विदेशमा कमाउँदै, स्वदेशको कृषिमा लगानी गर्दै

अर्जुन काफ्ले, मलेसिया / मलेसियामा रोजगारीका लागी आएका केहि युवाहरुले नेपालको कृषी पेशामा सामुहिक लगानी गर्न थालेका छन् । एक जनामात्र को श्रम र सिपले व्यावसाय गर्न कठिन हुने भन्दै उनीहरुले समुह नै वनाएर यसरी कृषी पेशामा लगानी गर्न थालेका हुन् ।

mechi mahakali ka sadyas haru
सालाङ्गको वाख्रा पालनको खोरसमुहका सद्धस्यहरु

उनीहरुले ४ वर्ष अघि मेची महाकाली युवा समुह गठन गरेर लगानीका लागी रकम समेत जम्मा गरेका छन् । धादिङ्गमा वाख्रा पालनका लागी खोर निर्माण गरी सकेका छन् । धादिङ्गको सालाङ्गमा करिव ४०लाखको लगानीमा वाख्रा पालन सुरु गर्न लागेका हुन भने मोरङ्गको भोगटेनीमा लगानीमा वगुर पालन र अदुवा खेतीमा लगानी गर्ने योजना वनाएका छन् । युवाले नेपालका अन्य स्थानमा पनि कृषीमा लगानी गर्ने वताएका छन् । सो समुहका अदक्ष्य अर्जुन लिम्वुका अनुसार मोरङ्गको भोगटेनीमा करिव १५लाख लाख लगानीमा वंगुर पालन र अदुवा खेती गरिन लागेको हो । सोहि समुहका संस्थापक अदक्ष्य वलराम भट्ट ले भने धादिङ्गको वाख्रापालन का लागी सवै आवश्यक काम सकिएकाले अव मोरङ्गमा लगानीको लागी कार्य सुरु गरिएको वताए ।

3 samuha ka sadasya saga arjun
युवा समुहका सदस्यसँग संयन्त्र डटकमका उप-सम्पादक अर्जुन काफ्ले

मलेसियामा रोजगारीमा आएका युवाहरुलाइ देश फर्के पछि देशमा नै स्वोरोजगार वनाउने हेतुले यो समुहको गठन गरि काम थालिएको भट्ट वताउछन् । भट्टले दिएको जानकारी अनुसार समुहले व्यावसाय गर्न इच्छुक युवालाइ संगठित गर्दै आइरहेको छ भने मलेसियामा कार्यरत रहेका वेला अङ्गभङ्ग भएका नेपालीलाइ समेत सहयोग गर्ने गरेको छ । यसका लागी समुहले विभिन्न ३ वटा कोष समेत वनाएको छ । अहिले सम्ममा १० जना नेपाली श्रमीकको उद्धारमा सहयोग पु¥याएको समुहले श्रमीकको कोष, कल्याणकारी कोष र नेपालमा कृषी क्षेत्रमा लगानी गर्ने कोष संन्चालन गरेका छन् । यसो त सामाजीक विकाशका क्षेत्रमा पनि लगानी गर्ने भट्ट वताउछन् । विदेशमा वसेर कमाएको दुइ पैसालाइ देशमा लगानी गरि कृषी क्षेत्रमा स्वारोजगारी वनाउने लक्ष्य राखेर थालिएकाले सफल हुने विश्वास अदक्ष्य लिम्वुको छ । एक पटक विदेश गएर फर्के पछि फेरी त्यो युवा विदेश कै मुख नताकोस भन्ने हाम्रो सोच हो लिम्वुले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *