Samyentra Dot Com

गृहपृष्ठ » प्रवास, फिचर स्टोरीधेरै कमाउने धुनमा टोटो र म्याग्नममा पैसा सक्छन् नेपालीहरु

धेरै कमाउने धुनमा टोटो र म्याग्नममा पैसा सक्छन् नेपालीहरु

December 29, 2013३०५ पटक

अर्जुन काफ्ले ,क्वालालम्पुर मलेसीया
रोजगारीका लागी मलेसीया आएका नेपालीहरु टोटो र म्याग्नम जस्ता लट्रीका भर पर्दा कयौ रकम गुमाइरहेका छन् । मलेसीया सरकारलाइ धेरै कर वुझाएर बैधानीक रुपमा नै खोलिएका यस्ता चिट्ठामा धेरै नेपालीको लत वनेको छ ।

आफुले चाहेको नम्वर काटेर खेलीने यस प्रकारका खेलको लतमा परेका कति नेपालीले महिना दिनकै तलव समेत यो खेलमा खर्च गर्ने गरेका छन् । सुनसरीका नाम नवताउने शतका एक युवाले भने ३ वर्ष देखि उनी टोटो काटदै आएका छन् । उनका अनुसार हप्तामा ४ दिन खेलिने सो खेल उनी प्रत्येक पल्ट खेल्दै आएका छन् तर अहिले सम्म एक पटक पनि उनले रकम हात पार्न सकेका छैन तर टोटो वाट पैसा जित्ने आशा भने उनको मरेको छैन ।
के हो टोटो ?
टोटो एउटा जुवा जस्तै खेल  भएपनि यो मलेसियामा बैधानिक रुपमा खेलाइने खेल हो । १ रिङेटको टोटो खेलेका एक खेलाडीले प्रथम पुरस्कार स्वरुप २५०० रिङेट पाउने गरेका छन् । यसरी खेलिने टोटो ३ नामले पुकारीन्छ – खुडा, टोटो र म्याग्नम । यो खेलमा आफुले जानेको वा मन परेको ४ अङ्कको नम्वर छनौट गरिन्छ विहान देखि वेलुका ७ वजे सम्ममा यसरी आफैले नम्वर काट्ने गर्दछन भने रातको ८ वजे राष्टिय रुपमा यसको नतिजा निकालीने गरिन्छ । यदि सहभागीले काटेको नम्वर नतिजामा परे पुरस्कार पाउने गरेका छन् । ५ डि र ६ डि नाममा समेत यस्ता पुरस्कार राखीने गरिन्छ । एकै रातमा लखपति वन्ने सपना वोकेर धेरै नेपालीले यसरी कमाएको पैसा खर्च गरिरहेका छन् । टोटो मलेसीया सरकारलाइ सवै भन्दा धेरै कर वुझाउने कम्पनी हो ।
कसरी फस्छन त नेपाली ?
धेरै पैसा कमाउने सपना देखेर टोटो को नम्वर किन्न थालेका नेपालीलाइ केहि थोरै रकमको पैसा पर्न थालेपछि भने टोटोको लतमा लाग्ने गरेको अनुभव छ भुक्तभोगीहरुको । कति त तलव थपेको सवै पैसा टोटोमा नम्वर कीनेर सक्ने गरेका भनाइ छ यहाका नेपाली श्रमीकहरुको । धेरै पैसा कमाउने सुरमा महिना भरिको कमाइ टोटो र म्याग्नममा सक्नेको नेपालीको संख्या धेरै रहेका छन् ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad