Samyentra Dot Com

गृहपृष्ठ » कृषि/सहकारी, फिचर स्टोरीअलैंचीमा रोग लागेपछि धनकुटाका कृषक नयाँ बगानतिर

अलैंचीमा रोग लागेपछि धनकुटाका कृषक नयाँ बगानतिर

February 12, 2014२९४ पटक

ईश्वर थापा, धनकुटापुरानो बगानमा अनेक किसिमका रोग लाग्न थालेपछि धनकुटाका कृषकले अलैचीको नया बगान लगाउन थालेका छन् । उत्पादन घट्ने समस्याबाट जोगिन कृषि प्राविधिकको सिफारिसमा कृषकले नया बगान लगाउन थालेका छन् ।

मारेककटहरेका कृषक सुरेन्द्र पाण्डेले तीन वर्ष अघि बगानमा रोग देखेपछि नया अलैची लगाएको बताए । गानो कुहिने र पात सुक्ने रोग लागेर उत्पादन घट्न थालेपछि नया बगान लगाएको उनको भनाई छ । उनी जस्तै मारेककटहरे गाविसका अन्य कृषकले पनि पुरानो बगान मासेर नया बगान लगाउन थालेका छन् ।
किसानका लागि वैदेशिक मुद्रा आर्जनको गतिलो माध्यम बनेको नगदेबाली अलैची खेतीमा देखिएको दुरी रोगको संक्रमणका कारण पूर्वी पहाडमा अलैची बगान नष्ट हुने क्रम बढ्दो छ । रोगका कारण अलैची बगान नष्ट हुने क्रम बढ्दो छ । रोगका कारण अलैची खेतीको क्षेत्रफल घट्दै जान थालेपछि व्यवसायिक कृषि अनुसन्धान केन्द्र पाख्रिवासका कृषि वैज्ञानिक अलैचीमा लाग्ने रोगको अनुसन्धान व्यवस्थापनमा लागेका छन् ।
अनुसन्धानबाट प्राप्त प्रारम्भिक नतिजाका आधारमा वैज्ञानिकहरुले अलैचीको रोगग्रस्त बगानमा उपचार र विषादीको प्रयोग भन्दा भूगोल अनुसार सिफारिस गरिएको जातको विरुवा रोपेर नया बगान व्यवस्थापनमा संवेदनशील हुन कृषकलाई सुझाव दिएका छन् ।
कृषि अनुसन्धान केन्द्रका प्रमुख तथा वरिष्ठ वैज्ञानिक रामनारायण चौधरीले पुराना बगान मासेर नया बगान निर्माण गर्नु अनिवार्य भएको बताए । जति बगान पुरानो हुदै जान्छ अलैची खेतीमा उती समस्या थपिदै जाने भएकाले विकल्पको रुपमा नया बगान बनाउनु राम्रो हुने उनको सुझाव छ ।
कृषि वैज्ञानिकले परम्परागत गानो रोप्ने प्रविधिको खेती विस्तारलाई विस्थापन गरी बिउ र तन्तु प्रसार प्रविधिबाट तयार गरिएको बिरुवाको खेती सुरु गर्न सके ढुसी रोगको डर नहुने निष्कर्ष निकालेका छन् । अहिले कृषि अुसन्धान केन्द्रले बीउ र तन्तु प्रसार प्रविधिबाट ५० हजार अलैचीको बिरुवा उत्पादन गरिसकेको छ । नया बिरुवाको माग बढेकाले अनुसन्धान केन्द्रले थप नर्सरी व्यवस्थापन गरी वितरण गर्ने तयारी गरिरहेको चौधरीले बताए ।
कृषि विकास कार्यालयले अलैची खेती विस्तारका लागि कृषकलाई करिब १० हजार अलैचीको बेर्ना ५० प्रतिशत अनुदानमा वितरण गर्ने तयारी गरेको छ । (२९, माघ )

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad