Samyentra Dot Com

गृहपृष्ठ » आलेख, प्रवासएमआरपीमा लापरबाहीको नमुना , राहदानी एउटाको ,फोटो अर्कैको

एमआरपीमा लापरबाहीको नमुना , राहदानी एउटाको ,फोटो अर्कैको

May 7, 2014२७७ पटक

  सुर्य चन्द युएई
राहदानीको फोटो र रुद्र

राहदानीको फोटो र रुद्र

यसै दुताबासको भिडमा  एकजना ताप्लेजुंगका नेपाली दाइ रुद्र प्रसाद पौडेलसंग मेरो भेट भयो । वहाँ हतार हतार घर मा फोन गर्दै हुनु हुन्थ्यो र श्रीमतीलाइ आफ्नोनागरिकता को कपि जति सक्दो चाडो पठाईदिनु भन्दै हुनु हुन्थ्यो अनि यो पनि भन्दै हुनु हुन्थ्यो कि अब म तिन चारमहिना भन्दा अगाडी घर आउन पाउदिन घर परिवार छोरा छोरीलाई अनि आफ्नो व्यवहारलाई राम्ररी सम्हाल्नु।
वहाँ हतारिएर कुरा गरेको देख्दा मलाई सोध्न मन लग्यो- दाइ के भयो के समस्या आयो तपाई लाइ? अनि रुद्र दाइले भन्नु भयो-‘ भाई म युए को अजमान भन्ने ठाउ काम गर्छु दुताबासमा आउन नै तिन चार घण्टा लाग्छ । त्यसमाथि फेरि यस्तो समस्या छ, मेरो पुरानो पासपोर्टको म्याद सकिन लागेको तथा नया एम आर पी पासपोर्टपनि बनाउनु पर्ने भएकोले तिन चार महिना अघि एम आर पी पासपोर्टको लागि राजदुताबासमा निबेदन दिए, फारम भर्ने बेलामा पनि मैले बाहिरबाट लिएर आएको फोटो मिलेन भनेर राजदुताबासबाट भनेको ठाउँबाट नै फोटो खिचेर फारम भरेर पठाए तर आहिले आएर पासपोर्टमा सबै घर ठेगाना मेरो तर फोटो अर्को मान्छे को भएर आयो हेर्नु न योकस्तो लापारबाही हो त ? नेपाल सरकारको पासपोर्ट बनाउने ठाउँ( राहदानी विभागको) को, के उस्तै उस्तै जुँगा हुनेबितिकै अर्को व्यक्ति को फोटो मेरो पासपोर्ट मा टासेर मलाई दिन मिल्छ त? अब पासपोर्ट मेरो फोटो अर्काको लिएर म कसरी घर छुट्टि जाने अनि यो पासपोर्ट बोकेर म कसरी यो ठाउँ मा हिड्ने पुरानो पासपोर्ट पनि रद्द गरि सकेको छ ,यो समयमा मलाई पुलिसले समात्यो भने मैले के गर्ने ?

यो समस्या राजदुताबासमा राख्दा अब फेरी अर्को फारम भर्नुहोस् ,पैसा लाग्दैन तर नया पासपोर्ट फेरी तिन चारमहिना मा पाउनु हुन्छ भनेको छ रे ।त्यहि भएर फेरी पासपोर्ट बनाउन नया फारम भर्नको लागि नागरिकताको कपि मगाउन फोन गर्नु भएको रहेछ। रुद्र भन्दै हुनुहुन्थ्यो- घरमा समस्या नै समस्या छ, त्यहि भएर छुट्टिमा चाडो घर जानुपर्ने भएको थियो ,घर परिवार मेरो बाटो हेरेर बसेका थिए अब के गर्ने होला ? अर्को पासपोर्ट आउन फेरीतिन चार महिना कुर्नु पर्ने बाध्यता भयो भनेर उहाँ दुखेसो पोख्दै हुनु हुन्थ्यो । अब प्रश्न आयो के यो लापरबाही नेपाली राजदुताबास युएईबाट भएको हो त ? कि यो लापारबाही पररास्ट्र मन्त्रालयको राहदानी बिभाग बाट भएको हो ?किन यसरी लापरबाही गरिन्छ यस्तो संबेदनशील कुरा मा कतै नेपाल सरकार राहदानी बिभाग को यस्तै कमजोरीतथा लापरबाही ले गर्दा नै दलाल हरु फस्टाउने मौका त पाका होइनन?
pasaport line in uaeहजारौको संख्यामा नेपालीहरुको भिड अब्यबस्थित लाइन ,सबैको आ-आफ्नै समस्या लिएर घन्टौ पर्खिनु पर्ने बाध्यता , दुताबासमा सिमित कर्मचारी, सबै आ- आफ्नो काम मा भ्याई नभ्याई काम गर्न ब्यस्त ,त्यसमाथि भिडको हो-हल्ला काम चाडो भएन भनेर गुनासाहरुको थुप्रो यस्तै छ यहाँको समस्या सुन्ने निकाय छैन र यो समस्य लाइ निकास दिनको लागि नेपाल सरकारबाट कुनै पहल भएको देखिदैन।
देशको आर्थिक स्थिति रेमिट्यान्सले धानेको छ तर त्यहि रेमिट्यान्स पठाउने नेपालीहरुको समस्यालाई किन नेपालसरकारले सम्बोधन गर्दैन? किन नेपालीहरुको समस्या जहाँ गए नि जस्ता को त्यस्तै छ किन सरकारी निकाय कोकाम जस्ता को त्यस्तै छ त, किन यो बिषयमा नागरिक समाज केहि बोल्दैन किन सम्बन्धित निकाय सम्म कुरा पुग्दैन ? यो आफै मा एउटा सोचनीय र गहन बिषय छ।

यो बिषय मा सरकार को जवाफदेयिता कस्तो हुन्छ र यस्तो लापरबाही काम गर्ने माथि कुनै कारबाही हुन्छ किहुन्न यदि भोलि गएर रुद्र प्रसाद लाइ यहाँ को पुलिस ले समातेर नक्कली पासपोर्ट को मुद्दा मा कारबाही सुरु गर्यो भनेत्यस को जवाफ कसले दिने, उहाको क्षति पूर्ति कसले दिने जहा गए नि नेपालि हरुको समस्या जस्ता को त्यस्तै रहनेहो कि नेपाल सरकार ले केहि सुधार गर्ने हो सेवा प्रणालीमा नेपाली जनता ले कहिले राहत पाउने हो।यस्ता धेरैसमस्या हरु खाडी मुलुकमा बस्ने नेपाली हरु ले भोग्नु परेको छ र यस्ता गम्बिर बिषय मा चाडो भन्दा चाडो नेपालसरकार तथा सम्बन्धित निकाय को ध्यान पुग्न जरुरी छ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad