । वेबसाइट शुरु गरेको  एक बर्ष भित्र २०७१ असार १५ गते बिहानसम्ममा  फेसबुकमार्फत ६ हजार ४ सय ५९ जना पाठक र दर्शकले  लाइक गर्नुभएको छ । बिश्वका बिभिन्न मुलुकबाट समाचारहरु आउने गरेका छन् । यद्यपी परदेशको ड्युटी गरेर समाचार अपडेट गर्नू र युएइका बिभिन्न कार्यक्रमहरुमा सहभागी हुन सहज भने नहुँदो रहेछ ।  त्यसैले निकट भबिस्यमा अझ टिम बिस्तार गर्दै अझै परिस्कृत रुपमा जाने प्रतिबद्दता व्यक्त गर्दछौं  ।                                                                                 – अम्बिका भण्डारी , सम्पादक / प्रबन्धक

पहिलो बर्ष संयन्त्र डटकममा सबैभन्दा चर्चित दश सामग्री (हेर्नको लागि तलका लिंकमा क्लिक गर्नोस ) 

 मसो दल्नेलाई दुई मुद्धा,दलितहरु आन्दोलनमा  

चुनावी ‘कू’अर्थात २०३७ सालको पुनरावृत्ति ! 

हिउँद लागेसँगै कुरुले तेनुपामा खानेपानीको हाहाकार 

अनिशले भने -’ब्लडमनी बाहेकको रकम मलाई दिनु पर्दैन

एमाओबादीको हार र ‘को’ को राजनीति !’ 

बहराईनमा तरेली नामक गीति संग्रहको बिमोचन 

रित्तिएको भूमि,बाँझिएको गाउँ 

खाडीतिर धमाधम बिदेसिदै पत्रकारहरु    

कलंक भन्दै पत्रकारसहित् तीन दलितलाई कालोमोसो 

यस्तो थियो दुबईमा प्रबासी महिलाको तीज कार्यक्रम (फोटो फिचर/भिडियो सहित )  

                                                   

     अम्बिका भण्डारी

mero pic (सम्पादक तथा प्रबन्धक)[divider]

         बिकाश कोइराला  

bikash koirala(प्रबन्ध निर्देशक )[divider]

  नरेन्द्र बस्नेत

narendra  ( अतिथि  सम्पादक )[divider]