Samyentra Dot Com

गृहपृष्ठ » खेलकुद, प्रवासएनआरएन अध्यक्ष घलेद्वारा मूलपानी क्रिकेट ग्राउण्ड बनाउन रु.१० लाख सहयोग

एनआरएन अध्यक्ष घलेद्वारा मूलपानी क्रिकेट ग्राउण्ड बनाउन रु.१० लाख सहयोग

March 3, 2014२७२ पटक

अम्बिका भण्डारी ,दुबई /गैर आबसिय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषदका अध्यक्ष  शेष घलेले  काठमाण्डौं मूलपानी स्थित इन्डोर क्रिकेट ग्राउण्ड  निर्माणको लागि   १० लाख रुपया सहयोगको  घोषणा गर्नुभएको छ ।

ghale daiयसै  हप्ता कामदारका समस्या तथा आसिश बचाऊ अभियानबारे बुझ्न यूएई भ्रमणका क्रममा दुबईमा आयोजित एक कार्यक्रममा एनआरएन अध्यक्ष घलेले क्रिकेट ग्राउण्ड  निर्माण सहयोगार्थ १० लाख रुपयाँ  दिने घोषणा गर्नुभयो ।  एनआरएनए युएइको अग्रसरतामा शुरु भई  हाल बिभिन्न देशमा  जारी सहयोग अभियानका क्रममा  क्रिकेट ग्राउण्ड  निर्माण  सहयोगार्थ घलेले सो सहयोगको घोषणा गर्नु भएको हो  ।

पन्ध्र महिना अघि देखि  ग्राउण्ड सहयोगार्थ चलाइएको अभियानमा हालसम्ममा घलेको सहयोग सहित  ४२ लाख रुपयाँ सहयोग जुटिसकेको  एनआरएनए युएइका पुर्व अध्यक्ष तथा एनआरएन मध्यपुर्व संयोजक चन्द्र रोकाहाले जानकारी दिनुभयो । एनआरएनए युएइका अनुसार केही उठ्न बाँकी भएपनि सहयोग संकलन तथा जर्सी र टि-सर्ट (जर्सी)  बिक्रीबाट २६ लाख र अन्य गरी यसअघि ३२ लाख  उठेको छ ।

नेपाल क्रिकेट संघको स्वामित्वमा रहेको जग्गामा रहेको मुलपानीमा इन्डोर क्रिकेट ग्राउण्ड बनाउन  सन्  २०१३ को जनवरी १  बाट सहयोग जुटाउन थालिएको थियो । सो ग्राउण्ड करिब ६२ लाख लागतमा निर्माण हुने इस्टिमेट रहेको छ  ।  रोकाहका अनुसार एनआरएनका केही पदाधिकारी तथा बिभिन्न देशमा रहेका नेपाली ब्यबशायीले  पनि सहयोगको बचन दिएका छन् ।  साथै नेपालकै सिमेन्ट तथा छड त इट्टा कम्पनीले पनि इन्डोर क्रिकेट ग्राउण्ड  निर्माणको लागि प्रायोजन गर्ने बताएका छन्  ।

बर्षाको समयमा ग्राउण्ड अभाबमा खेलाडीले बलिङ्ग तथा ब्याटिंग प्राक्टिस गरी क्षमता बृद्दि गर्न नपाएपछि  नेपाल क्रिकेट संघले क्रिकेट इन्डोर नेट प्राक्टिस ग्राउण्ड निर्माणको लागि सहयोग गर्न  गैर आवासीय  नेपाली संघ युएईलाई औपचारिक प्रस्ताब मार्फत बिशेष अनुरोध गरेको थियो । एनआरएनए  युएईले सो प्रस्तावलाई स्वीकार गरी सं २०१३ को शुरुतिर  युएई स्थित संघ संस्थाका प्रतिनीधिहरु, बुद्दिजिबिहरु तथा क्रिकेटप्रेमीहरुको भेला आयोजना  । सो भेलाले एन आर एन ए युएई का अध्यक्ष श्री चन्द्र बहादुर रोकाहा को संयोजकत्वमा २१ सदस्यीय खेल मैदान निर्माण मूल समिति चयन गरेपछि सहयोग अभियानको थालनी भएको थियो ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad