नियतिबाट ठगिएकी सुन्तली (कथा)

राजु खडका  dscf5556

उपल्लाघरे सुन्तलीको रातो सारी त्यो तिजको बेला मेलामा झल्काउदा, अझ कहिले काही बुढासँग मस्की-मस्की हिंडेको देख्दा त मलाइ डाह हुने गर्दथ्यो । १७ र्बषमा उस्ले बिहे गरेकी थीइ अहिले त ५ र्बष भएछ । लर्के छोरा छोरी पनि छन उसका । आफु सँगैका साथीको घर-बार बसी टनाटन भयो, आफु भने खाली खाली । जीवनको कुनै टुङो नै छैन । यता उता जादा पनि बुडी कन्या भन्ने थाले । जनतन १७ पुगेर बिहे र्गने भन्दा भन्दै २२ र्बषमा बल्ल बिहे भयो आफ्नो ।

कुर्लुङडाडाका माझाघरे कान्छासँग मेरो बिहे भयो । पल्टनबाट दोश्रो  छुट्टीमा आको । हरक्क, शरीर पनि लरक्क , ठिकै थिए । अरुका बुढा भन्दा त सिधा अनि  गतिला थिए । अझ त्यो सुन्तलीको बुढो भन्दा त कती हो कती। सासु त सासु नै थिईन । बिहान ४ बजे उठेर पाथी पाच मकै जाँतोमा पिस्नुपर्ने । कुखुरो बास्दा घर गोठ गरेर सक्नु पर्ने । हुनत मेरी जेठानी दिदी पनि थीइन,दुबै मिलेर गर्थ्यौं । समय अनुसार दिन बित्दै गए। २ महिना को छुट्टी आएका बुढा जाने दिन भयो है कमला, भनेर २,४ दिन पहिला बाट नै जिस्काउथे, पधेरीमा पानी लिन जादाँ। म पनि खासै लाज मान्दिनथे  बुढासँग। आखिर जीवन साथी नै हो भनेर आदर  र्गथें । बिहान गोडाको जल खाएर काम सुरु गथें भने बिस्तारामा दिनभर मेलामा काम र्गदाका फुर्सा खुट्टामा तोरीको तेल मसारिदिन्थे। संघर्ष गरेर भए पनि सासु बजै , इष्ट मित्र सबै लाई खुशी नै राखेकी थिए।

म पनि टन्न भरिएको जवानीसँग जिस्कने जीवन साथी पाएको थिए। मलाई लाग्थ्यो ,यहि नै स्वर्ग हो भनेर । समयको गतिसँगै मेरो बुढो कोखमा चिनारी छाडेर एक दिन बिहानै आफ्नो परदेशको ड्युटीमा हिंडे। आँखा भरी आसु आए । अब यो परदेशमा कसरी बस्ने भनेर । हिजोसम्म जन्म दिने बाबा आमा लाई भुलेर उही कालेसँग रमाएँ । आज संसार सबै दिउसै अध्यारो भयो । केही खान, मेला पात जान, जागर नै लागेन । जनतन २/३  दिन निकालें ,अनि  बजैसँग म माईत जान्छु भने । खै के भएर पग्लियो उहाँको मन, हुन्छ भन्नु भयो। म कपडा कुम्लो पारेर खुसीका आँसु  झार्दै मिर्मिरेको डाँडा-डाँडा जन्मघर हिंडे । झिसमिस भएको थियो । बा आमा पिढीमा बस्नु भएको थियो । खुशीको सिमा रहेन । आमाले सबै सोध्नु भो । दु:ख सुख के कसो , छर छिमेक वल्तिर पल्तिर । बा चाँही मख्ख थिए – छोरी पल्टनको लाहुरेको संगी बनी भनेर । केही दिनको बसाईपछि आफ्नै घर नौ डाडा पारी आएँ ।

समय अनुसार दिनहरु भाग्यसँग लड्दा लड्दै दिन धकेली रहेको थिए। पेट पनि बढदै थियो। कालेले २ , २ महिना चिट्ठी र्कोथे ,त्यही पढेर दिन निकाल्थे । खै किन हो कुन्नी, एक बिहानै काग करायो आगनको डिलमा । सासु बजै ले पनि किन कराको छ भन्दै थिईन। म टोलाउदा टोलाउदै घाम माथि नै आएका थिए। हुलाकीले चिठ्ठी लिएर आए । तिमीलाई गाह्रो हुने बेला आउछु सानु भनेका थिए ।  महिना पनि नजिकै आएको थियो । आउने दिन लेखेका छ कि भनेर आत्तियो मन ।

म पनि पिढीमा बसे। हुलाकी दाईलाई नै पढिदिन भनिन बजैले । अकस्मात म संसारबाट हराएँ । मेरो होश सबै उड्यो। के के भयो मलाई केही थाहा भएन, अर्का दिन मेरो हातमा चुरा थिएन, सिउदोमा सिन्दुर थिएन । म झसङ्ग भएँ, अनि  फेरी हराएँ । पेटमा हात राखे चलिरहेको थियो । यही मेरो स्वास थियो। रहरहरुलाई थुनेर म रोईरहे । १२ दिन पछी सवै धर्म र्कम सकियो। मलाई त्यो घर मसानघाट जस्तो लाग्न थाल्यो । सबै मलाई नै दोश दिन लागे । यही नकचरीको भाग्यले मेरो छोरो रहेन भन्दै सासु दिनहु कराउन लागिन् । सबैले म माथि नै आँखा ताक्न लागे। हर सास , हर पल गाह्रो माथि गाह्रो हुँदै थियो।

हाम्रो निसानी पेटभित्रै लिएर म मध्य रातमा त्यहाँबाट निस्किएँ । जानु आखिर कहाँ थियो र उही बाबा आमाको घर । त्यहाँ पनि कती दिन टिक्नु र भाउजुले नि आँखा देखाउन लागिन, तरपनि सन्तान हुन्जेल म बसे। बाबु भयो काले जस्तै ! मेरो सहारा मेरो सबै ।

सबैले यो त बोक्सी हो खान्छे भन्ने थाले मेरो जन्म थलोमा । हिजो सँगै हिंडेका दौतरीसम्म सँगै बस्न अनि  मेरो बाबुसँग खेल्न हुन्न भनेर आफ्ना नानीहरुलाई सम्झाउन लागे । म बाँच्ने कि के गर्ने भनेर दिनका दिन सोच्दै रुँदै बस्ने र्गथे। जब बाबुको लागि भएपनि बाँच्नु पर्छ भनेर म  त्यो समाज छाडेर आज एउटा  चौतारोमा सुन्तला फिजाएर बसेकी छु।

यति  भन्दै कमला दिदी आँखामा टपटप आशु लिईन्  । मेरा आँखाबाट पनि  आँसु आए । सबै राम्रो हुन्झेल आफ्नो रहेछ ।

भन्नलाइ जे भने पनि हाम्रो सोच व्यबहार, अन्धविश्वाशले भित्र-भित्रै धमिराले हरियो बोट खाए झै खाएको छ । भाग्यले पनि उसैलाई ठग्छ,जसलाई आफन्तले ठगेको हुन्छ । संसार कहाँ पुग्यो, हामी अझै जहाँको तहीँ छौ । भन्न त सबैले २१ सताब्दी भन्छन तर मलाई लाग्छ , धेरै सताब्दी अगाडिकै जस्तो छ अझै पनि हाम्रो समाज ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *